नेभिगेशन
समाज

नेपालीहरूको जीवन दर्शन नै सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरितः राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको जीवन दर्शन नै दर्शन सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित भएको बताएका छन्।

रोटरी क्लब अफ भादगाउँद्वारा राष्ट्रपति भवन शीतल निवासमा मंगलबार आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहकार्य, सदभाव र सहिष्णुताले असल मार्गमा हिड्न प्रेरित गर्ने बताए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले भने,  ‘यसलाई हाम्रो काम, अभ्यास र आचरणद्वारा मूर्तरुप दिएर विश्व शान्ति, प्रगति र मानवकल्याणका लागि समर्पित गर्नु हामी सबैको साझा धर्म हो ।’ राष्ट्रपति पौडेलले निस्वार्थ भावले मानव सेवामा समर्पित हुनु नै सबैभन्दा ठूलो धर्म हो भन्ने आफूलाई लागेको भन्दै विश्व शान्ति, अन्तर्राष्ट्रिय सहकार्य र मानव कल्याणका क्षेत्रमा रोटरीले देखाएको प्रतिबद्धता आजको बदलिदो परिवेशमा अझ सान्दिर्भक हुँदै गएको बताए।

Ncell
Extreme Energy

उनले भने,  ‘खासगरी समाजसेवा, मानवता र शान्तिको अभियानमा तपाईँहरूको योगदान प्रशंसनीय छ । किनकी यो संस्था सेवा, मित्रता, सद्भाव र विश्वमानवतामा आधारित एउटा विश्वव्यापी अभियान पनि हो जसका सदस्यहरू समाज रुपान्तरणको सत्कार्यमा सक्रिय छन ।’

संयुक्त राष्ट्रसंघको चार्टर लेखनमा रोटरीले दिएको योगदान सदैव स्मरणीय रहेको भन्दै राष्ट्रपति पौडेलले भने, ‘यो मात्र होइन पोलियो उन्मूलन, भविष्यका नेतृत्वकर्ता निर्माण गर्न प्रतिभाशाली युवाहरूलाई प्रत्येक वर्ष पूर्ण छात्रवृत्ति प्रदानसहित नेपाल र भुटानमा रोटरीले शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा समुदाय विकासका क्षेत्रमा दिएको योगदान उदाहरणीय छ ।’ कार्यक्रममा १४ जना पूर्व डिस्ट्रिक गर्भनर तथा क्लबका संस्थापक अध्यक्षलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपाल राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदनप्रति अर्थ समितिको गम्भीर ध्यानाकर्षण

नेपाल राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदनप्रति अर्थ समितिको गम्भीर ध्यानाकर्षण

सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले तथ्य तथ्याङ्कका सहित संक्षिप्त प्रतिवेदन समितिलाई उपलब्ध गराउन निर्देशन दिइएकोमा नेपाल राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदनमा अपेक्षित विषय उल्लेख भएको नपाइएको भन्दै गम्भीर ध्यानाकर्षण...
एसपी अंगुर जिसी सर्वोत्कृष्ट अनुसन्धानकर्ता

एसपी अंगुर जिसी सर्वोत्कृष्ट अनुसन्धानकर्ता

यस वर्ष पहिलो पटक सञ्चालन गरिएको “Best Investigation Showcase” मार्फत जिल्लाहरूले आफ्नो उत्कृष्ट अनुसन्धान प्रस्तुत गर्दै अनुसन्धान रणनीति, नवीन अभ्यास तथा सिकाइहरू आदानप्रदान गरेका थिए। उत्कृष्ट अनुसन्धान प्रस्तुत...
भेनेजुएलामा भूकम्पका कारण ५८ हजार भन्दा बढी भवनहरू क्षतिग्रस्तः तथ्याङ्क

भेनेजुएलामा भूकम्पका कारण ५८ हजार भन्दा बढी भवनहरू क्षतिग्रस्तः तथ्याङ्क

भेनेजुएलामा गत हप्ता ७.२ र ७.५ म्याग्निच्युडको भूकम्पमा परी एक हजार ७०० जनाको मृत्यु भएको पुष्टि हुनुका साथै हजारौं अझै बेपत्ता  भएको बताइएको छ । ओरेगन स्टेट युनिभर्सिटीका...

भर्खरै