नेभिगेशन
समाज

रास्वपाले १८ वर्षमुनिको सदस्यता खारेज गर्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १८ वर्षभन्दा कम उमेरका व्यक्तिहरुको सदस्यता खारेज गर्ने भएको छ ।

महामन्त्री विपीन आचार्यले आज एक विज्ञप्ति जारी गरी १८ वर्षभन्दा कम उमेरका व्यक्तिहरुको सदस्यता खारेज गर्ने र नयाँ आवेदन पनि स्वीकृत नगर्ने जनाएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपाको प्रथम महाधिवेशनमा प्रस्तुत सांगठनिक प्रतिवेदनमा १८ वर्षभन्दा कम उमेरका ३५,२५७ जना व्यक्ति पार्टीको सदस्य रहेको उल्लेख थियो ।

Ncell
Extreme Energy

महामन्त्री आचार्यले बालबालिका सम्बन्धी ऐन,२०७५, राजनीतिक दल सम्बन्धी ऐन, २०७३, रष्ट्रिय स्वतन्त्र पार्टीको विधानको प्रावधान उल्लेख गर्दैै विज्ञप्तिमा भनेका छन्– ‘तसर्थ, १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई पार्टी सदस्य बनाउने वा राजनीतिक गतिविधिमा पार्टी सदस्यका रूपमा संलग्न गराउने कार्य न राष्ट्रिय स्वतन्त्र पार्टीको नीति हो, न अभ्यास हो, न त कुनै संस्थागत उद्देश्य नै हो।’

उनले यस विषयलाई राष्ट्रिय स्वतन्त्र पार्टीले अत्यन्त गम्भीरतापूर्वक लिँदै सदस्यता प्रणालीको विस्तृत प्राविधिक तथा प्रशासनिक समीक्षा प्रारम्भ गरेको पनि जनाएका छन्। भविष्यमा यस्तो त्रुटि दोहोरिन नदिने पनि उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।

१८ वर्षभन्दा कम उमेर देखिने विवरणलाई प्रणालीमार्फत् स्वतः पहिचान गरी त्यस्ता आवेदनलाई सदस्यता स्वीकृतिको प्रक्रियामा अगाडि बढ्न नदिने प्राविधिक नियन्त्रण लागू गर्ने र प्रमाणीकरण सम्पन्न भइसकेका अभिलेखको समेत पुनः परीक्षण गरी आधिकारिक कागजातसँग पूर्ण रूपमा मेल खाने सदस्यता अभिलेख मात्र कायम गरिने तथा यस क्रममा प्राविधिक वा मानवीय त्रुटिका कारण १८ वर्षभन्दा कम उमेरका कुनै व्यक्तिको सदस्यता गल्तीले स्वीकृत भएको पाइएमा त्यस्तो सदस्यता तत्काल खारेज गरिने पनि उनले उल्लेख गरेका छन्।

RSP-1-1782910503.jpeg

RSP-2-1782910503.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संसदीय समितिमा आईजीपीको हुर्मत प्रकरण, सांसद खगेन्द्र सुनारलाई के कारवाही हुँदैछ ?

संसदीय समितिमा आईजीपीको हुर्मत प्रकरण, सांसद खगेन्द्र सुनारलाई के कारवाही हुँदैछ ?

निर्वाचन प्रहरी पोशाक खरिद र नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको नियमित खरिदमा प्रश्न उठाएर परेको उजुरीले निम्त्याएको संसद र सुरक्षा निकायको मनमुटाव कारवाहीको चरणमा प्रवेश गरेको छ ।
आलोचना दबाएर एमाले बलियो हुँदैन : शम्भु शाह

आलोचना दबाएर एमाले बलियो हुँदैन : शम्भु शाह

नेकपा एमालेका नेता शम्भु शाहले पार्टीभित्र आलोचना र असहमतिका आवाजलाई ‘गुटबन्दी’, ‘खुरापाती’ र ‘अराजकता’का रूपमा चित्रण गरेर दबाउन खोजिएको भन्दै नेतृत्वको आलोचना गरेका छन् ।
झपट रावलले केपी ओलीलाई सोधे चार प्रश्न

झपट रावलले केपी ओलीलाई सोधे चार प्रश्न

नेकपा एमालेका नेता झपट रावलले पार्टी अध्यक्षलाई सम्बोधन गर्दै पार्टीभित्रको आन्तरिक लोकतन्त्र, नेतृत्व हस्तान्तरण र वैचारिक बहसबारे चार प्रश्न उठाएका छन् ।
संघर्ष र विद्रोहमा सफल कम्युनिस्टहरू सत्ता सञ्चालनमा किन कमजोर भए? : शंकर पोखरेल

संघर्ष र विद्रोहमा सफल कम्युनिस्टहरू सत्ता सञ्चालनमा किन कमजोर भए? : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका कम्युनिस्टहरू संघर्ष र विद्रोहमा सफल भए पनि राज्यसत्ता सञ्चालनमा भने आमरूपमा कमजोर देखिएको बताएका छन् ।