नेभिगेशन
समाज

कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत

‘आवेदनदेखि निर्णय सम्म सबै अनलाइनबाटै’

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयले कर्मचारी सरुवा प्रक्रियालाई पूर्ण रूपमा डिजिटल बनाएको छ । सरुवा प्रक्रियालाई पारदर्शी, व्यवस्थित, छिटोछरितो र प्रविधिमैत्री बनाउने उद्देश्यसहित मन्त्रालयले डिजिटल सरुवा प्रणाली बनाएको हो ।

मन्त्रालयका अनुसार सो प्रणाली कर्मचारीको डिजिटल प्रोफाइलमा आधारित हुनेछ । कर्मचारीको व्यक्तिगत तथा सेवासम्बन्धी विवरण सम्बन्धित प्रणालीसँग प्रत्यक्ष वा Application Programming Interface (API) मार्फत आबद्ध हुने भएकाले आवश्यक विवरण स्वतः अद्यावधिक हुनेछ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यस प्रणालीमा सरुवासम्बन्धी आवेदनका लागि फ्ल्यागिङ प्रणाली समेत रहनेछ । यसले दोहोरिने, विशेष निगरानी आवश्यक पर्ने वा थप परीक्षण गर्नुपर्ने आवेदनको सहज पहिचान गर्न सहयोग गर्नेछ। साथै, कर्मचारीले आफ्नो सरुवा आवेदन कुन चरणमा पुगेको छ भन्ने जानकारी प्रोसेस ट्र्याकिङ प्रणाली मार्फत अनलाइनबाटै हेर्न सक्नेछन् ।

Ncell
Extreme Energy

मन्त्रालयका अनुसार सरुवासम्बन्धी पत्रहरू प्रणालीबाटै स्वचालित रूपमा तयार हुनेछन्। आवश्यक परे अन्य सम्बन्धित निकायका प्रणालीसँग API मार्फत सूचना आदान–प्रदान गर्न सकिने व्यवस्था पनि हुनेछ । साथै, सरुवासम्बन्धी निर्णय तथा विवरण मन्त्रालयको वेबसाइटमा २४ घण्टाभित्र स्वतः सार्वजनिक गरिने व्यवस्था मिलाइनेछ ।

भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्री प्रतिभा रावलले कर्मचारी प्रशासनलाई पारदर्शी, उत्तरदायी र प्रविधिमैत्री बनाउने सरकारको नीतिअनुसार डिजिटल सरुवा प्रणालीलाई प्राथमिकताका साथ अघि बढाइएको बताइन् । उनले यो प्रणाली कार्यान्वयनमा आएपछि सरुवा प्रक्रियामा हुने ढिलाइ घट्ने, पारदर्शिता बढ्ने र कर्मचारीले सहज तथा विश्वासयोग्य सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरिन् ।

WhatsApp-Image-2026-06-30-at-19.24.03-1782833205.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आलोचना दबाएर एमाले बलियो हुँदैन : शम्भु शाह

आलोचना दबाएर एमाले बलियो हुँदैन : शम्भु शाह

नेकपा एमालेका नेता शम्भु शाहले पार्टीभित्र आलोचना र असहमतिका आवाजलाई ‘गुटबन्दी’, ‘खुरापाती’ र ‘अराजकता’का रूपमा चित्रण गरेर दबाउन खोजिएको भन्दै नेतृत्वको आलोचना गरेका छन् ।
झपट रावलले केपी ओलीलाई सोधे चार प्रश्न

झपट रावलले केपी ओलीलाई सोधे चार प्रश्न

नेकपा एमालेका नेता झपट रावलले पार्टी अध्यक्षलाई सम्बोधन गर्दै पार्टीभित्रको आन्तरिक लोकतन्त्र, नेतृत्व हस्तान्तरण र वैचारिक बहसबारे चार प्रश्न उठाएका छन् ।
संघर्ष र विद्रोहमा सफल कम्युनिस्टहरू सत्ता सञ्चालनमा किन कमजोर भए? : शंकर पोखरेल

संघर्ष र विद्रोहमा सफल कम्युनिस्टहरू सत्ता सञ्चालनमा किन कमजोर भए? : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका कम्युनिस्टहरू संघर्ष र विद्रोहमा सफल भए पनि राज्यसत्ता सञ्चालनमा भने आमरूपमा कमजोर देखिएको बताएका छन् ।
एमालेभित्र गुटबन्दी गर्ने सानो घेरा रहेको महेश बस्नेतको टिप्पणी

एमालेभित्र गुटबन्दी गर्ने सानो घेरा रहेको महेश बस्नेतको टिप्पणी

नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीभित्र दुईखाले प्रवृत्ति रहेको टिप्पणी गरेका छन् । उनले पार्टी र जनताको पक्षमा इमानदारीपूर्वक काम गर्ने आम पंक्ति रहे पनि अर्को सानो घेरा...