नेभिगेशन
नेताका कुरा

महावीर पुनले बालेनलाई किन बुझाएनन् कार्यप्रगति विवरण ?

काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले प्रधानमन्त्री बालेन्द्र शाहलाई कार्यप्रगति विवरण नबुझाएको खुलेको छ ।

सरकारको सय दिन पुगेको अवसरमा सबै मन्त्रालयले भएगरेका कार्यप्रगति विवरण बुझाउँदा मन्त्री पुनले भने नबुझाएका हुन् । विज्ञान मन्त्रालय ३० वैशाखमा स्थापना भएको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्री पुनले असार मसान्तमा प्रधानमन्त्री शाहलाई प्रगति विवरण बुझाउने बताए । 'धेरै काम भएको छैन । प्रधानमन्त्रीलाई पनि थाहा छ । किनभने केही पनि भएको छैन । जिरोबाट सुरु गर्नुपर्नेछ । ऐन नबनेसम्म अझै तीन चार महिना केही काम सुरूवात गर्न सक्दैनौं । तर, त्यो बेलामा हामी भविष्यमा के गर्छौं भनेर योजना ठिक पारेर राख्छौं । त्यसपछि भटाभट रातारात एक द्रुत गतिमा काम गर्छौ । काम गराइ द्रुत गतिमा हुनेछ । रफ्तारमा हुन्छ,' उनले भने, 'मैले यो मन्त्रालयमा के गर्नुपर्नेछ भनेर पहिले नै प्रधानमन्त्रीलाई ब्रिफ गरिसकेको छु । त्यहीअनुसार नै अगाडि बढ्छु ।'

Ncell
Extreme Energy

मन्त्रीले मन्त्रालय चलाउन १२ वटा ऐन आवश्यक रहेको बताए । 'यस वर्ष चारवटा ऐन बनाउन प्रधानमन्त्रीलाई रिपोर्टिङ गरेको छु । अर्कोतिर मन्त्रालयको सचिव रिटायर्ड भएको छ । नयाँ सचिव खोज्दै छौं । योग्य पठाइदिनु भनेको छु,' उनले भने ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
भेडाच्याङ्ग्रा बेच्न ३६ दिनको पैदल यात्रा

भेडाच्याङ्ग्रा बेच्न ३६ दिनको पैदल यात्रा

दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार जना किसान ३६ दिनको कष्टकर यात्रापछि शुक्रबार साँझ म्याग्दीको गलेश्वर आइपुगे।
परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबीच के भयो कुराकानी ?

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबीच के भयो कुराकानी ?

परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता भएको छ ।
कांग्रेस सभापतिमा गगन थापा विजयी, पाए ९३.८८ प्रतिशत मत

कांग्रेस सभापतिमा गगन थापा विजयी, पाए ९३.८८ प्रतिशत मत

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्।

भर्खरै