नेभिगेशन
फुटबल

कीर्तिमानी रोनाल्डोको अधुराे विश्वकप सपना !

काठमाडाैँ । विश्व फुटबलमा पछिल्ला केही दशक यता अर्जेनटाइनट लिजेन्ड लियोनल मेस्सी र पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो मध्ये को महान् भन्ने बहस चलिराखेको थियो । यी दुई खेलाडीको खेल कौशल, जादुयी ड्रिबलिङ हेरेर पछिल्ला पुस्ताका खेल पारखी हुर्किए । दुबै खेलाडीले फुटबल करिअरमा जित्न बाँकी कमै कुरा कुरा छन् । मेसीको हकमा उनले फुटबलका कुनै अध्याए बाँकी छैनन्, जहाँ उनले अद्वितिय कथा लेख्न बाँकी होस् । पोर्चुगिज् रोनाल्डो जीवनमा विश्वकपको उपाधि भने अधुरो कथा बनेको छ । यसैलाई लिएर मेसी समर्थक रोनाल्डो भन्दा लियोनल महान् हुन् भनेर बहसको केन्द्र भागमा उनैलाई राख्छन् । 

रोनाल्डो समर्थकहरुको तर्क बेग्लै छ । विश्वका खेलाडीहरुको महानताको कथा केबल उपाधिले कोरिएको हुँदैन । उनीहरुको खेल कौशल, बलमाथिको नियन्त्रण, मैदानमा खुट्टाको तिब्रता र बललाई गोलमा परिणत गर्ने कौशलका आधारमा हेरिनुपर्छ भन्ने तर्क गर्छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पोर्चुगलका कप्तान तथा फरवार्ड क्रिष्टियानो रोनाल्डो दुई दशकभन्दा बढी समय फुटबल खेले । धेरै समय विपक्षीबाट लगातार दबाबबीच पनि टिमलाई संकटबाट मुक्त गराए । त्यही दुई दशकका धेरै चुनौतीबीच रियाल मड्रिड, म्यानचेष्टर युनाइटेड र युभेन्ट्सबाट खेले । फ्राइम समयमै स्पेनिस ला लिगा, इङ्लिस प्रिमियर लिग र इटालियन सिरी एमा सधै उत्कृष्ट खेलाडी बने । नजितेको उपाधि नै रहेन । नबनाएको कीर्तिमान नै भएन । 

Ncell
Extreme Energy

तर पनि उनको हातबाट एक उपलब्धी भने सधै फुस्किरह्यो । त्यो थियो फिफा विश्वकप । मंगलबार बिहान पनि यही उपलब्धी उनको हातबाट फुस्किएको छ । ४१ वर्षीय रोनाल्डो २३औं संस्करणको फिफा विश्वकपको राउन्ड अफ १६ बाटै बाहिरिए । उनको टिम पोर्चुगल स्पेनसँग १–० को हारको बाबजुद बाहिरियो । रोनाल्डो लगातार छैटौं पटक विश्वकप खेल्दा पनि टिमलाई जित दिलाउन सकेनन् । आँखाबाट लगातार आसु झार्न पुगे । मैदानमा एकछिन भाबुक बने । अनि टिमका अन्य साथीलाई छाडेर टनेलभित्र छिरे । यो क्षण, दृश्य हृदयविदारक थियो । 

पोर्चुगलले स्पेनविरुद्ध ९० मिनेट नै फाइट त ग¥यो । खेल बराबरीतर्फ उन्मुख थियो । तर, ९१औं मिनेटमा बेन्चबाट आएका मिकेल मेरिनोले अर्लिंघनमा गोल गर्दै स्पेनलाई जित दिलाए । 

रोनाल्डोले एकदिन अघि नै आफ्नो लागि यही अन्तिम विश्वकप भएको घोषणा गरेका थिए । सोमबार उनी पत्रकार सम्मेलनमा उपस्थित भएका थिए, र प्रश्नको जवाफ दिए । त्यसपछि उनलाई पत्रकारले तालि बजाएर बिदाई गरेका हुन् । 

त्यही क्रममा रोनाल्डोले विश्वकप जिताउन नसक्दा कुनै पछुतो नरहेको प्रष्ट पारेका थिए । उनले विश्वकप नजित्दैमा आफू ठूलो वा सानो नहुने जवाफ दिएका थिए । उनले आफ्ना जिवनीमा कुनै कुराको कमी नभएको पनि प्रष्ट पारे । 

खेलपछि पोर्चुगलका प्रशिक्षक रोबर्टाे मार्टिनेजले रोनाल्डोको प्रशंशा गर्दै उनी सधै फुटबलको लागि कमिटमेन्ट रहेको र फुटबलको लागि आइकन रहेको बन्दै बर्णन गरे । ‘रोनाल्डोलाई जसरी पनि विश्वकप जित्नु थियो । त्यसकोलागि उनले धेरै कोशिस गरे । उनले एक कप्तानको नाताले जसरी नेतृत्व लिए यो उदाहरणीय छ ।’

रोनाल्डोले विश्वकप छौंटौं पटक खेल्दा २७ खेल खेले । जसमा ११ गोल मात्रै गरेका छन् । उनले नकआउटमा पहिलो पटक यसै साता गोल गरेका थिए । जति बेला पोर्चुगलले क्रोएसियालाई हराएको थियो । रोनाल्डोले सन् २००६ देखि विश्वकप खेल्न थालेका थिए । त्यसपछि उनले सधै विश्वकप उपाधि जित्ने सपना बनाए । 

रोनाल्डोको लागि पहिलो विश्वकप अविस्मरणीय रह्यो । जव उनी २१ वर्षका थिए, पोर्चुगल सेमिफाइनल पुगेको थियो । तर, टिम सेमिफाइनलमा फ्रान्ससँग १–० ले पराजित भयो । क्वार्टरफाइनलमा भने टिमले इङ्ल्यान्डलाई पेनाल्टी सुटआउटमा  ३–१ ले हराएको थियो । १२० मिनेटको खेलमा कुनै गोल हुन सकेन र नतिजा पेनाल्टीमा आएको थियो । पोर्चुगल टिमले अहिलेसम्म सम्झिने सबैभन्दा गतिलो विश्वकप यही हो । रोनाल्डो खेल्दा पहिलो अवसरमै सेमिफाइनल पुगेपछि अन्य विश्वकप जित्ने अनुमान गरिएको थियो । तर, त्यो आशामै सिमित बन्यो । 

आफ्नो अन्तर्राष्ट्रिय खेलमा रोनाल्डो धेरै भन्दा धेरै पोर्चुगलको प्रदर्शनलाई लिएर चिन्तित थिए । दबाबजति आफ्नै काधमा राखेका थिए । तर, जव नयाँ विश्वकप आउँछ पोर्चुगलमा पनि नयाँ स्टारहरुको जन्म भयो । माहोल परिवर्तन भएको थियो । बहस हुन थालेको थियो, रोनाल्डोलाई राम्रो तालमेल मिल्ने भयो । 

तर, छैटौं विश्वकपसम्म आउँदा त्यस्तो देख्न पाइएन । स्पेनविरुद्ध ९० मिनेट नै रोनाल्डोले खेले । उनले गोलको लागि निकै मेहेनत पनि गरे । तर, केही अवसर नै बन्न सकेन । मात्र तीन पटक विपक्षीविरुद्ध प्रहार गर्न सफल भए । 

रोनाल्डोले सन् २०१८ को विश्वकपमै सानदार प्रदर्शन गरे । खेल थियो स्पेनविरुद्ध । समूह चरणको खेल ३–३ मा टुंगिएको थियो । सोही खेलमा रोनाल्डोले ८८औं मिनेटमा सानदार फ्रिकिक गोल गरेका थिए । 

स्पेनका प्रशिक्षक लुइस डे ला फुइन्टेले खेलपछि भने, ‘म सधै रोनाल्डोको ठूलो प्रशंसक हो । उनी युवाको लागि रोल मोडल हुन् ।’

रोनाल्डोले युवा समयदेखि ४१ वर्षसम्म पनि आफ्ना प्रतिस्पर्धी लियोनल मेसीसँगको तुलनाको बारेमा प्रश्न सुन्न प¥यो र त्यसलाई केही हदसम्म बेवास्ता पनि गरे । तर, रोनाल्डोको करियर अन्त्यतर्फ लाग्दै गर्दा त्यसलाई बेवास्ता गर्न पनि गाह्रो हुने अवस्था आयो । उनीहरुको प्रतिस्पर्धाले एक युगलाई परिभाषित गरेको छ । यही दुई खेलाडीको कारण विश्वभरका समर्थकपनि दुई भागमा विभाजन भएका छन् । तर, दुई बीचको प्रतिस्पर्धा विश्वकपमा भने लागु भएन । 

मेसीले अर्जेन्टिनालाई सन् २०१४ को विश्वकपमा फाइनलमा पु¥याए । सन् २०२२ को विश्वकपको उपाधि नै जिते । अब, विश्व खेलकुदमा नजितेको प्रतियोगिता नै मेसीसँग रहेन । 

यता, रोनाल्डो भने हरेक विश्वकपमा निराशामै बिताए । रोनाल्डोले आफ्ना करियरमा पोर्चुगललाई सन् २०१६ मा युरो जिताएका थिए । यस्तै सन् २०१९ र २०२५ मा नेसन्स लिगको उपाधि जिताए । 

यो विश्वकपमा पनि पोर्चुगलले सानदार प्रदर्शन गर्न गाह्रो नै भयो । कोलम्बियासँग समूहमा पछि प¥यो । समूह ‘के’ बाट उपविजेता भएर नकआउटमा स्थान बनायो । समूहमा उज्वेकिस्तानलाई ५–० ले हराउँदा रोनाल्डोले दुई गोल गरे । उत्तर अमेरिकामा रोनाल्डोको सबैभन्दा उत्कृष्ट प्रदर्शन यही थियो । 

एकातिर गोलको वर्षा गर्दै असम्भवलाई सम्भव बनाउने क्रिस्टियानो रोनाल्डो, अर्कोतिर फुटबललाई कलामा रूपान्तरण गर्ने लियोनेल मेस्सी। दुवैले क्लब र राष्ट्रिय टोलीका लागि अनगिन्ती कीर्तिमान बनाए, करोडौं समर्थकलाई प्रेरित गरे र फुटबललाई नयाँ उचाइमा र्पुयाए। उनीहरूको अविश्वसनीय प्रतिस्पर्धाले आधुनिक फुटबलको स्वर्णिम युग निर्माण र्गयो। तर समयसँगै उपलब्धि, प्रभाव र इतिहासले आज त्यो बहसलाई लगभग अन्त्यतिर र्पुयाएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप फुटबल
ढिला होला, तर गलत हुँदैन– बालेन शाह

ढिला होला, तर गलत हुँदैन– बालेन शाह

‘केही समय लाग्छ, सही समय आउनलाई । ढिला होला, तर गलत हुँदैन । नआत्तिनुहोस् । सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ । कहिलेकाहीँ एक्लै लड्नुपर्छ ।...
आज कति पुग्यो अमेरिकी डलरको भाउ ?

आज कति पुग्यो अमेरिकी डलरको भाउ ?

नेपाल राष्ट्र बैंकले आजका (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
विभिन्न स्थानबाट २० जना  किन परे पक्राउ ?

विभिन्न स्थानबाट २० जना किन परे पक्राउ ?

नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २० जनालाई पक्राउ गरेको छ ।
यी स्थानमा आज भारी वर्षाको सम्भावना

यी स्थानमा आज भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।