नेभिगेशन
सबै कुरा

३६ अंकले बढ्यो सेयर बजार, ४ अर्ब ६७ करोडको कारोबार

काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से ३६ अंकले बढेको छ । डेढ दर्जन कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेबलमा बढेको बजारमा कारोबार रकम पनि ४ अर्ब ६७ करोड ५२ लाख रुपैयाँ पुगेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter
परिसूचक बढेर २ हजार ५९.४९ को बिन्दुमा पुग्दा सोमबार कारोबारमा आएका ३०९ वटा कम्पनीमध्ये २१२ वटा कम्पनीको सेयर मूल्य बढ्यो भने २९ वटा कम्पनीको सेयर मूल्य घट्यो, ५ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएन । 

जलविद्युत, लगानी, जीवन बीमा र फाइन्यान्स उपसमूहमा उच्च अंकले बढेको बजारमा आज सिंगटी हाइड्रोेपावर, मोदी इनर्जी, त्रिशुली जलविद्युत र मुक्तीनाथ कृषि कम्पनीका शेयर धनीले बजारबाट राम्रो आम्दानी गरे । 

सोमबारको दोस्रो बजारमा धेरै गुमाउनेमा नारायणी डेभलपमेन्ट बैंक, प्रभु स्मार्ट फण्डका लगानी कर्ता रहे । आजको दोस्रो बजारमा सोनापुर मिनरल्सको मात्रै २१ करोड ८४ लाख, माउण्टेन इनर्जीको १९ करोड ३६ लाख  र हाथवे इन्भेष्टमेन्टको सेयर १६ करोड ५५ लाख  र नेपाल पूर्वाधार बैंको सेयर ११ करोड ७१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले  घट्यो

नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले  घट्यो

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव ३३ अङ्कले घटेर ४६७ दशमलव ४६ मा पुगेको छ । त्यसैगरी फ्लोट सूचक दुई दशमलव ६० अङ्कले घटेर १८०...
किन स्थगित भयाे सेयर बजारमा आजको कारोबार ?

किन स्थगित भयाे सेयर बजारमा आजको कारोबार ?

नेप्सेको कारोबार प्रणालीसँग सम्बन्धित ७२ कारोबार सदस्य कम्पनीहरूको सर्भर राखिएको डाटा सेन्टरमा प्राविधिक समस्या देखिएपछि कारोबार स्थगित गरिएको हो । नेप्सेले सोमबार जारी गरेको सूचनामा डाटा हब प्रालिमा...
नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो

नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो

विभिन्न कम्पनीका एक करोड ५१ लाख एक हजार ५५५ कित्ता शेयर रु पाँच अर्ब ३८ करोड ९५ लाख ७४ हजार ६४८ मूल्यमा खरिद बिक्री भएको छ । सबै...
४८ दशमलव ५७ अङ्कले बढ्यो नेप्से परिसूचक

४८ दशमलव ५७ अङ्कले बढ्यो नेप्से परिसूचक

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४८ दशमलव  ५७ अङ्कले बढेर दुई हजार ६३३ दशमलव ६२ मा पुगेको छ ।