नेभिगेशन
नेताका कुरा

रास्वपाको कर्णाली प्रदेश सभापतिमा खड्का विजयी

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कर्णाली प्रदेश सभापतिमा मदन खड्का निर्वाचित भएका छन् । 

मंगलबार सम्पन्न पार्टीको प्रथम कर्णाली प्रदेश महाधिवेशनबाट नन्दकिशोर बस्नेत र स्नेहा उपाध्यायलाई पराजित गर्दै खड्का विजयी भएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कुल खसेको ४०० मध्ये खड्काले २८८ मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ । उनका प्रतिस्पर्धीद्वय उपाध्याय र बस्नेतले क्रमशः ६३ र ३५ मत प्राप्त गरे । 

Ncell
Extreme Energy

सभापतिमा पुनःनिर्वाचित भएका खड्का पार्टी स्थापनादेखि सङ्गठन विस्तार तथा सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेलेको व्यक्तिका रुपमा चिनिन्छ । त्यस्तै, बस्नेत गत फागुनमा नेकपा एमालेबाट रास्वापामा प्रवेश गरेका थिए । उनी गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा दैलेख क्षेत्र नं १ बाट उम्मेदवार थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
एन्फा भ्रष्टाचारमा चुर्लुम्म ! फउल गर्ने पदाधिकारीलाई होला जेल ?

एन्फा भ्रष्टाचारमा चुर्लुम्म ! फउल गर्ने पदाधिकारीलाई होला जेल ?

पछिल्ला २ दशक नेपाली फुटबलले पटक पटक संकट भोग्दै आइरहेको छ । एन्फाका पदाधिकारीले सुशासनको नियम उल्लंघन गर्दै कमाउ धन्दामा लाग्दा पटक पटक निलम्बित हुनु परेको छ ।...
सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन

मन्त्रालयको २०८३ भदौ २३ गतेको निर्णयअनुसार गठित समितिलाई सात दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ। समितिले खरिद गरिएका हार्डवेयर तथा सफ्टवेयरको वास्तविक अवस्था, प्रयोग, गुणस्तर र उपयोगिताबारे अध्ययन...
कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना गरिँदै, १४ कोठामा सीसीटीभी जडान

कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना गरिँदै, १४ कोठामा सीसीटीभी जडान

यसअघि शुक्रबार राति मतदान सकिएसँगै सभापतिको मतगणना भएको थियो । सभापतिमा गगनकुमार थापाले श्यामकृष्ण खड्गीलाई हराए । थापाले झण्डै ९४ प्रतिशत मत प्राप्त गरेका छन् ।
एमाले स्थायी कमिटीका यी हुन् सात निर्णय

एमाले स्थायी कमिटीका यी हुन् सात निर्णय

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा असोज २२ देखि २४ गतेसम्म बसेको स्थायी कमिटीको प्रथम बैठकले संगठन सुदृढीकरणसँग सम्बन्धित विभिन्न निर्णय गरेको हो।