नेभिगेशन
पूर्वाधार

पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति

गण्डकी।  फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान सेवा सुरु गर्ने भएको छ । आगामी सेप्टेम्बर २३ देखि दुबई–पोखरा–दुबई दैनिक उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईलाई अनुमति दिएको पोखरा अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताए ।

“फ्लाइ दुबईको पोखरा–दुबई उडान तालिका सोमबार स्वीकृत भइसकेको छ”, उनले भने, “आगामी सेप्टेम्बर २३ देखि पोखरा–दुबई दैनिक उडान सेवा सुरु हुन्छ ।” 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

फ्लाई दुबईको टोलीले केही दिनअघि पोखरा अन्तरराष्ट्रिय विमानस्थलको उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी निरीक्षण गरेको थियो । 
सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रममा पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने जनाएको केही समयमै फ्लाई दुबईले उडान अनुमति पाएको हो ।

Ncell
Extreme Energy

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फ्लाई दुबईले उडान अनुमति पाएसँगै नेपालको तेस्रो अन्तरराष्ट्रिय हवाई प्रवेशद्वारका रूपमा रहेको पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित अन्तरराष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको बताए ।

“यो केवल एउटा हवाई सेवा थपिने विषय मात्र होइन, यो पोखराको अन्तरराष्ट्रिय पहिचान, पर्यटन प्रवद्र्धन, आर्थिक गतिविधिको विस्तार र काठमाडौँ केन्द्रित हवाई चापलाई विकेन्द्रीकरण गर्ने ऐतिहासिक अवसर पनि हो”, उनले भने, “दुबईसँग प्रत्यक्ष हवाई सम्पर्क स्थापित भएपछि मध्यपूर्व, युरोप, अफ्रिकालगायत ३०० भन्दा बढी सहरसँग पोखराको पहुँच पुग्नेछ ।”

हालसम्म छिमेकी केही देशमा ‘चार्टर’ उडानबाहेक पोखराबाट नियमित अन्तरराष्ट्रिय उडान हुन सकेको छैन । झण्डै २२ अर्ब ऋणमा बनेको पोखरा अन्तरराष्ट्रिय विमानस्थल आन्तरिक उडानमा मात्र सीमित छ । सन् २०२३ को जनवरी १ मा यस विमानस्थलको उद्घाटन भएको थियो ।

सन् २०२५ मार्चमा निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले पहिलोपटक पोखरा–ल्हासा नियमित व्यावसायिक उडान सुरु गरे पनि त्यो लामो समय टिक्न सकेन । गत मार्च २३ बाट हिमालय एयरलाइन्सले पोखरा–ल्हासा उडान सेवा बन्द गरेको थियो ।

पोखरामा अन्तरराष्ट्रिय विमानस्थल बनाउने ५० वर्षअघिको योजनाले सार्थकता पाए पनि विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । पर्यटकीय राजधानीसमेत रहेको पोखरा अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोडिएर ठूलो सङ्ख्यामा विदेशी पर्यटक भित्रने आशमा रहेका पर्यटन व्यवसायी पनि विमानस्थलबाट नियमित अन्तरराष्ट्रिय उडानको पर्खाइमा छन् । यस विमानस्थल बनेपछि पोखराको पर्यटनमा झण्डै रु एक खर्ब बराबरको लगानी थपिएको पर्यटन व्यवसायी बताउँछन् ।

व्यवसायीहरूले पोखराबाट अन्तरराष्ट्रिय उडान गर्न आवश्यक नीतिनियममा सहजीकरण गर्नुपर्ने, भारत र चीनका मुख्य सहरमा उडान गर्न राष्ट्रियस्तरका हवाई कम्पनीहरूलाई अनुमति दिनुपर्नेलगायत माग राख्दै आएका छन् । 

स्वदेशी वायुसेवा प्रदायक कम्पनीले पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट सङ्घीय राजधानी काठमाडौँ, भरतपुर, भैरहवालगायत गन्तव्यमा आन्तरिक उडान गर्दै आएका छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप पूर्वाधार
परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलंकाका विदेश, वैदेशिक रोजगार तथा पर्यटनमन्त्री विजिथा हेराथबीच भेटवार्ता भएको छ ।
अन्तरिक्ष इतिहासमा स्पेसएक्सको नयाँ फड्को: १४औँ परीक्षणमा 'स्टारशिप' पहिलोपटक पृथ्वीको कक्षमा

अन्तरिक्ष इतिहासमा स्पेसएक्सको नयाँ फड्को: १४औँ परीक्षणमा 'स्टारशिप' पहिलोपटक पृथ्वीको कक्षमा

अर्बपति एलोन मस्कको अन्तरिक्ष कम्पनी स्पेसएक्सले एक महत्त्वपूर्ण ऐतिहासिक सफलता हासिल गरेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमकाअनुसार सोमबार १४औँ परीक्षण उडानका क्रममा कम्पनीको विशाल रकेट स्टारशिप पहिलोपटक सफलतापूर्वक...
फर्किन थाले मनाङ पुगेका पर्यटक

फर्किन थाले मनाङ पुगेका पर्यटक