नेभिगेशन
समाज
रास्वपा केन्द्रीय समितिको पहिलो बैठक

महाधिवेशनमा सघाउनेलाई धन्यवाद, तीन आयोगमा नेतृत्व

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को पहिलो महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठकले महाधिवेशन सम्पन्न सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिएको छ ।

आज नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको शपथपछि केन्द्रीय कार्यालय घण्टीघर चमतीमा बसेको पहिलो बैठकले प्रथम महाधिवेशन सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै, बैठकले सभामुख एवम् पूर्वउपसभापति डोलप्रसाद (डीपी) अर्यालले पार्टी निर्माणमा पुर्याएको योगदानको कदर गर्दै धन्यवाद ज्ञापन गरेको छ । सभापति रवि लामिछानेले पूर्वउपसभापति अर्याललाई धन्यवाद दिने प्रस्ताव बैठकमा पेश गरेका थिए । बैठकले उक्त प्रस्तावलाई सर्वसम्मत पारित गरेको हो ।

Ncell
Extreme Energy

पहिलो बैठकले पार्टीका तीन आयोग– केन्द्रीय निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगको नेतृत्व तय गरेको छ । निर्णय अनुसार निर्वाचन आयोग र लेखा आयोगमा यसअघिकै प्रमुखलाई निरन्तरता दिइएको छ । निर्वाचन आयोग प्रमुखमा भुवन केसी र लेखा आयोग प्रमुखमा अभिशेक घिमिरेले निरन्तरता पाएका छन् ।

अनुशासन आयोगको प्रमुखमा भने कास्कीका लेखनाथ पौडेल नियुक्त भएका छन् । यसअघि रमाकान्त रिमाल अनुशासन आयोग प्रमुख थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आलोचना दबाएर एमाले बलियो हुँदैन : शम्भु शाह

आलोचना दबाएर एमाले बलियो हुँदैन : शम्भु शाह

नेकपा एमालेका नेता शम्भु शाहले पार्टीभित्र आलोचना र असहमतिका आवाजलाई ‘गुटबन्दी’, ‘खुरापाती’ र ‘अराजकता’का रूपमा चित्रण गरेर दबाउन खोजिएको भन्दै नेतृत्वको आलोचना गरेका छन् ।
झपट रावलले केपी ओलीलाई सोधे चार प्रश्न

झपट रावलले केपी ओलीलाई सोधे चार प्रश्न

नेकपा एमालेका नेता झपट रावलले पार्टी अध्यक्षलाई सम्बोधन गर्दै पार्टीभित्रको आन्तरिक लोकतन्त्र, नेतृत्व हस्तान्तरण र वैचारिक बहसबारे चार प्रश्न उठाएका छन् ।
संघर्ष र विद्रोहमा सफल कम्युनिस्टहरू सत्ता सञ्चालनमा किन कमजोर भए? : शंकर पोखरेल

संघर्ष र विद्रोहमा सफल कम्युनिस्टहरू सत्ता सञ्चालनमा किन कमजोर भए? : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका कम्युनिस्टहरू संघर्ष र विद्रोहमा सफल भए पनि राज्यसत्ता सञ्चालनमा भने आमरूपमा कमजोर देखिएको बताएका छन् ।
एमालेभित्र गुटबन्दी गर्ने सानो घेरा रहेको महेश बस्नेतको टिप्पणी

एमालेभित्र गुटबन्दी गर्ने सानो घेरा रहेको महेश बस्नेतको टिप्पणी

नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीभित्र दुईखाले प्रवृत्ति रहेको टिप्पणी गरेका छन् । उनले पार्टी र जनताको पक्षमा इमानदारीपूर्वक काम गर्ने आम पंक्ति रहे पनि अर्को सानो घेरा...