नेभिगेशन
नेताका कुरा

नेकपाले उठायो प्रदेश खारेजीसहित संघीयता पुनर्संरचना गर्ने स्वर्णिम वाग्लेको प्रतिवेदनमा प्रश्न

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले प्रदेश सभा खारेजीसहित संघीयता पुनर्संरचना गर्ने रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेको अर्थ राजनीतिक प्रतिवेदनमा प्रश्न उठाएको छ । 

नेकपा प्रमुख सचेतक युवराज दुलालले चुनावका बेला मधेशसहित विभिन्न प्रदेशमा पुगेर प्रदेश संरचनालाई अधिकारसम्पन्न बनाउने भनेर प्रतिबद्धता जनाएको रास्वपाले अहिले महाधिवेशनबाट पारित गरेर प्रदेश खारेजी गर्छु भन्नु राजनीतिक बेइमानी भएको बताए । उनले प्रदेशसभा विना संघीयता कसरी बाँकी रहन्छ भनेर प्रश्न उठाउँदै संघीयताबारे सिक्न आउन चुनौती दिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले संघीयता जनयुद्ध र मधेश आन्दोलनको उपलब्धी भन्दै यसमा छेडखानी गर्न स्वीकार्य नहुने र प्रतिवाद गर्ने चेतावनी पनि दिए । 

Ncell
Extreme Energy

रास्वपा उपसभापति एवं अर्थमन्त्री वाग्लेले महाधिवेशनमा प्रस्तुत गरेको अर्थ राजनीतिक प्रतिवेदनमा रास्वपाको संख्या र सामर्थ्य पुगेको दिन प्रदेशसभा खारेजीसहित संघीयता पुनर्संरचनाको एजेन्डा बहसमा प्रवेश गराइने उल्लेख गरेका छन् । 

प्रदेश सभा खारेजीको एजेण्डा महाधिवेशन हलले पारित गरेपछि राजनीतिक वृत्तमा प्रश्न उठिरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
उपचार खर्च तिर्न नसक्दा पार्थिव शरीर तीन दिनदेखि अस्पतालमै

उपचार खर्च तिर्न नसक्दा पार्थिव शरीर तीन दिनदेखि अस्पतालमै

आर्थिक अवस्था कमजोर रहेको परिवारले उपचारको बाँकी रकम भुक्तानी गर्न नसक्दा सोविताको पार्थिव शरीर घर ल्याएर अन्तिम संस्कार गर्न सकेको छैन । सोविताले भदौ ३१ गते विष सेवन...
लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई अर्थ समितिकाे निर्देशन

लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई अर्थ समितिकाे निर्देशन

समितिका सभापति डा कृष्णहरि बूढाथोकीले समितिको बैठकले कम्पनीको प्राथमिक शेयर (आइपिओ) निष्काशन अनुमति दिनुअघि उक्त कम्पनीको पुँजी पर्याप्तता, प्रविधि, नेटवर्थ, वासलात प्रतिफल लगायतका आधारमा स्तरीकरण र प्राथमिकीकरण गरी...
सुस्ताबाट उद्धार गरिएको गैँडा सौराहाको जनकौली क्षेत्रमा

सुस्ताबाट उद्धार गरिएको गैँडा सौराहाको जनकौली क्षेत्रमा

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार नारायणी नदीको बाढीले बगाएर सुस्ता गाउँपालिका–४ पुर्याएको गैँडालाई उद्धार गरी सौराहा ल्याइएको थियो ।
सरकारी कर्जा दुरुपयोगको आरोप लागेका उमेश गुप्ता फेरि औद्योगिक प्रतिष्ठानको कार्यकारी निर्देशकमा सिफारिस

सरकारी कर्जा दुरुपयोगको आरोप लागेका उमेश गुप्ता फेरि औद्योगिक प्रतिष्ठानको कार्यकारी निर्देशकमा सिफारिस

एउटै परिवारका श्रीमान्–श्रीमतीलाई फरक फरक स्टार्टप कर्जा दिएर छानबिनमा तानिएका तत्कालीन कार्यकारी निर्देशक उमेशकुमार गुप्तालाई नै फेरि १ नम्बरमा सिफारिस गरेपछि प्रक्रिया नै विवादित बनेको हो ।