नेभिगेशन
समाज

आलुमा साङ्ला भेटिए पछि अडोरा होल्डिङलाई २ लाख ५० हजार जरिवाना

काठमाडौं । ललितपुर महानगरपालिका३, झम्सिखेलस्थित अडोरा होल्डिङमा आलुको परिकारमा साङ्ला भेटिएको उजुरीपछि गरिएको आकस्मिक बजार अनुगमनका क्रममा म्याद गुज्रिएका खाद्य सामग्री, लेबलविहीन खाद्यवस्तु तथा अन्य खाद्य सुरक्षा मापदण्ड उल्लंघन भएको भेटिएपछि २ लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा व्हाट्सएपमार्फत आलुको परिकारमा साङ्ला भेटिएको उजुरी प्राप्त भएपछि विभाग र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त टोलीले बुधबार अनुगमन गरेको थियो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अनुगमनका क्रममा एक लिटरका तीन बोतल फ्रुट सिरपको उपभोग्य मिति सकिएको, लेबलविहीन करिब तीन किलो चाउमिन प्रयोग भएको, कृत्रिम खाद्य रङ प्रयोग गरिएको, प्रयोगपछि राखिएको करिब एक लिटर तेलको त्एः ख्बगिभ ३३ रहेको तथा फ्रिजको प्रयोग अव्यवस्थित रहेको पाइएको विभागले जनाएको छ।

Ncell
Extreme Energy

अनुगमनपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार अडोरा होल्डिङलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना गरेको छ।

साथै म्याद गुज्रिएका खाद्यवस्तु थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको, उच्च त्एः भएको करिब एक लिटर तेल र लेबलविहीन करिब तीन किलो चाउमिन नष्ट गरिएको तथा खाद्य स्वच्छता कायम गर्न र फ्रिजको व्यवस्थित प्रयोग गर्न निर्देशन दिइएको विभागले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संसदीय समितिमा आईजीपीको हुर्मत प्रकरण, सांसद खगेन्द्र सुनारलाई के कारवाही हुँदैछ ?

संसदीय समितिमा आईजीपीको हुर्मत प्रकरण, सांसद खगेन्द्र सुनारलाई के कारवाही हुँदैछ ?

निर्वाचन प्रहरी पोशाक खरिद र नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको नियमित खरिदमा प्रश्न उठाएर परेको उजुरीले निम्त्याएको संसद र सुरक्षा निकायको मनमुटाव कारवाहीको चरणमा प्रवेश गरेको छ ।
आलोचना दबाएर एमाले बलियो हुँदैन : शम्भु शाह

आलोचना दबाएर एमाले बलियो हुँदैन : शम्भु शाह

नेकपा एमालेका नेता शम्भु शाहले पार्टीभित्र आलोचना र असहमतिका आवाजलाई ‘गुटबन्दी’, ‘खुरापाती’ र ‘अराजकता’का रूपमा चित्रण गरेर दबाउन खोजिएको भन्दै नेतृत्वको आलोचना गरेका छन् ।
झपट रावलले केपी ओलीलाई सोधे चार प्रश्न

झपट रावलले केपी ओलीलाई सोधे चार प्रश्न

नेकपा एमालेका नेता झपट रावलले पार्टी अध्यक्षलाई सम्बोधन गर्दै पार्टीभित्रको आन्तरिक लोकतन्त्र, नेतृत्व हस्तान्तरण र वैचारिक बहसबारे चार प्रश्न उठाएका छन् ।
संघर्ष र विद्रोहमा सफल कम्युनिस्टहरू सत्ता सञ्चालनमा किन कमजोर भए? : शंकर पोखरेल

संघर्ष र विद्रोहमा सफल कम्युनिस्टहरू सत्ता सञ्चालनमा किन कमजोर भए? : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका कम्युनिस्टहरू संघर्ष र विद्रोहमा सफल भए पनि राज्यसत्ता सञ्चालनमा भने आमरूपमा कमजोर देखिएको बताएका छन् ।