नेभिगेशन
नेताका कुरा

रास्वपाले पालिका कमिटीदेखि नै थप्यो पद

केन्द्रमा पदाधिकारी १९ जना, केन्द्रीय सदस्य १५८ जना र सचिवालयमा ३३ सदस्य

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पालिका कमिटीदेखि नै पद बढाउने प्रस्ताव गरेको छ । 

स्थापनाको चौथो वर्षमा प्रथम महाधिवेशनको तयारीमा जुटेको रास्वपाले चुनावअघि बृहत् राजनीतिक एकता र समायोजनबाट आएका पक्षलाई समेट्न पालिकादेखि केन्द्रीय समितिसम्म पद थप्न खोजिएको महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनकाअनुसार बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले पालिका, जिल्ला र प्रदेश कमिटीमा एक जना उपसभापति थप्ने प्रस्ताव गरेको हो । तल्ला कमिटीहरुलाई लैंगिकरुपमा समावेशी बनाउन उपसभापति पद थप्ने र त्यसमा महिला अनिवार्य गर्ने प्रस्ताव गरिएको महामन्त्री बुर्लाकोटीले बताए । यो प्रस्तावलाई भोलि चितवनमा बस्ने अन्तिम केन्द्रीय समिति बैठकले अनुमोदन गर्नेछ । 'पालिकादेखि माथि प्रदेशसम्म उपसभापतिएक जना थप्ने र त्यसमा महिला ल्याउने गरी प्रस्ताव आएको छ । केन्द्रीय समितिले टुंग्याउँछ,' उनले भने । 

Ncell
Extreme Energy

बुर्लाकोटीकाअनुसार केन्द्रीय सचिवालयले केन्द्रीय पदाधिकारी १३ बाट १९ पुर्याएको छ । अब सभापति १, वरिष्ठ नेता १, उपसभापति एक महिलासहित ३, महामन्त्री २, सहमहामन्त्री एक महिलासहित ५, कोषाध्यक्ष १, सहकोषाध्यक्ष एक महिलासहित ३, प्रवक्ता १, सहप्रवक्ता एक महिलासहित २ जना रहनेछन् । 

यसैगरी १२१ सदस्यीय केन्द्रीय समितिलाई १५८ पुर्याइएको छ । जसमा सय जना निर्वाचित, ५१ जना सभापतिबाट मनोनित र ७ जना प्रदेश सभापति पदेन सदस्य रहनेछन् । यसैगरी केन्द्रीय सचिवालय २५ बाट ३३ सदस्यीय बनाइएको छ । प्रस्तावित विधानलाई केन्द्रीय सचिवालयले स्वीकृत गरिसकेको छ । अब केन्द्रीय समितिले अनुमोदन गर्नेछ ।  

केन्द्रमा उपसभापति, महामन्त्री र सहमहामन्त्री एक एक जना मनोनित गर्ने प्रस्ताव आए पनि ठोस रुपमा अगाडि बढेको छैन । यो विषय पनि केन्द्रीय समितिले तय गर्ने नेताहरु बताउँछन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
रास्वपाको ओरालो यात्रा र रवि–बालेनको अयोग्यतालाई आफ्नो पुनरोदयको आधार ठान्नु महाभूल : योगेश भट्टराई

रास्वपाको ओरालो यात्रा र रवि–बालेनको अयोग्यतालाई आफ्नो पुनरोदयको आधार ठान्नु महाभूल : योगेश भट्टराई

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उदय र पछिल्लो राजनीतिक अवस्थाबारे टिप्पणी गर्दै पुराना दलका कमजोरी तथा रास्वपाको नेतृत्वको अयोग्यताबीचको राजनीतिक सम्बन्धबारे चर्चा गरेका छन्...
सभापति थापा र पूर्वसभापति देउवा आमनेसामने ?

सभापति थापा र पूर्वसभापति देउवा आमनेसामने ?

नेपाली कांग्रेसको आन्तरिक संघर्ष उत्कर्षमा पुगेको छ । आज एकै दिन संस्थापन र इतर समूह आमने सामने हुँदैछन् ।
देउवा फर्केपछि के भने गगन थापाले ?

देउवा फर्केपछि के भने गगन थापाले ?

देउवाले विशेष महाधिवेशनबाट भएको परिवर्तनलाई स्वीकारेर पार्टी निर्माणमा अभिभावकीय भूमिका खेल्ने अपेक्षा गगन नेतृत्वको संस्थापन पक्षको छ ।
सेनादेखि प्रहरीसम्म सुरक्षा निकायको हुर्मत लिँदै माननीयहरु

सेनादेखि प्रहरीसम्म सुरक्षा निकायको हुर्मत लिँदै माननीयहरु

जनप्रतिनिधिलाई 'माननीय' शब्दले सम्बोधन गरिन्छ । सबैभन्दा ठूलो मान भएको जनताको प्रतिनिधि भएकाले माननीय भनेर बोलाउने गरिन्छ । तर पछिल्ला दिनमा सांसदहरुले आफ्नै मान नराखी झगडियाका रुपमा प्रस्तुत...