नेभिगेशन
समाज

विश्वकपमा खेल्दै छन् ४० माथिका यी ८ खेलाडी, प्रभाव कस्तो रहला ?

पछिल्ला दशकमा युवा खेलाडीमाथि स्पोर्ट्स निकै मूल्यवान् भन्दै आएको छ । फिफा विश्वकप २०२६ शनिवारबाट सुरु हुँदै छ । तर, अमेरिका, मेक्सिको र क्यानडामा हुने विश्वकपले भने असल, मेहनती र क्षमतावान् खेलाडीलाई पछि पार्न सकिँदैन भनेर प्रमाणित गर्दै छ । 

विश्वकप खेल्ने ४८ टिममा ८ माथि खेलाडी ४० वर्ष कटेका छन् । यही तथ्याङ्कले भन्छ, पछिल्ला २२ प्रतियोगितामा भन्दा यस पटक बढ्दो उमेरका बढी खेलाडीले विश्वकप खेल्दै छन् । पछिल्लो विश्वकपमा पनि ६ गोलकिपर ४० माथिका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विश्वकप खेल्ने सबैभन्दा पाका खेलाडी क्यामरुनका स्ट्राइकर रोजर मिल्ला पनि हुन् । उनी त सबैभन्दा बढी उमेरमा गोल गर्ने खेलाडी समेत भए । रोजरले सन् १९९४ को विश्वकपमै ४२ वर्षको उमेरमा गोल गरेका छन् । 

Ncell
Extreme Energy

क्यामरुन स्ट्राइकरको जस्तै कीर्तिमान बनाउने अवसर पोर्चुगिज कप्तान क्रिष्टियानो रोनाल्डोलाई छ । उनी मात्रै हैन, क्रोएसियाका लुका मोड्रिक, बोस्निया एण्ड हर्जगोबिनाका इडेन जेको पनि ४० वर्ष  माथिका खेलाडी हुन् । तीनै खेलाडीलाई ४० वर्षमाथि गोल गर्ने खेलाडीको नाम लेखाउने अवसर छ । 

तीन देशले संयुक्तरुपमा आयोजना गरेको विश्वकप खेल्ने सबैभन्दा पाका खेलाडी स्कटल्यान्डका गोलकिपर क्रेग गोर्डन हुन् । उनी ४३ वर्षका भएका छन् । उनी समग्रमा विश्वकप खेल्ने दोस्रो पाका खेलाडी बन्दै छन् । यसअघि इजिप्टका इसाम एल हदारीले विश्वकप खेल्दा ४५ वर्ष १६१ दिनका थिए । उनले सन् २०१८ को विश्वकपमा साउदी अरेबियाविरुद्ध खेलेका थिए । त्यति बेला उनी पहिलो रोजाइमै खेलेका थिए । 

यो विश्वकप खेल्दा पोर्चुगिज स्टार रोनाल्डो ४१ वर्षका भए । उनले छैटौँ पटक विश्वकप खेल्दै छन् र टिमलाई पहिलो पटक उपाधि जिताउने योजनामा छन् । यस्तै ४० वर्षका मेक्सिकन गोलकिपर गुइलेर्माे ओचोआ छन् । अर्जेन्टिनाका कप्तान लियोनल मेसी ३९ वर्षको भए । उनी अर्जेन्टिनाले सन् २०२२ मा जितेको विश्वकपको उपाधि रक्षा गर्ने अभियानमा छन् । 

पोर्चुगिज प्रशिक्षक रोबर्टाे मार्टिनेज विश्वकपमा उमेरमात्रै नभएर अनुभवले पनि काम गर्ने बताउँछन् । ‘हामी युवा खेलाडीमा मात्रै भर पर्नु हुँदैन । यस्ता अनुभवी खेलाडीले निर्णायक क्षणमा काम गर्नेछन् । जसले टिमलाई फाइदा पुर्याउँछ ।’

यी त भए, विश्वकप खेल्ने चर्चित पाका खेलाडी । 

४० माथिका खेलाडीमा पहिलो पटक विश्वकप खेल्न लागेको केप भार्डेका खेलाडी समेत छन् । केप भार्डेका गोलकिपर भोजिन्हा ४० वर्षका भएका छन् । 

सन् २०१४ को विश्वकप विजेता जर्मनीका गोलकिपर म्यानुएल नेउर पनि ४० माथिका खेलाडी हुन् । घुँडाको चोटपछि पनि उनी आइतबार हुने नयाँ टोली कुराकाओविरुद्ध खेल्न सङ्घर्ष गरिरहेका छन् । 

उरुग्वेका गोलकिपर फर्नान्डो मुस्लेरा बिहीबार ४० वर्षको जन्मोत्सव मनाउँदै छन् । उरुग्वेले मियामीमा साउदी अरेयिबासँग खेल्दै विश्वकप सुरु गर्नेछ । 

मेसी र रोनाल्डो अघिल्लो महिना मात्रै घाइते भएका थिए । दुवै खेलाडीले चोटसँग सङ्घर्ष गर्दै विश्वकप खेल्ने निश्चित छ । यस्तो अवस्थामा मेसी अर्जेन्टिनाको उपाधि रक्षा गर्ने यात्रामा लागेका छन् । रोनाल्डो पनि पहिलो पटक विश्वकपको उपाधि जित्ने आशासहित लगातार छैटौँ विश्वकपमा गोल गर्ने खेलाडीको कीर्तिमान बनाउने योजनामा छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एक वर्षमा ७ खर्ब २० अर्बको घरजग्गाको कारोबार

एक वर्षमा ७ खर्ब २० अर्बको घरजग्गाको कारोबार

गत आर्थिक वर्षमा ७ खर्ब २० अर्ब ८६ करोड रुपैयाँ बराबरको घरजग्गाको कारोबार भएको जनाएको छ ।
आईसीयूमा अन्तर्वार्ताः संसदमा उठ्यो प्रोटोकलको प्रश्न

आईसीयूमा अन्तर्वार्ताः संसदमा उठ्यो प्रोटोकलको प्रश्न

आज बसेको प्रतिनिधिसभाको बैठकमा रास्वपा सांसद समीक्षा बाँस्कोटाले रसुवा बाढी परेर उद्धार गरिएका व्यक्तिको आईसीयूमा अन्तर्वार्ता लिएको विषयप्रति आपत्ति जनाइन् ।
नुवाकोटका बाढीपीडितलाई युगान्डाबाट आएका नेपालीको सहयोगमा बाँडियो राहत

नुवाकोटका बाढीपीडितलाई युगान्डाबाट आएका नेपालीको सहयोगमा बाँडियो राहत

नुवाकोटको देवीघाट र ढुङ्गे क्षेत्रका बाढीपीडित परिवारलाई ग्यास सिलिन्डर, चुलो, टेन्टलगायत राहत सामग्री वितरण गरिएको छ।
अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार

अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार

धनुषाको बिदेह नगरपालिकाबाट करिब दुई साताअघि अपहरणमा परेका १५ महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ ।