नेभिगेशन
नेताका कुरा

आकांक्षीहरुलाई सभापति लामिछानेको अपिल : अस्वस्थ प्रतिस्पर्धा नगरौं, सहमतिमै अगाडि बढौं

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले प्रथम राष्ट्रिय महाधिवेशनले एकताको सन्देश दिने विश्वास गरेका छन् । 

केन्द्रीय सचिवालयको अन्तिम बैठकमा सभापति लामिछानेले प्रथम ऐतिहासिक महाधिवेशनले सहमति र एकताको सन्देश दिने बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महामन्त्री कबिन्द्र बुर्लाकोटीकाअनुसार सभापति लामिछानेले नेतृत्व चयन सहमतिमा गर्नुपर्नेमा जोड दिएका थिए । 'सहमति र एकताका लागि छलफल गरौं । त्यहीअनुसार तपाईहरु अगाडि बढ्नुस् । साथीहरु नेतृत्व अनुमोदन गरेर अगाडि बढौं । यसो गर्दा मलाई पनि भारी कम हुन्छ । किनकि हामीले गर्नुपर्ने अझै धेरै छ । महाधिवेशनले एकताको सन्देश पनि दिन्छ,' लामिछानेले भनेका थिए ।

Ncell
Extreme Energy

सभापति लामिछानेले पार्टी स्थापनाको चार वर्ष थुप्रै उतारचढाव सामना गरेको भन्दै अझै थुप्रै काम गर्न बाँकी रहेकाले सहमतिबाट नेतृत्व टुंगिदा सहज हुने बताएका थिए । यदि सहमति हुन नसकेको खण्डमा लोकतान्त्रिक प्रक्रियालाई आफूले सम्मान गर्ने सभापति लामिछानेको भनाइ थियो । 

सभापति लामिछानेले भर्खर समायोजन भएर आएकाहरुलाई चार महिनामै प्रतिस्पर्धा गर भन्नु उपयुक्त नहुने बताएका थिए । समायोजनको ठूलो महत्त्व भएकाले त्यसलाई समेटेर अगाडि बढ्नुपर्ने धारणा उनको थियो । 

सचिवालय सदस्य गणेश पराजुलीले पनि सभापति लामिछानेले सहमतिबाट पदाधिकारी चयनमा जोड दिएको बताए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
एन्फा भ्रष्टाचारमा चुर्लुम्म ! फउल गर्ने पदाधिकारीलाई होला जेल ?

एन्फा भ्रष्टाचारमा चुर्लुम्म ! फउल गर्ने पदाधिकारीलाई होला जेल ?

पछिल्ला २ दशक नेपाली फुटबलले पटक पटक संकट भोग्दै आइरहेको छ । एन्फाका पदाधिकारीले सुशासनको नियम उल्लंघन गर्दै कमाउ धन्दामा लाग्दा पटक पटक निलम्बित हुनु परेको छ ।...
सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन

मन्त्रालयको २०८३ भदौ २३ गतेको निर्णयअनुसार गठित समितिलाई सात दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ। समितिले खरिद गरिएका हार्डवेयर तथा सफ्टवेयरको वास्तविक अवस्था, प्रयोग, गुणस्तर र उपयोगिताबारे अध्ययन...
कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना गरिँदै, १४ कोठामा सीसीटीभी जडान

कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना गरिँदै, १४ कोठामा सीसीटीभी जडान

यसअघि शुक्रबार राति मतदान सकिएसँगै सभापतिको मतगणना भएको थियो । सभापतिमा गगनकुमार थापाले श्यामकृष्ण खड्गीलाई हराए । थापाले झण्डै ९४ प्रतिशत मत प्राप्त गरेका छन् ।
एमाले स्थायी कमिटीका यी हुन् सात निर्णय

एमाले स्थायी कमिटीका यी हुन् सात निर्णय

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा असोज २२ देखि २४ गतेसम्म बसेको स्थायी कमिटीको प्रथम बैठकले संगठन सुदृढीकरणसँग सम्बन्धित विभिन्न निर्णय गरेको हो।