नेभिगेशन
मुख्य समाचार

मेसीले बनाए लगातार सात खेलमा गोल गर्ने कीर्तिमान

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकपमा लगातार सात खेलमा गोल गर्ने कीर्तिमान बनाएका छन् । आइतबार बिहान अमेरिकामा भएको समूह ‘जे’ को खेलमा अर्जेन्टिनाले जोर्डनलाई ३–१ ले हरायो ।

मेसीले यो विश्वकपमा लगातार तीनै खेलमा गोल गर्दा सन् २०२२ को विश्वकपमा प्रिक्वार्टरफाइनलदेखि लगातार चार खेलमा गोल गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पहिलो पटक विश्वकप खेलिरहेको जोर्डनले अर्जेन्टिनालाई क्लिन सिट भने राख्न दिएन । एसियाली मुलुक जोर्डनको लागि मौसा तामारीले दोस्रो हाफमा एक गोल फर्काएका थिए । 

Marvel
Extreme Energy

प्रशिक्षक लियोनल स्कोलानीले मेसीलाई जोर्डनविरुद्ध प्लेइङ सेटमा खेलाएनन् । मेसी खेलको ६०औं मिनेटमा लौटारो मार्टिनेजको स्थानमा मैदान प्रवेश गरे । मेसीले ८औं मिनेटमा गोल गरेका हुन् । उनले बक्स बाहिरबाट सुन्दर फ्रिकिक गोल गरेका हुन् । 

यसै साता ३९ वर्ष भएका मेसीले यो विश्वकपमा एक ह्याट्रिकसहित ६ गोल गरेका छन् । पहिलो खेलमा अल्जेरियाविरुद्ध तीन गोल गरे । अस्ट्रियाविरुद्ध दुई गोल पनि मेसीकै नाममा रहेको थियो । 

सन् २०२२ को विश्वकपमा फ्रान्सलाई हराउँदै उपाधि जित्दा मेसीले फाइनलमा दुई गोल गरेका थिए । यो विश्वकपको लगातार चार खेलमा मेसीले गोल गरेका हुन् । 

सेमिफाइनलमा क्रोएसियाविरुद्ध ३–० को जितमा पनि मेसीले एक गोल गरेका थिए । क्वार्टरफाइनलमा नेदरल्यान्ड्सविरुद्ध २–२ को बराबरीपछि पेनाल्टी सुटआउटमा जित निकाल्दा मेसीले एक गोल गरेका थिए । प्रिक्वार्टरफाइनलमा अस्ट्रेलियाविरुद्ध २–१ को जित निकाल्दा पनि मेसीले एक गोल गरेका थिए । 

लगातार तेस्रो जितपछि अर्जेन्टिना समूह जेको विजेता बनेको छ । अब, अर्जेन्टिनाले प्रि क्वार्टरफाइनलमा केप भर्डेसँग खेल्नेछ । यही समूहबाट अस्ट्रिया दोस्रो हुँदै नकआउटमा स्थान बनायो । अस्ट्रियासँग समान चार अंक भएपनि तेस्रो स्थानमा रहेको अल्जेरिया उत्कृष्ट तेस्रोमा स्थान बनाउँदै नकआउट खेल्ने पक्का गर्याे । समूहमा जोर्डन लगातार तीन खेलमा पराजित हुँदै घर फर्किएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
पार्टी र नेतृत्वविरुद्ध षड्यन्त्र सिर्जना गरिएको कांग्रेसको निष्कर्ष, कडा प्रतिवाद गर्ने चेतावनी

पार्टी र नेतृत्वविरुद्ध षड्यन्त्र सिर्जना गरिएको कांग्रेसको निष्कर्ष, कडा प्रतिवाद गर्ने चेतावनी

त्यस्तै कांग्रेस महामन्त्री प्रदीप पौडेलले पूर्वाग्रही र एक–अर्कालाई ठेगान लगाउने राजनीति धेरै दिन नटिक्ने बताए । सबैलाई समन्वय गरेर अभिभावकीय भूमिका निर्वाह गर्नु पर्ने दायित्व भएको सरकारले सरकारी...
एनपिएल: विराटनगर किङ्सविरुद्ध काठमाण्डु गोखार्जको सहज जित

एनपिएल: विराटनगर किङ्सविरुद्ध काठमाण्डु गोखार्जको सहज जित

काठमाण्डुले पछिल्लो खेलमा कर्णाली याक्सलाई चार विकेटले हराएको थियो । आजको खेलमा विराटनगरले दिएको ८४ रनको झिनो लक्ष्य काठमाण्डुले नौ दशमलव चार ओभरमा एक विकेटको क्षतिमा भेट्टायो ।
प्रहरीलाई कसले चलाउँछ ? सर्वोच्चले कार्कीलाई पुनर्बहालीको आदेश दिए के हुन्छ ?

प्रहरीलाई कसले चलाउँछ ? सर्वोच्चले कार्कीलाई पुनर्बहालीको आदेश दिए के हुन्छ ?

त्यसैले त प्रश्न उठिरहन्छ– आखिर प्रहरीलाई कसले चलाउँछ ? प्रश्न यत्ति मात्रै छैन, अरु पनि छन् । प्रहरीमा राजनीतिक हस्तक्षेप किन भइरहन्छ ? प्रहरीलाई ऐन–कानुन र नियमावलीले सञ्चालन...
सभापति रवि लामिछानेसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट

सभापति रवि लामिछानेसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट

भेटवार्तामा सभापति लामिछाने र विदेश सचिव मिस्रीबीच नेपाल तथा भारतबीचको बहुआयामिक सम्बन्धका विषयमा कुराकानी भएको थियो । उनीहरूले दुई मुलुकबीचको गहिरो सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा पनि छलफल...