नेभिगेशन
समाज

महोत्तरीकी रिङ्‍कुकुमारी सिंह मृत्यु प्रकरणमा तीन पक्राउ

काठमाडौँ । महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर १२ डाँडाटोल बिजलपुरामा गत शुक्रबार राति भएको स्थानीय रिङ्कुकुमारी सिंहको मृत्यु प्रकरणमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मृतक रिङ्कुका पति शशिकुमार सिंह, ससुरा रामबाबु सिंह र सासू ललितादेवी सिंह रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले बताए। पक्राउ परेका तीनै जनालाई प्रहरीले महोत्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान अगाडि बढाएको जनाइएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मृतक रिङ्कुका बुबा गौशाला नगरपालिका–११ बस्ने शत्रुधन महतोले छोरीको मृत्युको घटनामा संलग्न रहेको आरोपमा निजका पति, ससुरा, सासू, नन्द र नन्दका पतिविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले घटना घटेकै दिनदेखि फरार रहेका उनीहरुमध्ये तीन जनालाई पक्राउ गरेका छन् भने नन्द र नन्दका पति अझै फरार रहेको तथा उनीहरुको खोजतलास भइरहेका प्रहरी प्रवक्ता गोलेले बताए।

Ncell
Extreme Energy

२५ वर्षीया रिङ्कु गत शुक्रबार (जेठ २९ गते) राति ८ः०० बजेको समयमा आफ्नै दुईतले पक्की घरको आफू सुत्ने कोठामा पङ्खा झुण्ड्यिाउने सिलिङमा सलको पासो लगाई झुन्डिएको अवस्थामा मृत फेला परेपछि माइती पक्षले उनको हत्या गरिएको भन्दै घरमा तोडफोड र गाडीमा आगजनी गरेका थिए ।

मृतक रिङ्कुका बुबा शत्रुधनले छोरीका पति शशिले अर्को बिहे गरेपछि घरमा विवाद सुरु भएको पतिसहित घरका सबै सदस्यले छोरीलाई सम्बन्धविच्छेदका लागि दबाब दिँदै आएको र छोरीलाई लामो समयदेखि पटक पटक कुटपिट, गालीगलौज, शारीरिक यातनाका साथै घर निकाला गरिदिने धम्की दिँदै आएको आरोप लगाएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

त्यो प्रतीक्षा– शुक्रबार बिहान पुरा भयो । विश्वको सबैभन्दा ठूलो मन्च– संयुक्त राष्ट्रसंघको एघारौं महासभामा संसारकै कान्छा सरकार प्रमुख बालेनले सम्बोधन गरे । सम्बोधन गर्नु औपचारिकता मात्रै होइन,...
प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी भई आज स्वदेश फर्किएका छन् ।
धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गोकर्णेश्वर नगरपालिका १, शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने धाप बाँध (ड्याम) सुरक्षित रहेको जनाएको छ ।
प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश फर्किएका छन् ।