नेभिगेशन
समाज

लेखा समितिमा बेरुजु छलफल उपसमिति गठनको विषयमा सत्तापक्ष र विपक्षी सांसदहरुबीच विवाद

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा बेरुजु छलफल उपसमिति गठनका सम्बन्धमा विवाद भएको छ ।सिंहदरबारमा मंगलबार बसेको समिति बैठकमा उपसमितिको संयोजक र सदस्यमा रहने विषयमा सत्तापक्ष र प्रतिपक्षी सांसदहरुबीच विवाद भएको हो ।

बैठकमा रास्वपाका सांसदहरुले लेखा समितिको सभापति विपक्षी दलबाट रहेको अवस्थामा उपसमितिको संयोजक सत्तापक्षलाई दिनुपर्ने धारणा राखेका थिए भने प्रतिपक्षी दलका सांसदहरुले आफुहरुले सम्मानजनक भूमिका पाउनुपर्ने धारणा राखेका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

समिति सदस्य खगेन्द्र सुनारले अल्पमतको मुनी रहेर बहुमतले काम गर्न नसक्ने बताए । उनले समितिको नेतृत्व प्रतिपक्षीले पाएको अवस्थामा उपसमितिको संयोजक सत्तापक्षलाई दिनुपर्ने अडान राखे । 

Ncell
Extreme Energy

बैठकमा नेकपा सांसद महेन्द्र बहादुर शाहीले उपसमिति संयोजन छान्न अल्पमत वा बहुमतको प्रावधान भन्दा समावेशी तवरले समझदारी गरेर अघि बढ्नुपर्ने सुझाव दिए । रास्वपा सांसद खुस्बु ओलीले उपसमितिमा सम्मानजनक उपस्थिति हुनुपर्ने भन्दै कुनै प्रकारको विभेद स्वीकार्य नहुने धारणा राखिन् । 

उपसमिति संयोजकको विषयमा टुङ्गो नलागेपछि समिति सभापति भरत बहादुर खड्काले अर्को सूचना जारी नहुदासम्मका लागि बैठक स्थगित गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल पदबाट बर्खास्त

सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल पदबाट बर्खास्त

विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर उल्लंघन गरेको, बराबर अनुशासनहीन काम गरेको र नेपाल सरकार वा आफू कार्यरत संगठनको मान...
करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

प्रोत्साहन कार्यक्रममार्फत बिल लिने संस्कार विकास भएसँगै व्यापारीहरू बिल जारी गर्न हिचकिचाएको भन्ने गुनासो आएको भन्दै उनले उनीहरूलाई पनि प्रोत्साहन गर्न जरुरी रहेको बताए । "बिल लिनुपर्छ भन्ने...
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

उक्त क्षेत्रको नापजाँच कार्य २०६९।७० सालमै सम्पन्न भएको थियो। तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण...

भर्खरै