नेभिगेशन
फुटबल
फिफा विश्वकप २०२६

४० वर्षपछि नकआउटमा मेक्सिकोको जित

काठमाडौं । विश्वकपको सह–आयोजक मेक्सिको फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गर्दा ४० वर्षपछि नकआउटमा जित निकालेको छ । 

बुधबार बिहान घरेलु मैदान अज्टेका स्टेडियममा मेक्सिको आफ्नो  अपराजित यात्रा चौथो खेलसम्म पु¥यो । मेक्सिकोले इक्वेडरलाई २–० हराएको हो । मेक्सिकोको जितमा जुलियन क्विनोनेस र राउल जिमेनेजले समान एक गोल गरेका थिए । पहिलो हाफमै गरेको दुई गोलको अग्रता जोगाउँदै मेक्सिको अर्काे चरणमा प्रवेश गर्न सफल भयो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यो जित मेक्सिकोले नकआउटमा ४० वर्षपछि निकालेको हो । यसअघि मेक्सिकोले सन् १९८६ यता कुनै पनि नकआउट खेल जित्न सकेको थिएन । त्यो बेला मेक्सिकोले क्वार्टरफाइनल खेलेको थियो । तर, त्यसपछि ७ पटक विश्वकप खेलेपनि अन्तिम १६ बाटै आउट हुँदै आएको थियो । यसपटक ४८ राष्ट्रले विश्वकप खेल्दा मेक्सिको अन्तिम १६ मा प्रवेश गरेको छ । 

Ncell
Extreme Energy

अब, उसले क्वार्टरफाइलन पुग्न इंग्ल्यान्ड र कंगोबीचको विजेतासँग ५ जुलाईमा मेक्सिकोमै खेल्नेछ । मेक्सिको टिम हालसम्म दुई पटक मात्रै क्वार्टरफाइनलमा पुगेको छ । सन् १९३० देखि नै विश्वकप खेल्न सुरु गरेको मेक्सिकोले सन् १९७० र १९८६ मा क्वार्टरफाइनल खेलेको थियो । टिम अहिलेसम्म क्वार्टरफाइनलबाट माथि बढ्न सकेको छैन । यसपटक घरेलु समर्थकमाझ नयाँ कीर्तिमान रच्ने अवसर मेक्सिकोलाई रहेको छ । 

यसअघि मेक्सिकोले समूह ‘ए’ मा दक्षिण अफ्रिका, दक्षिण कोरिया र चेक रिपब्लिकलाई पराजित गर्दै सधैबन्दा धेरै ९ अंकसहित नकआउटमा प्रवेश गरेको हो । हारपछि इक्वेडरको यात्रा भने सकिएको छ । 

बुधबार बिहान अन्य खेलमा फ्रान्सले स्विडेनलाई ३–० ले हराउँदै अन्तिम १६ मा स्थान बनाएको छ । फ्रान्सको जितमा केलियन एम्बाप्पेले दुई तथा ब्राड्ली बार्काेलाले एक गोलगरेका थिए । पहिलो हाफमा एक गोल गरेको फ्रान्सले दोस्रो हाफमा दुई गोल थप्यो । 

यो खेलसँगै एम्बाप्पेले अर्जेन्टिनाका कप्तान लियोनल मेसीसँगै समान ६ गोल पूरा गरेका छन् । सर्वाधिक गोल गर्ने खेलाडीमा भने मेसी भन्दा एक गोलले पछि छन् । खेलपछि कप्तान एम्बाप्पेले गोलसंख्या बढाउने भन्दा पनि टिमलाई उपाधि जिताउने मुख्य योजना रहेको बताएका छन् । ‘म यहाँ धेरै गोल गर्न भन्दा पनि टिमलाई उपाधि जिताउन चाहन्छु’, उनले भने, ‘यदि टिमलाई उपाधि जिताउन सफल भएको अवस्थामा धेरै गोल त हुन्छ नै ।’

अब, फ्रान्सले क्वार्टरफाइनल प्रवेशको लागि पाराग्वेको सामना गर्नेछ । पाराग्वेले चार पटकको च्याम्पियन जर्मनीलाई पेनाल्टी सुटआउटमा स्तब्ध बनाएको थियो । कप्तान एम्बाप्पेले पाराग्वेसँग सजक भएको पनि प्रष्ट पारेका छन् । 

बिहानै भएको अर्काे खेलमा नर्वेले आइभरी कोष्टलाई २–१ ले हरायो । चौथो पटक विश्वकप खेलिरहेको नर्वे तेस्रो पटक अन्तिम १६ मा पुगेको हो । यद्यपि नकआउटमा टोलीको यो जित पहिलो पटक हो । सन् १९९८ पछि विश्वकप खेलेको नर्वे पहिलो पटक नै नकआउटमा जित निकाल्न सफल भयो । 

टोलीलाई पहिलो पटक नकआउटमा जित दिलाउँदा विजयी गोल गरेका चर्चित स्ट्राइकर एर्लिङ हाल्यान्डले गरेका थिए । उनले खेलपछि आफूले टिमलाई कीर्तिमानी जित दिलाएको र बाँकी खेल जिते बोनस हुने बताएका छन् । ‘२८ वर्षपछि विश्वकप खेलिरहेका छौं । समूह चरणपछि नकआउटमा पनि जित निकाल्यौं,’ २५ वर्षीय स्ट्राइकरले भने, ‘अब जे हुन्छ हाम्रो लागि बोनस जस्तै हो ।’

अब, नर्वेले क्वार्टरफाइनल प्रवेशको लागि ब्राजिलको सामना गर्र्दैछ । यो खेल ५ जुलाईमा अमेरिकामै हुनेछ । ब्राजिल सर्वाधिक पाँच पटकको विश्व च्याम्पियन हो । उसले नकआउट चरणमा एसियाली महारथी जापानलाई अन्तिम मिनेटमा २–१ ले हराउन सफल भएको थियो । 

हालसम्म विश्वकपको अन्तिम १६ मा मेक्सिको, फ्रान्स, नर्वे, पाराग्वेसँगै, क्यानाडा, मोरक्को, ब्राजिल पुगेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप फुटबल
कांग्रेस १५औं महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक, भदौ २४ देखि वडा अधिवेशन

कांग्रेस १५औं महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक, भदौ २४ देखि वडा अधिवेशन

यी सबै तहको अधिवेशन सम्पन्न भएपछि असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन आयोजना हुनेछ । निर्वाचन समितिले अधिवेशनको तयारीसँगै निर्वाचन प्रतिनिधि र अधिकृतलाई प्रशिक्षण दिने कार्यतालिका...
अपडेटः हेटौंडामा खोलाले बगाएका १ बालिकाको मृत्यु, १ जना आफैँ खोलाबाट निस्कन सफल, २ को खोजी जारी

अपडेटः हेटौंडामा खोलाले बगाएका १ बालिकाको मृत्यु, १ जना आफैँ खोलाबाट निस्कन सफल, २ को खोजी जारी

त्यस्तै, १३ वर्षीया सिमा भोलन आफैं खोलाबाट निस्कन सफल भएकी छन् । उनलाई सामान्य चोट लागेको र उपचारका लागि हेटौंडा अस्पताल लगिएको छ ।
रास्वपाले केन्द्रीय सदस्यदेखि विभागीय प्रमुखसम्म मनोनयन गर्दै

रास्वपाले केन्द्रीय सदस्यदेखि विभागीय प्रमुखसम्म मनोनयन गर्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठकमा विभिन्न सांगठनिक पदमा मनोनयनदेखि स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोटको रूपरेखासम्मका विषयमा छलफल गर्ने भएको छ ।
रेडक्रसको जग्गा खरिदमा अनियमितता आरोपमा पाँच जना परे पक्राउ

रेडक्रसको जग्गा खरिदमा अनियमितता आरोपमा पाँच जना परे पक्राउ

नेपाल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता तथा ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पाँच जनालाई पक्राउ गरेको छ ।