नेभिगेशन
फुटबल

अभागी नेयमारः पेलेको रेकर्ड तोडे, तर जिताउन सकेनन् विश्वकप, अन्त्यमा लिए सन्यास

काठमाडौँ । लामो समयदेखि चोट, लगातार खराब प्रदर्शनपछि मैदानमा लय समात्न खोजेको दुई सातामै ब्राजिलका सुपरस्टार नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । लगातार विश्वकपमा असफल भएपछि नेयमारले हार मान्दै यो निर्णय लिएका हुन् । 

३४ वर्षीय नेयमारलाई घाइते हुँदा पनि इटालियन प्रशिक्षक कार्लाे एन्सोलोटीले २३ औं संस्करणको विश्वकपको लागि टिममा लिने निर्णय लिएका थिए । एन्सोलोटीले अनुभवी खेलाडी महत्त्वपूर्ण खेलमा काम लाग्ने सोचले टिममा समेटेका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नर्वेविरुद्ध २–१ ले हार्दा नेयमार ६७ मिनेटमा मैदान प्रवेश गरेका थिए । उनले इन्जुरी समयमा पेनाल्टीमा एक गोल पनि गरे । तर, त्यतिबेलासम्म ब्राजिल नर्वेसँग २–० ले पछि परिसकेको थियो । दुई वर्षपछि कमब्याक गर्दा गोल त गरे, तर टिमलाई हारबाट जोगाउन सकेनन् । सन् २००२ मा विश्वकप जितेको ब्राजिल त्यसपछि लगातार कमजोर प्रदर्शन गर्दैजाँदा यसपटक त अन्तिम १६ बाट माथि पनि बढ्न सकेन । घर फर्कियो ।

Ncell
Extreme Energy

अन्ततः लामो समय लगातार चोटसँग संघर्ष गरिरहेका नेयमारले यो यात्रा अगाडि नबढाउने निर्णय लिए । उमेर नै हेर्ने हो भने बल्ल ३४ वर्ष पुगे नेयमार, अहिले ४१ वर्षका क्रिष्टियानो रोनाल्डो र ३९ वर्षीय लियोनल मेसीले विश्वकप खेलिरहेका छन् । 
नेयमारले पनि थप २०३० को विश्वकप खेल्न सक्थे । तर, लगातार घाइते हुनु र व्यवसायिक करियरमा समेत लगातार धक्का लाग्न थालेपछि नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट आफ्नो बुटलाई विश्राम दिएका छन् । 

नेयमारले आफ्नो अन्तर्राष्ट्रय डेब्यु जुन मैदानबाट गरेका थिए, अमेरिकाको त्यही मेटलाइफ मैदानबाटै अन्तर्राष्ट्रिय खेल नखेल्ने निर्णय लिए । ‘मैले प्रयास गरेँ । तर, सकिन,’ खेलपछि नेयमारले भावुक हुँदै भने, ‘यहीँबाट सुरु गरेको थिएँ, यहीँबाट अन्त्य पनि गरँे ।’

पराजित भएपछि नेयमारले आशु थाम्न सकेनन् । मैदानमै केही समय रोकिए । 

सन् २०१० अगष्ट १० मा यही मैदानबाट नेयमारले घरेलु टोली अमेरिकाविरुद्ध डेब्यु गरेका थिए । त्यसयता नेयमार ब्राजिलको लागि सर्वाधिक गोलकर्ता समेत हुन् । उनले १३० खेलमा ८० गोल गरिसकेका छन् । त्यस्तै  ५८ असिष्ट गरेका छन् । यसक्रममा उनले ब्राजिलका सर्वकालिन महान खेलाडी पेलेको कीर्तिमान समेत तोडेका थिए । 

नेयमार राष्ट्रिय टिमबाट डेब्यु गर्दा मात्र १८ वर्षका थिए । लगातार विश्व फुटबलमा सानदार प्रदर्शन गरेपछि नेयमारलाई ब्राजिलको भविष्यको रुपमा हेरिएको थियो । पेलेको उत्तराधिकारी मानिएको थियो । ब्राजिलले  सन् २००२ सम्म पाँच पटक विश्वकप जितिसकेको थियो । नेयमारले छैटौं पु¥याउँछन् भन्ने धेरैैले आशा गरेका थिए । तर, उनी खेल्दा सन् २०१४ मा चौथो हुनुबाहेक उपलब्धी हासिल गरेका गर्न सकेनन् ।  

सन् २०१६ को ओलम्पिकमा भने नेयमारले ब्राजिललाई  गोल्ड मेडल जिताए । 

नेयमार सम्मिलित ब्राजिल सन् २००२ मा पाँचौं पटक विश्वकप जितेपछि सधैँ युरोपेली राष्ट्रविरुद्ध कमजोर सावित हुँदै गयो । 

सन् २००६ मा जर्मनीमा भएको विश्वकपमा ब्राजिलले क्वाटरफाइनलसम्मको मात्रै यात्रा तय गर्यो । त्यतिबेला ब्राजिल ग्रुप एफमा थियो । समूहचरणको तीन खेल नै जितेर टप गरेको थियो । उक्त ग्रुपमा क्रोसिया, अष्ट्रेलिया र जापान थिए । राउण्ड अफ १६ मा घानालाई ३–० ले हराएर क्वाटरफाइनल पुगेको थियो । त्यसपछिको यात्रामा चम्किरहेका जिनेदिन जिदान रहेको फ्रान्ससँग १–० ले पराजित भएर घर फर्कियो । 

सन् २०१० को विश्वकपको समूह जी मा तीन मध्ये दुई खेल जितेर समूह विजेता बन्यो । अन्तिम १६ मा चिलीलाई ३–० ले हराउँदा क्वार्टरफाइनलमा भने नेदरल्यान्ड्ससँग २–१ ले पराजित हुँदै बाहिरियो । 

सन् २०१४ मा आफूले आयोजना गरेको विश्वकपमा पनि ब्राजिल नै उपाधि जित्ने अनुमान गरिएको थियो । त्यसपटक पनि समूह विजेता बन्दै नकआउटमा पुग्यो । राउण्ड १६ मा चिलीलाई हरायो । क्वार्टरफाइनलमा कोलम्बियालाई पनि २–१ ले हराएको थियो । तर, सेमिफाइनलमा भने जर्मनीसँग ७–१ को लज्जास्पद हार बेहोर्न पुग्यो । तेस्रो स्थानको प्रतिस्पर्धामा समेत नेदरल्यान्ड्सँग फेरि ३–० ले चुक्यो । 

सन् २०१८ मा भएको विश्वकपमा पनि ब्राजिलले सोचेको जस्तो प्रदर्शन गर्न सकेन । समूह इ मा कोष्टारिका र सर्वियालाई हराउँदा स्विजरल्यान्डससँग बराबरी खेल्यो । नकआउटको पहिलो खेलमा मेक्सिकोलाई २–० ले हराउँदा क्वार्टरफाइनलमा भने फेरी युरोपेली राष्ट्र बेल्जियमसँग २–१ ले निराश हुन पुग्यो । 

सन् २०२२ को विश्वकपमा अमेरिकी टिम अर्जेन्टिना तेस्रो पटकको लागि च्याम्पियन बन्यो । ब्राजिल फेरि क्वार्टरफाइनलमै अड्कियो । यसपटक पनि युरोपेली राष्ट्र क्रोएसियासँग पेनाल्टी सुटआउटमा अभागी बन्यो । निर्धारित समयको खेल १–१ को बराबरी खेल्दा पेनाल्टीमा भने ४–२ ले स्तब्ध बन्यो । 

अमेरिका, मेक्सिको र क्यानाडाले आयोजना गरेको यो विश्वकपमा नेयमारले घाइते हुँदाको बाबजुद दुई खेल खेले । स्कटल्यान्डविरुद्ध ७६ मिनेटमा मैदान प्रवेश गरेका थिए । दुई वर्षपछिको कमब्याक खेलमा गोल गर्न सकेनन् । नर्वेविरुद्ध ६७ मिनेटमा मैदान छिरे र एक गोल गरे । यो गोलसँगै नेयमारले विश्वकपको १५ खेलमा गोलसंख्या ९ पु¥याएका छन् । 

मेसीसँग खेल्दा करियरकै उच्च लयमा

नेयमारले आफ्नो व्यवसायिक करियर भने ब्राजिलको सान्तोषबाट सुरु गरेका थिए । उनले सान्तोषबाट सन् २००९ देखि २०१३ खेले । त्यसक्रममा १७९ खेल खेले र १०७ गोल गर्न सफल भएका थिए । 

उच्च लयमा देखेपछि स्पेनिस महारथी बार्सिलोनाको नजर नेयमारमा प¥यो । बार्सिलोनाले लियोनल मेसी र लुइस स्वारेजको जोडीको रुपमा नेयमारलाई भित्र्यायो । पाँच वर्ष बार्सिलोनाबाट खेले । मेसी, स्वारेज र नेयमारको जोडी एमएसएन भनेर परिचित रह्यो । बार्सिलोनामा रहँदा कूल १८६ खेल खेले र १०५ गोल गरे । 

बार्सिलोनामा रहँदा उनले नजितेको उपाधि नै रहेन । युरोपकै चर्चित च्याम्पियन्स लिग देखि फिफा क्लब विश्वकप, ला लिगा, स्पेनिस सुपर कप, कोपा डेल रे लगायत धेरै उपाधि जिते । सन् २०११ मा  बार्सिलोनाले एमएसएनको अविस्मरणीय प्रदर्शनपछि ‘ट्रिवल’ नै जित्यो । 

बार्सिलोनामा पनि सानदार प्रदर्शन गरेपछि उनलाई कतारी मालिक रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी)ले माटो रकम खर्चेर अनुबन्ध ग¥यो । सन् २०१७ मा पिएसजीले खरिद गर्दा नेयमार सर्वाधिक महँगो खेलाडी बनेका थिए । उनलाई पिएसजीले कीर्तिमानी युरो २२२ मिलियन खर्चेको थियो । 

तर, उनी पिएसजी पुगेपछि लगातार चोट बोक्न थाले । लगातार घाइते भए । फ्रेन्च लिगबाहेक ठूलो उपाधि जिताउनै सकेनन् । अन्ततः लगातार घाइते र बेन्चमै थन्किन परेपछि सन् २०२३ देखि पिएसजीबाट पनि बिदा लिए । 

उनको यात्रा अब भने ओरालो लाग्यो । साउदी क्लब अल हिलाल अनुबन्ध भए । सुरुको सिजनमै ठूलो चोट बोके । दुई वर्षमात्रै त्यहाँ बिताए । लगातार घाइते भएपछि ब्राजिलको टिममा पनि स्थान बनाउन सकेनन् । त्यसपछि सन् २०२५ मा सान्तोष आएका हुन् । र यसपटक विश्वकपमा कमब्याक गर्न सफल भएका थिए ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप फुटबल
सुरु भयो मन्त्रिपरिषद् बैठक

सुरु भयो मन्त्रिपरिषद् बैठक

आजको बैठकमा मिटरब्याज पीडितहरुको समस्याको सम्बोधन लगायत नियमित कार्यसूचीमाथि छलफल हुने एक मन्त्रीले बताए ।
विपद् जोखिम न्यूनीकरण प्रभावकारी बनाउन सभामुख अर्यालद्वारा सरकारलाई रुलिङ

विपद् जोखिम न्यूनीकरण प्रभावकारी बनाउन सभामुख अर्यालद्वारा सरकारलाई रुलिङ

सभामुख अर्यालले मनसुनजन्य विपद्का कारण हुनसक्ने मानवीय एवं भौतिक क्षति न्यूनीकरणका लागि प्रभावकारी विपद् पूर्वतयारी राहत तथा उद्धार एवं सहज र सुरक्षित सवारी आवागमनको व्यवस्था मिलाउन सरकारलाई रुलिङ...
संसद्‍मा प्रधानमन्त्री बालेनको ‘सरप्राइज इन्ट्री’

संसद्‍मा प्रधानमन्त्री बालेनको ‘सरप्राइज इन्ट्री’

त्यतिबेला जस्तै आज पनि प्रधानमन्त्रीले बोल्ने हुन् कि अनुमान गरिनु नौलो होइन । ‘प्रधानमन्त्रीले आज पनि हात उठाएर बोल्न समय माग्नुहुन्छ कि भन्ने लागेको थियो’ एक सांसदले भने,...
होल्डिङ सेन्टरका सुकुम्बासी मानवअधिकार आयोगमा (तस्बिरहरु)

होल्डिङ सेन्टरका सुकुम्बासी मानवअधिकार आयोगमा (तस्बिरहरु)

भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारको तर्फबाट दल मर्दन कामी, पर्मिला राई, झवरलाल उराँव, कल्पना थापा, निरकुमार मगर, रामकुमारी राई, कमला उराँव र गोपाल माझीलगायतको प्रतिनिधिमण्डलले राष्ट्रिय मानवअधिकार...