नेभिगेशन
पूर्वाधार

९५ प्रतिशत काम सकिएपछि यस्ताे देखियाे साँगाकाे अन्डरपास

काठमाडाैँ । पूर्वी नेपालबाट काठमाडौं उपत्यका भित्रिने प्रमुख नाका साँगामा निर्माणाधीन अन्डरपासको भौतिक प्रगति करिब ९५ प्रतिशत पुगेकाे आयाेजनाले दाबी गरेकाे छ। 

आयाेजनाका अनुसार मुख्य संरचना र पहुँचमार्ग (एप्रोच सडक) निर्माणको काम पूर्ण रूपमा सकिएकाे छ ।
 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

IMG-20260706-WA0510-1783395445.jpg

Ncell
Extreme Energy

अरनिको राजमार्ग अन्तर्गतको सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजनाकै सबैभन्दा महत्त्वपूर्ण र आकर्षक हिस्सा मानिएको यो आधुनिक संरचनाले विगतमा यात्रीहरूले भोग्दै आएको सास्तीलाई कम गर्ने आशा गरिएकाे छ । 

याे बनेपातर्फ १९० मिटर र भक्तपुरतर्फ ९०० मिटरको 'एप्रोच सडक'  सहित अन्डरपास  १ हजार १ सय १० मिटर लामाे छ । 

मुख्य अन्डरपास १८ मिटर लामो छ, जसको उचाइ ६ मिटर र चौडाइ साढे १० मिटर रहेको आयाेजनाले जनाएकाे छ ।

अहिले पहिलो चरणको कालोपत्रे सम्पन्न भइसकेको छ भने यतिबेला साइड रिटेनिङ वाल लगाउने र अन्तिम चरणको कालोपत्रे गर्ने काम  भइरहेको छ।

यो आयोजना पूर्ण रूपमा सम्पन्न भएपछि काठमाडौं र भक्तपुरतर्फबाट बनेपातर्फ जाने सवारीसाधनहरू अन्डरपास भएर गुड्नेछन् भने बनेपातर्फबाट काठमाडौं भित्रिने गाडीहरूले माथिल्लो सडक प्रयोग गर्नेछन्।

पहिलो खण्डको तुलनामा साँगादेखि धुलिखेलसम्मको सडक निर्माणको काम निकै द्रुत गतिमा अगाडि बढेको छ। आयोजनाको दोस्रोपटक म्याद थप गरी निर्माण अवधि २०८३ फागुन मसान्तसम्म पुर्‍याइएको छ।

IMG-20260706-WA0492-1783395435.jpg

IMG-20260706-WA0496-1783395438.jpg

IMG-20260706-WA0482-1783395432.jpg

IMG-20260706-WA0476-1783395428.jpg

IMG-20260706-WA0488-1783395435.jpg

IMG-20260706-WA0516-1783395445.jpg

IMG-20260706-WA0434-1783395419.jpg

IMG-20260706-WA0412-1783395417.jpg

IMG-20260706-WA0407-1783395415.jpg

IMG-20260706-WA0427-1783395419.jpg

IMG-20260706-WA0392-1783395414.jpg

IMG-20260706-WA0399-1783395414.jpg

IMG-20260706-WA0452-1783395424.jpg

IMG-20260706-WA0506-1783395442.jpg

IMG-20260706-WA0498-1783395442.jpg

IMG-20260706-WA0448-1783395424.jpg

IMG-20260706-WA0436-1783395421.jpg

IMG-20260706-WA0416-1783395417.jpg

IMG-20260706-WA0401-1783395415.jpg

IMG-20260706-WA0399-1783395414.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप पूर्वाधार
अब हरेक मन्त्रालयको आफ्नै विशेषज्ञ कर्मचारी हुने, अन्तर मन्त्रालय सरुवा रोकिने

अब हरेक मन्त्रालयको आफ्नै विशेषज्ञ कर्मचारी हुने, अन्तर मन्त्रालय सरुवा रोकिने

सरकारले अब हरेक मन्त्रालयको आफ्नै विशेषज्ञ कर्मचारी प्रणाली विकास गर्ने भएको छ ।
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सहभागी भई स्वदेश फर्किएका छन् ।
महाकाली नदीमाथिको झोलुङ्गे पुल भाँचियो

महाकाली नदीमाथिको झोलुङ्गे पुल भाँचियो

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ मा महाकाली नदीमाथिको झोलुङ्गे पुल भाँचिएपछि आवतजावत अवरुद्ध भएको छ।
भोटेकोशी बाढीले ४३० मेगावाट विद्युत प्रभावित : काठमाडौँको हिउँदे माग व्यवस्थापनमा जुट्यो सरकार

भोटेकोशी बाढीले ४३० मेगावाट विद्युत प्रभावित : काठमाडौँको हिउँदे माग व्यवस्थापनमा जुट्यो सरकार

यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका कारण निसीखोला र तमानखोला बढी प्रभावित भएको छ ।