नेभिगेशन
समाज

पासपोर्ट छपाई प्रकरणमा बालेन सरकारकै पक्षमा बोल्यो जर्मनी, घोटालाको अनुसन्धानमा कुनै हस्तक्षेप नगर्ने प्रष्टीकरण

काठमाडौँ । राहदानी छपाई ठेक्का प्रकरणमा काठमाडौँस्थित जर्मनी राजदूतावासले कुनै हस्तक्षेप नगर्ने स्पष्ट पारेको छ । राहदानी छपाई ठेक्कामा घोटाला भएको भनेर बालेन सरकारले अख्तियारमार्फत अनुसन्धान अगाडि बढाई मुद्दा अभियोजन गरिरहेका बेला जर्मनको नेपालस्थित आधिकारिक निकायले प्रष्टीकरण दिएको हो ।

दूतावासले नेपाली मिडियामा जर्मन सरकारले पासपोर्ट ठेक्का प्रकरणमा भइरहेको छानबिनलाई लिएर गम्भीर असन्तुष्टि जनाएको र दुई देशको कुटनीतिक सम्बन्धमै अफ्ठेरो अवस्था सिर्जना भएको भनेर आएका रिपोर्टमा सत्यता नभएको पनि स्पष्ट पारेको छ । दूतावासले राहदानी छपाई ठेक्का प्रकरणमा थुप्रै झुटो र भ्रामक समाचारहरु आएको भन्दै स्पष्टीकरण दिनुपरेको जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दूतावासकाअनुसार जर्मनीको राजधानी बर्लिनमा नेपाली दूतावासका कार्यवाहक राजदूतलाई विदेश मन्त्रालयमा एक बैठकका लागि आमन्त्रण गरिएको थियो । उनलाई स्पष्टीकरणका लागि बोलाइएको होइन । दूतावासले आमन्त्रण र बोलावटमा थोरै अन्तर भए पनि कुटनीतिमा यसको ठूलो महत्त्व भएको बताए ।  

Ncell
Extreme Energy

दोस्रो नेपाली कार्यवाहक राजदूतलाई राहदानी छपाई ठेक्का प्रकरणमा कुनै विरोधपत्र वा कुनै अन्य दस्तावेज हस्तान्तरण गरिएको छैन । 

तेस्रो कारवाहीको नतिजाको आधारमा सम्भावित परिणामको बारेमा कुनै चेतावनी दिइएको छैन । बाहिर आएका समाचारमा जर्मनीले गम्भीर आपत्ति जनाएको भनेर उल्लेख गरिएको थियो । तर जर्मन दूतावासले भने त्यसलाई खारेज गरेको छ । 

जर्मनी न्यायपालिकाको स्वतन्त्रताको पूर्ण सम्मान गर्ने भन्दै दूतावासले राहदानी छपाई ठेक्कामा कुनै विरोध वा हस्तक्षेप नभएको स्पष्ट पारेको हो । 

'जर्मनी न्यायपालिकाको स्वतन्त्रताको पूर्ण सम्मान गर्दछ। वास्तवमा, यो हाम्रो संविधानमा निहित सिद्धान्त हो। सिद्धान्तको रूपमा, दूतावासले अदालतमा चलिरहेको कारवाहीमा कुनै टिप्पणी गर्दैन, र हामीले यस मुद्दामा कुनै पनि बिन्दुमा त्यसो गरेका छैनौं,' दूतावासले भनेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भदौभित्र ३० वटा नयाँ कानुन संसदमा ल्याउने कानुन मन्त्री गौतमको तयारी

भदौभित्र ३० वटा नयाँ कानुन संसदमा ल्याउने कानुन मन्त्री गौतमको तयारी

कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ३० वटा नयाँ विधेयक संसदमा दर्ता गर्ने तयारी गरेकी छिन् ।
पहिरोमा पुरिएर एक जनाको मृत्यु

पहिरोमा पुरिएर एक जनाको मृत्यु

लुङग्री गाउँपालिका–५ धैरेनीमा पहिरोले घर पुरिँदा एकजना वृद्धाको मृत्यु भएको छ ।
वर्षाले १० जिल्लाका सडक प्रभावित

वर्षाले १० जिल्लाका सडक प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका छन् ।
नेपालमै बनेको विद्युतीय 'यात्री पीटू' स्कुटरको कारखाना पुगे अर्थमन्त्री वाग्ले, विश्व बजारमा लैजान सुझाव

नेपालमै बनेको विद्युतीय 'यात्री पीटू' स्कुटरको कारखाना पुगे अर्थमन्त्री वाग्ले, विश्व बजारमा लैजान सुझाव

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेको विद्युतीय स्कुटरको प्रवर्द्धनका लागि सरकारको साथ रहने बताएका छन् ।