नेभिगेशन
समाज

सिधाकुराको सम्पादकमा अक्षर काका, समाचार सम्पादकमा अर्याल

काठमाडौँ । सिधाकुराको सम्पादकमा रामनाथ खनाल (अक्षर काका) नियुक्त भएका छन्। यस्तै, समाचार सम्पादकमा नारायण अर्याल नियुक्त भएका छन् । 

सम्पादकद्वय खनाल र अर्यालले बुधबारदेखि जिम्मेवारी सम्हालेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिधाकुराका प्रकाशक तथा अध्यक्ष युवराज कँडेलले सम्पादकद्वयलाई स्वागत गर्दै नयाँ जिम्मेवारीका लागि शुभकामना व्यक्त गरे । उनले अनुभवी पत्रकारहरूको आगमनले सिधाकुराको सम्पादकीय नेतृत्व थप मजबुत हुने र तथ्यपरक, विश्वसनीय तथा जनउत्तरदायी पत्रकारिताको अभियानलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे । 

Ncell
Extreme Energy

नेपाली पत्रकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय अक्षर काका समसामयिक, राजनीतिक विश्लेषण तथा सार्वजनिक सरोकारका विषयमा निर्भीक धारणा राख्ने पत्रकारका रूपमा परिचित छन् । विभिन्न सञ्चारमाध्यममा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका खनालले अब सिधाकुराको सम्पादकीय नीति, सामग्रीको गुणस्तर र पत्रकारिताको व्यावसायिक अभ्यासलाई थप प्रभावकारी बनाउने जिम्मेवारी सम्हाल्नेछन् । डेढ दशकदेखि पत्रकारितामा सक्रिय खनाल यसअघि  सेतोपाटी, ग्यालेक्सी फोरके टेलिभिजन, बाह्रखरी लगायत संस्थामा कार्यरत थिए । खनाल लेखक समेत हुन् ।  

करिब ३ दशक नेपाली पत्रकारितामा सक्रिय नारायण अर्याल समाचार सम्पादन, रिपोर्टिङ र न्यूजरुम व्यवस्थापनमा अनुभवी पत्रकार हुन् । उनीसँग विभिन्न राष्ट्रिय सञ्चारमाध्यममा समाचार उत्पादन र सम्पादनको अनुभव छ । 

समाचार सम्पादकका रूपमा उनले दैनिक समाचार सञ्चालन, समाचार सम्पादन तथा डिजिटल प्लेटफर्मका लागि गुणस्तरीय समाचार प्रवाहको नेतृत्व गर्नेछन् । 

अर्यालसँग यसअघि कान्तिपुर टेलिभिजन, ग्यालेक्सी फोरके, हिमालयन टेलिभिजन, एभिन्युज टेलिभिजन, नेपाल वान टेलिभिजन, च्यानल नेपाल टेलिभिजन तथा गोरखापत्र र हिमालय टाइम्स दैनिक लगायतका समाचार संस्थामा समाचार सम्पादनको लामो अनुभव छ । 

सिधाकुराले अनुभवी पत्रकारहरूलाई नेतृत्वमा ल्याएर विश्वसनीय, सन्तुलित र तथ्यमा आधारित पत्रकारिताप्रतिको आफ्नो प्रतिबद्धतालाई थप सुदृढ बनाउने सिधाकुरा मिडिया नेटवर्कले जनाएको छ । सम्पादकीय टोलीको नयाँ नेतृत्वसँगै पाठक तथा दर्शकमाझ अझ गुणस्तरीय, अनुसन्धानमूलक र प्रभावकारी सामग्री प्रस्तुत गर्ने लक्ष्य लिइएको प्रकाशक कँडेलले बताए । 

समाचार लेखन र प्रस्तुतीकरणमा परम्परागत ढाँचालाई चुनौती दिँदै नयाँ सोच र नवीन शैली स्थापित गर्दै आएको सिधाकुराले स्थापनाकालदेखि नै खोजमुलक पत्रकारितालाई आफ्नो प्रमुख आधार बनाउँदै आएको छ। 

समाजका विभिन्न क्षेत्रमा देखिएका विकृति, विसंगति, बेथिति र शक्ति दुरुपयोगविरुद्ध निर्भीक रूपमा आवाज उठाउँदै आएको सिधाकुराले छोटो समयमै पाठक तथा दर्शकको उल्लेखनीय विश्वास र अपार माया जित्न सफल भएको छ।

तथ्यमा आधारित, प्रभावकारी र जनपक्षीय सामग्रीमार्फत सार्वजनिक सरोकारका मुद्दालाई केन्द्रमा राख्दै आएको सिधाकुराले आगामी दिनमा अझ सशक्त, समावेशी र उत्तरदायी पत्रकारिता गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। समाजका सबै वर्ग, क्षेत्र र आवाजलाई समेटेर विश्वसनीय समाचार प्रवाह गर्ने आफ्नो अभियानलाई अझ व्यापक बनाउने लक्ष्य संस्थाले लिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ढिला होला, तर गलत हुँदैन– बालेन शाह

ढिला होला, तर गलत हुँदैन– बालेन शाह

‘केही समय लाग्छ, सही समय आउनलाई । ढिला होला, तर गलत हुँदैन । नआत्तिनुहोस् । सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ । कहिलेकाहीँ एक्लै लड्नुपर्छ ।...
आज कति पुग्यो अमेरिकी डलरको भाउ ?

आज कति पुग्यो अमेरिकी डलरको भाउ ?

नेपाल राष्ट्र बैंकले आजका (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
विभिन्न स्थानबाट २० जना  किन परे पक्राउ ?

विभिन्न स्थानबाट २० जना किन परे पक्राउ ?

नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २० जनालाई पक्राउ गरेको छ ।
यी स्थानमा आज भारी वर्षाको सम्भावना

यी स्थानमा आज भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।