नेभिगेशन
फुटबल
फिफा विश्वकप २०२६

विश्वकपमा 'रेड कार्ड'का 'रोचक रेकर्ड'

फिफा विश्वकप २०२६ एउटा कारण चर्चामा सधै रहिरहनेछ । कारण मुख छोपेर बोलेकै भरमा ‘रेड कार्ड’ ।  फिफाले क्यानडा, मेक्सिको र अमेरिकाले संयुक्त रुपमा आयोजना गरेको २३औं संस्करणको विश्वकपबाट यो निर्णय कार्यान्वयन गरेको छ ।  

यसअघि मुख छोपेर बोल्न पाउने नियम थियो । तर, विपक्षी खेलाडीलाई मुख छोपेर अपशब्द बोल्ने, मैदानमै अत्याधिक लफडा हुने, जसका कारण खेलमा समेत बाधा पुग्ने र केही समय खेल नै रोकिने अवस्था सिर्जना भएपछि फिफाले यो मापदण्ड तयार पारेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

फिफाको यो नियम लागु भएसँगै खेलाडीले मुख छोपेर विपक्षीसँग लफडा या कानेखुसी गर्न छाडेका छन् । विपक्षी खेलाडीले मुख छोपेर गाली गरेको रेफ्रीले नदेख्न नि सक्छन् । तर, उजुरी परे तत्काल भिडियो सहायक रेफ्री ९भिएआर०को सहायताले त्यस्ता खेलाडीलाई मुख्य रेफ्रीले दण्डित गर्नेछन् । अर्थात सिधै रातो कार्ड देखाउने छन् । 

Ncell
Extreme Energy

रातो कार्ड खानु भनेको सम्बन्धित खेलाडीले खेलिरहेको खेल खेल्न पाउँदैनन् । तत्काल मैदान छाड्नुपर्ने हुन्छ । त्यति मात्रै हैन, उनी आगामी एक खेलको लागि निलम्बनमा पनि पर्नेछन् । 

चलिरहेको विश्वकपमा दुई खेलाडी यही नियममा फसेका छन् । नियम उल्लंघन गर्दा पाराग्वेका मिगुएल अल्मिरोन र इक्वेडरका पियरो हिन्कापिएले सिधै रातो कार्ड सामना गरेका हुन् । 

यो नियम लागु भएपछि पहिलो पटक कारबाहीमा पर्ने खेलाडी बने पाराग्वेका मिगुएल अल्मिरोन । उनलाई टकीविरुद्धको समूह चरणको खेलमा रातो कार्ड देखाइएको थियो । मौसमा कारण खेल केही घण्टा पछि सुरु भएको थियो । तर, अल्मिरोनले पहिलो हाफको इन्जुरी समयमा विपक्षीविरुद्ध मुख छोपेर बोलेपछि साल्भाडोरका रेफ्री इभान बार्टोनले सिधै रातो कार्ड देखाएका हुन् । 

इक्वेडरका पियरो हिन्कापिए रातो कार्ड पाउने दोस्रो खेलाडी हुन् । सह–आयोजक मेक्सिकोविरुद्धको अन्तिम १६ को प्रतिपर्धामा उनले मुख छापेर गाली गरेका थिए । त्यसपछि मेक्सिकन खेलाडीले तत्काल फिफा रेफ्रीलाई जुरी गरे । सोही आधारमा हिन्कापिएले रातो कार्ड सामना गर्नुपर्यो । 


यी त भए नयाँ नियमआएपछि रातो कार्ड बेहोर्ने दुई खेलाडी । 

२३औं संस्करणको विश्वकप सूरु भएपछि रातो कार्ड खानेको संख्या भने ह्यात्तै बढेको छ । यसपटक फिफा रेफ्रीले १२ रातो कार्ड देखाइसकेका छन् । १२औं रातो कार्ड पाउने खेलाडी बनेका छन्, अमेरिकाका स्ट्राइकर फोलारिन बालोगुन । उनले बोस्निया एण्ड हर्जगोभिनाविरुद्ध २–० को जित निकाल्दा एक गोल समेत गरेका थिए । 

पहिलो पटक तीन आयोजक, ४८ राष्ट्र, १६ शहर, १०४ खेल, १२४८ खेलाडी र ३९ दिनका कारण यो विश्वकपमा सुरुहुनअघि नै धेरै कीर्तिमान बनिसकेका छन् । 

अर्को कीर्तिमान बने यो विश्वकपले सुरुको खेलमै बनायो । पहिलो खेलमै तीन खेलाडीले रातो कार्ड पाए । उद्घाटन खेलमा ब्राजिलका रेफ्री विल्टन साम्पाइओले दक्षिण अफ्रिकाका स्फेफेलो सिथोल, थेम्बा ज्वान र मेक्सिकोका सेजर मोन्टेजलाई रातो कार्ड देखाएका हुन् । यही खेलपछि यो विश्वकपमा धेरै भन्दा धेरै रातो कार्ड देखिने अनुमान गरिएको थियो । 

किन भने यसअघि सन् २०२८ र सन् २०२२ मा मात्र चार–चार रातो कार्ड देखाइएको थियो । यसपटक पहिलो खेलमै तीन रातो कार्ड प्रयोग भयो । 

यसपटक सन् २०१४ को भन्दा पनि बढी कार्ड सो भइसकेका छन् । त्यति बेला प्रतियोगिता भर मात्र कूल १० रातो कार्ड देखाइएको थियो । सन् २०१० मा भने १७ रातो कार्ड देखाएको छ । अब, यो विश्वकप सन् २०१० को रेकर्ड तोड्नतर्फ बढेको छ । 

सन् २००६ मा भने कूल २८ रातो कार्ड देखाएको थियो । यो अहिलेसम्म विश्वकप सबैभन्दा धेरै रातो कार्ड देखाइएको संस्करण हो । सन् १९९८ मा २२ कार्ड देखाउँदा सन् २००२ मा जापान र दक्षिण कोरिया तथा सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपमा समान १७ कार्ड देखाइएको थियो । 

सबैभन्दा कम भने पहिलो विश्वकप १९३० र दोस्रो सन् १९२३ मात्र एक रातो कार्ड देखाइएको थियो । 

त्यस्तै, सन् १९७८ मा अर्जेन्टिना, सन् १९५८ मा स्विडेन र सन् १९५४ स्विजरल्यान्डमा भएको विश्वकपमा मात्र समान तीन रातो कार्ड देखाइएको छ । 

२३औं संस्करणमा जापान र ट्युनिसियाको प्रतिस्पर्धासँगै फिफा विश्वकपमा एक हजार खेल पनि पूरा भयो ।  १ हजार खेल पूरा हुँदा यो विश्वकपमा १२ गरी कूल अहिलेसम्म १८९ रातो कार्ड देखाइएको छ । 

फिफा विश्वकपमा पहिलो रातो कार्ड भने पेरुका प्लासिडो गालिन्डोलाई देखाइएको थियो । खेल थियो रोमानियाविरुद्ध । सन् १९३० को विश्वकपमा देखाइएको यो नै पहिलो रातो कार्ड हो । तर, त्यो बेला कार्डहरु व्यवस्थित थिएनन् । अर्थात त्यसको मान्यता अहिले जस्ता हुने थिएनन् । 

सन् १९७४ मा चिलीका कार्लोस कास्जेलीलाई रातो कार्ड देखाइयो । त्यसपछि मात्रै निलम्बनसँगै मैदान छाड्नुपर्ने नियम लागु गरियो । 

यस्तै, फिफा विश्वकपमा सबैभन्दा चाडो रातो कार्ड पाउने खेलाडी उरुग्वेका जस बाटिस्टा हुन् । सन् १९८६ मा स्कटल्याण्डविरुद्ध उनले खेल सुरु भएको ५६ सेकेन्डमै रातो कार्ड सामना गरेका थिए ।  

सबैभन्दा कम उमेरमा रातो कार्ड पाउने खेलाडी हेन्री मिचेल हुन् । क्यानरुनका यी खेलाडीले १७ वर्ष ३५८ दिनमै रातो कार्ड पाएका थिए । 

विश्वकपको सबैभन्दा ‘फेमस रेड कार्ड’ भने फ्रान्सका जिनेदिने जिदानले बेहोरेका छन् । प्रशंग हो सन् २००६ को फाइनल खेल । मैदानमा थिए, फ्रान्स र इटाली । जिदानकै गोलबाट सातौं मिनेटमै फ्रान्सले अग्रता बनायो । इटालीले १९औं मिनेटमा बराबरी गोल फर्कायो । खेल निर्धारित समय हुँदै अतिरिक्त समयमा पुग्यो । ६९ हजार समर्थकमाझ खेलिरहेको खेलमा उपाधि जित्न दुबै टोलीले प्राविधिक र शारीरिक रुपमा तयार थिए । मैदानमा खेलाडीबीच आक्रोस नहुने कुरै भएन । 

यतिकैमा फ्रान्सका जिदानले आक्रमक रुप लिए । जिदानले इटालीका मार्को मातेराजीको छातीमा टाउकोले ९हेडबट० ले प्रहार गरे । लगत्तै रेफ्रीले जिदानलाई रातो कार्ड देखाए । पेनाल्टीमा पुगेको खेलमा फ्रान्स इटालीसँग हार्न पुग्यो । यो प्रतियोगिता नै जिदानको लागि करियरको अन्तिम खेल बन्यो । यो प्रसंगले सधै जिदानलाई टाउको दुखाउने गरेको छ । 

सन् १९९० देखि सन् २०१० सम्मको फाइनलमा मात्रै कूल पाँच रातो कार्ड देखाइएको छ । विश्वकप इतिहासमा ब्राजिल सबैभन्दा धेरै ११ रातो कार्ड बेहोर्ने टिम बनेको छ । त्यस्तै अर्जेन्टिना १० रातो कार्डसहित दोस्रो स्थानमा छ । क्यामरुन र उरुग्वेले समान ९ रातो कार्ड पाएका थिए । 

विश्वकपको एकै खेलमा एकै पटक चार रातो कार्ड देखिएको छ । सन् २००६ मा भएको विश्वकपमा पोर्चुगल र नेदरल्यान्ड्स भिडेका थिए । जुन खेलमा चार रातो कार्ड देखाइएको थियो । त्यस्तै, तीन रातो कार्ड पछिल्लो खेलमा मेक्सिको र दक्षिण अफ्रिकाको खेलसँगै छैटौं पटक देखाइएको हो । यसअघि ब्राजिल र चेकोस्लोभाकिया भिड्दा सन् १९३८ मा पहिलो पटक तीन रातो कार्ड देखाएको थियो ।

विश्वकपको इतिहासमा समकालिन दुई स्टार अर्जेन्टिनाका लियोनल मेसी र पोर्चुगलका क्रिष्टियानो रोनाल्डोले भने रातो कार्ड बेहोर्नु परेको छैन । मेसी र रोनाल्डो दुबै सन् २००६ देखि लगातार छैटौं पटक विश्वकप खेलिरहेका छन् । २९ खेल खेलिसकेका मेसी त सबैभन्दा धेरै १९ गोल गर्न सफल भएका छन् । यस्तै, २५ खेल खेलेका पोर्चुगलका रोनाल्डोले १० गोल गरेका छन् । 

अर्जेन्टिनालाई पछिल्लो संस्करण विश्वकप च्याम्पियन बनाएका मेसीले करियरमा एक हजार माथि खेल खेल्दा मात्र तीन रातो कार्ड बेहोरेका छन् । पहेँलो कार्ड भने एक सय पुगिसकेको छ । मेसीले राष्ट्रबाट दुई तथा बार्सिलोनाबाट खेल्दा एक रातो कार्ड सामना गरेका हुन् । रातो कार्ड भने अर्जेन्टिनाबाट सन् २००५ मा पहिलो पटक भेटे । जुन हंगेरीविरुद्धको आफ्नो डेब्यु खेल थियो । दोस्रो रातो कार्ड सन् २०१९ मा चिलीविरुद्ध पाए । कोपा अमेरिकाको तेस्रो स्थानको प्रतिस्पर्धामा मेसी रातो कार्ड पाउँदै मैदान छाड्न बाध्य भएका थिए । यस्तै, क्लबस्तरमा बार्सिलोनाबाट सन् २०२१ मा मात्रै एक पटक बेहोरेका हुन् । यता, आठ पटक बालोन डि ओर विजेता मेसीले बार्सिलोनासहित पेरिस सेन्ट जर्मेन ९पिएसजी० इन्टर मियामी तथा अर्जेन्टिनाबाट एक सय रातो कार्ड पाइसकेका छन् । 

पोर्चुगलका कप्तान रोनाल्डोले अहिलेसम्म १४ रातो कार्ड पाएका छन् । जसमा पोर्चुगलको सिनियर र जुनियर गरी दुई वटा रहेको छ । उनले पोर्चुगलको यु–१७ टिमबाट फ्रान्सविरुद्ध खेल्न करियरकै पहिलो रातो कार्ड पाएका थिए । सिनियर टिमबाट आयरल्यान्डविरुद्ध सन् २०२५ मा २–० ले पराजित हुँदा रातो कार्ड पाएका हुन् । क्लबमा भने १३ रातो कार्ड सामना गरेका छन् । चार म्यानचेष्टर युनाइेटड, ६ रियाल मड्रिङ र एक युभेन्ट्स तथा अल नासरमा रहेको छ । रोनाल्डोले पहेँलो कार्ड भने १६० माथि पाइसकेका छन् । 

यता, करियरकै कुरा गर्ने हो भने सबैभन्दा धेरै रातो कार्ड पाउने खेलाडी कम्बोडियाका मिडफिल्डर जेरार्डो बेडोया हुन् । उनले ४६ रातो कार्ड बेहोरेका छन् । स्पेन तथा रियाल मड्रिडका डिफेन्डर सर्जियो रामोसले २८ रेड कार्ड पाएका छन् । जसमा उनले स्पेनिस लालिगा मै कीर्तिमानी २० कार्ड पाएका हुन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप फुटबल
कांग्रेस १५औं महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक, भदौ २४ देखि वडा अधिवेशन

कांग्रेस १५औं महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक, भदौ २४ देखि वडा अधिवेशन

यी सबै तहको अधिवेशन सम्पन्न भएपछि असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन आयोजना हुनेछ । निर्वाचन समितिले अधिवेशनको तयारीसँगै निर्वाचन प्रतिनिधि र अधिकृतलाई प्रशिक्षण दिने कार्यतालिका...
अपडेटः हेटौंडामा खोलाले बगाएका १ बालिकाको मृत्यु, १ जना आफैँ खोलाबाट निस्कन सफल, २ को खोजी जारी

अपडेटः हेटौंडामा खोलाले बगाएका १ बालिकाको मृत्यु, १ जना आफैँ खोलाबाट निस्कन सफल, २ को खोजी जारी

त्यस्तै, १३ वर्षीया सिमा भोलन आफैं खोलाबाट निस्कन सफल भएकी छन् । उनलाई सामान्य चोट लागेको र उपचारका लागि हेटौंडा अस्पताल लगिएको छ ।
रास्वपाले केन्द्रीय सदस्यदेखि विभागीय प्रमुखसम्म मनोनयन गर्दै

रास्वपाले केन्द्रीय सदस्यदेखि विभागीय प्रमुखसम्म मनोनयन गर्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठकमा विभिन्न सांगठनिक पदमा मनोनयनदेखि स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोटको रूपरेखासम्मका विषयमा छलफल गर्ने भएको छ ।
रेडक्रसको जग्गा खरिदमा अनियमितता आरोपमा पाँच जना परे पक्राउ

रेडक्रसको जग्गा खरिदमा अनियमितता आरोपमा पाँच जना परे पक्राउ

नेपाल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता तथा ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पाँच जनालाई पक्राउ गरेको छ ।