नेभिगेशन
फुटबल
विश्वकप फुटबल २०२६

क्रोएसियालाई पराजित गर्दै पोर्चुगल विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । क्रोएसियालाई पराजित गर्दै पोर्चुगल विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । 

क्यानडाको टोरन्टोस्थित टोरन्टो स्टेडियममा शुक्रबार विहान सम्पन्न खेलमा क्रोएिसयालाई २-१ गोलले पराजित गर्दै पोर्चुगल अन्तिम १६ स्थान बनाएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

खेलको पहिलो हाफ बराबरीमा सकिएकोमा दोस्रो हाफमा क्रोएसियाले गोल गर्दै अग्रता लिएको थियो । क्रोएिसयाका इभान पेरिसिचले खेलको ५३ मिनेटमा गाेल गरेर अग्रता दिलाएका थिए । 

Ncell
Extreme Energy

खेलको ६८ मिनेटमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले पेनाल्टी गोल गर्दै १-१ को बराबरीमा ल्याए । खेलको ९४ मिनेटमा पोर्चुगलकै गोन्सालो रामोसले अर्को गोल थप्दै टिमलाई अग्रता दिलाए । 

केही मिनेट अन्तरमा क्रोएिसयाले गोल फर्काए पनि अफसाइड हुँदा मान्यता पाएन र पोर्चुगल विजयी हुँदै अन्तिम १६ मा प्रवेश गरेको हो । 

अन्तिम १६ मा अब पोर्चुगलले आगामी मंगलबार स्पेनसँग खेल्नेछ ।  

स्पेनले अस्ट्रियालाई हरायो

अस्ट्रियालाई  पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा पुगेको छ । 

अमेरिकाको लस एन्जल स्टेडियममा आज भएको खेलमा अस्ट्रियालाई ३–० गोलअन्तरले  पराजित गर्दै विश्वकपको अन्तिम १६ मा स्थान बनाएको हो । 

स्पेनले १६ वर्षपछि विश्वकपको नकआउट चरणमा पहिलो जित हासिल  गरेको हो । सन् २०१० को विश्वकप जिते यता स्पेनले विश्वकपको नकआउट चरणमा जित हासिल गर्न  सकेको थिएन ।

स्पेनले खेलको  ३६औँ  मिनेट मार्क कुकुरेलाको पासमा मिकेल ओयार्जाबालले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाए । खेलको  ६६औँ मिनेटमा अलेक्स बाएनाको क्रसमा पेड्रो पोरोले हेडमार्फत गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए ।

त्यसपछि खेलको ८९औँ मिनेटमा कुकुरेलाकै अर्को उत्कृष्ट पासमा ओयार्जाबालले व्यक्तिगत दोस्रो गोल गरेपछि स्पेनले ३–० को सहज जित निकाल्यो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप फुटबल
सभापतिमा गगनको पल्ला भारी, महामन्त्रीमा महाभिडन्त

सभापतिमा गगनको पल्ला भारी, महामन्त्रीमा महाभिडन्त

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको १५ औं महाधिवेशन आइतबारबाट सुरू हुँदैछ। कांग्रेसको विधानअनुसार एक सभापति, दुई उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्री महाधिवेशनबाट निर्वाचित हुने छन् । सबैभन्दा बढी...
सभापति सर्वसम्मत, विशेष महाधिवेशनको अध्यक्षता गर्ने चाहिँ पराजित

सभापति सर्वसम्मत, विशेष महाधिवेशनको अध्यक्षता गर्ने चाहिँ पराजित

कांग्रेस सभापति गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि बने । उनी आफै वडा र क्षेत्रमा पुगेर उम्मेदवारी दर्ता गराएका थिए ।
कांग्रेसले दिँदैछ ४४ हजार युवालाई जिम्मेवारी

कांग्रेसले दिँदैछ ४४ हजार युवालाई जिम्मेवारी

सामान्यतया, कांग्रेसलाई बूढाहरुको पार्टी भनेर चित्रण गरिन्छ । यसको कारण हो– केन्द्रदेखि तल्लो तहसम्मको नेतृत्वमा पाको उमेरका नेताहरु रहनु ।
अर्थमन्त्री वाग्ले दुई दिने भ्रमणका लागि अमेरिका प्रस्थान

अर्थमन्त्री वाग्ले दुई दिने भ्रमणका लागि अमेरिका प्रस्थान

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दुई दिने भ्रमणका लागि शुक्रबार राति अमेरिका प्रस्थान गरेका छन्।