नेभिगेशन
नेताका कुरा

महाधिवेशनका लागि पाँचवटा प्रतिवेदन लेख्दै महामन्त्री भूपदेव शाह

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री भूपदेव शाहले ७-९ असारसम्म चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनका लागि प्रतिवेदन लेखनको कामलाई गति दिएका छन् ।

महामन्त्री शाहको संयोजकत्वमा गठित प्रतिवेदन समन्वय उपसमितिले पाँचवटा प्रतिवेदनहरु लेखिरहेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महामन्त्री शाहले महाधिवेशनमा पाँचवटा प्रतिवेदन पेस हुने बताए । ‘राजनीतिक प्रतिवेदन सभापतिले पेस गर्नुहुन्छ । सांगठनिक प्रतिवेदन महामन्त्रीहरूले पेस गर्नुहुन्छ । यसैगरी लेखा आयोग प्रतिवेदन, निर्वाचन आयोग प्रतिवेदन र अनुशासन आयोग प्रतिवेदन पेस हुन्छ,’ शाहले भने । 

Ncell
Extreme Energy

पाँचवटै प्रतिवेदनको मस्यौदाका लागि पाँचजना फोकल पर्सनहरू तोकेर विशेषाधिकार प्रदान गरिएको शाहले बताए । राजनीतिक प्रतिवेदनका लागि गणेश कार्की, सांगठनिक प्रतिवेदनका लागि सञ्जीव भट्टराई, लेखा निशा डाँगी, निर्वाचन सागर ढकाल र अनुशासन अरनिको पाँडेलाई जिम्मा दिइएको छ । ‘मैले संयोजन गर्छु । थप डकुमेन्ट बनाउनुपर्ने हो कि दस्ताबेजीकरण गर्ने कुरामा हेर्छु । अरू उपसमितिसँग समन्वय सहकार्य पनि भइरहेको छ,’ उनले भने । महामन्त्री शाहले महाधिवेशनले एकीकरण र समायोजनको सन्देश दिने पनि बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
एन्फा भ्रष्टाचारमा चुर्लुम्म ! फउल गर्ने पदाधिकारीलाई होला जेल ?

एन्फा भ्रष्टाचारमा चुर्लुम्म ! फउल गर्ने पदाधिकारीलाई होला जेल ?

पछिल्ला २ दशक नेपाली फुटबलले पटक पटक संकट भोग्दै आइरहेको छ । एन्फाका पदाधिकारीले सुशासनको नियम उल्लंघन गर्दै कमाउ धन्दामा लाग्दा पटक पटक निलम्बित हुनु परेको छ ।...
सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन

मन्त्रालयको २०८३ भदौ २३ गतेको निर्णयअनुसार गठित समितिलाई सात दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ। समितिले खरिद गरिएका हार्डवेयर तथा सफ्टवेयरको वास्तविक अवस्था, प्रयोग, गुणस्तर र उपयोगिताबारे अध्ययन...
कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना गरिँदै, १४ कोठामा सीसीटीभी जडान

कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना गरिँदै, १४ कोठामा सीसीटीभी जडान

यसअघि शुक्रबार राति मतदान सकिएसँगै सभापतिको मतगणना भएको थियो । सभापतिमा गगनकुमार थापाले श्यामकृष्ण खड्गीलाई हराए । थापाले झण्डै ९४ प्रतिशत मत प्राप्त गरेका छन् ।
एमाले स्थायी कमिटीका यी हुन् सात निर्णय

एमाले स्थायी कमिटीका यी हुन् सात निर्णय

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा असोज २२ देखि २४ गतेसम्म बसेको स्थायी कमिटीको प्रथम बैठकले संगठन सुदृढीकरणसँग सम्बन्धित विभिन्न निर्णय गरेको हो।