नेभिगेशन
समाज

अमेरिकी आक्रमण पछि इरानी राष्ट्रपति पेजेस्कियन इराक भ्रमण छोट्याएर स्वदेश प्रस्थान

पछिल्लो अमेरिकी आक्रमण पछि इरानी राष्ट्रपति मसूद पेजेस्कियन इराकबाट तेहरान फर्किएको इरानी सरकारी मिडिया आईआरआईबीलाई उद्धृत गर्दै  सीएनएनले रिपोर्ट गरेको छ ।

पेजेस्कियन पूर्व इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्त्येष्टिमा सहभागी हुन इराकी शहर नजफ पुगेको जनाइएको छ । यस हघि होर्मुजको जलमार्ग पार गर्ने व्यापारिक जहाजहरूमा भएको आक्रमणको जवाफमा संयुक्त राज्य अमेरिकाले इरान–विरुद्ध श्रृङ्खलाबद्ध सैन्य आक्रमणहरू सुरु गरे पछि पेजेस्कियनले इराकको भ्रमण छोट्याएर स्वदेश फर्किएको सिएनएनले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

समाजिक सञ्जाल एक्समा युएस सेन्ट्रल कमान्ड (सेन्टकम) ले अमेरिकी सेन्ट्रल कमान्ड फोर्सहरूले अन्तर्राष्ट्रिय जलमार्गमा निर्दोष नागरिकहरूद्वारा सञ्चालित व्यापारिक जहाजहरूलाई लक्षित गर्न र आक्रमण गर्न इरान विरुद्ध श्रृङ्खलाबद्ध शक्तिशाली आक्रमणहरू सुरु गरेको जनाइएको छ ।

Marvel
Extreme Energy

इरानको आक्रामकता अनावश्यक, खतरनाक र युद्धविरामको स्पष्ट उल्लङ्घन भन्दै सेन्टकमले इरानले स्ट्रेट अफ होर्मुज पार गर्ने तीन वटा व्यापारिक जहाजहरूमा आक्रमण गरे पछि आक्रमण गरिएको बताएको छ ।

यसैबीच, दक्षिणी इरानको सिरिक र केशम नजिकै धेरै विस्फोट भएको रिपोर्ट गरिएको छ । अल जजिराका अनुसार व्यावसायिक र माछा मार्ने घाटहरूमा क्षेप्यास्त्र प्रहार भए पछि सिरिक बन्दरगाहमा धेरैवटा विस्फोट भएको इरानी मिडियाले जनाएका छन् ।

इरानलाई अगस्ट –२१ सम्म कच्चा तेल र सम्बन्धित उत्पादनहरू उत्पादन गर्न, बेच्न र परागमन गर्न अस्थायी रूपमा अनुमति दिएर गत जुनमा जारी गरिएको  इजाजतपत्र यस अघि अमेरिकाले मङ्गलबार, रद्द गरेको थियो द्वन्द्वको अन्तिम समाधानको लागि चरणबद्ध वार्ताको  बीचमा भएको आक्रमणले तेहरान माथि दबाब बढेको जनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पार्टी र नेतृत्वविरुद्ध षड्यन्त्र सिर्जना गरिएको कांग्रेसको निष्कर्ष, कडा प्रतिवाद गर्ने चेतावनी

पार्टी र नेतृत्वविरुद्ध षड्यन्त्र सिर्जना गरिएको कांग्रेसको निष्कर्ष, कडा प्रतिवाद गर्ने चेतावनी

त्यस्तै कांग्रेस महामन्त्री प्रदीप पौडेलले पूर्वाग्रही र एक–अर्कालाई ठेगान लगाउने राजनीति धेरै दिन नटिक्ने बताए । सबैलाई समन्वय गरेर अभिभावकीय भूमिका निर्वाह गर्नु पर्ने दायित्व भएको सरकारले सरकारी...
एनपिएल: विराटनगर किङ्सविरुद्ध काठमाण्डु गोखार्जको सहज जित

एनपिएल: विराटनगर किङ्सविरुद्ध काठमाण्डु गोखार्जको सहज जित

काठमाण्डुले पछिल्लो खेलमा कर्णाली याक्सलाई चार विकेटले हराएको थियो । आजको खेलमा विराटनगरले दिएको ८४ रनको झिनो लक्ष्य काठमाण्डुले नौ दशमलव चार ओभरमा एक विकेटको क्षतिमा भेट्टायो ।
प्रहरीलाई कसले चलाउँछ ? सर्वोच्चले कार्कीलाई पुनर्बहालीको आदेश दिए के हुन्छ ?

प्रहरीलाई कसले चलाउँछ ? सर्वोच्चले कार्कीलाई पुनर्बहालीको आदेश दिए के हुन्छ ?

त्यसैले त प्रश्न उठिरहन्छ– आखिर प्रहरीलाई कसले चलाउँछ ? प्रश्न यत्ति मात्रै छैन, अरु पनि छन् । प्रहरीमा राजनीतिक हस्तक्षेप किन भइरहन्छ ? प्रहरीलाई ऐन–कानुन र नियमावलीले सञ्चालन...
सभापति रवि लामिछानेसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट

सभापति रवि लामिछानेसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट

भेटवार्तामा सभापति लामिछाने र विदेश सचिव मिस्रीबीच नेपाल तथा भारतबीचको बहुआयामिक सम्बन्धका विषयमा कुराकानी भएको थियो । उनीहरूले दुई मुलुकबीचको गहिरो सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा पनि छलफल...