नेभिगेशन
पूर्वाधार

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की । कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२ मेगावाट क्षमताको सेतीखोला जलविद्युत् आयोजनाले बिजुली उत्पादन सुरु गरेको छ । 

सेती खोला हाइड्रोपावर लिमिटेडद्वारा प्रवद्र्धित सो आयोजना विसं २०७८ मङ्सिरमा सुरु भएको हो । नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोलीले आयोजनाको निरीक्षण तथा परीक्षण गरेपछि उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा परीक्षणका रूपमा प्रवाह गर्न थालिएको प्रवद्र्धक कम्पनी निर्देशक दीपक बरालले जानकारी दिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनकाअनुसार प्रारम्भिक रुपमा १५ दिन आयोजना परीक्षण अवधिमा रहनेछ । त्यसपछि नियमित व्यावसायिक उत्पादन सुरु हुनेछ । सो अवधिमा उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा प्रवाह गरिनेछ भने आयोजना र उपकरणको प्राविधिक परीक्षण गरिने छ ।

Ncell
Extreme Energy

आयोजनाले गत मङ्सिरदेखि नै उत्पादन सुरु गर्ने लक्ष्य राखेको थियो । तर प्रसारण लाइन निर्माणसँग सम्बन्धित वन क्षेत्रको स्वीकृति प्रक्रियामा ढिलाइ हुँदा सम्पन्न गर्न विलम्ब भएको बताइन्छ । प्रसारण लाइनका लागि निर्माण गरिएका पाँच टावरमध्ये तीन वटा वन क्षेत्रमा परेकाले आवश्यक स्वीकृतिका लागि समय लागेको निर्देशक बरालको भनाइ छ ।

सेती खोला जलविद्युत् आयोजनाको बाँध पोखरा–३३ को तिकलाङमा निर्माण गरिएको छ । त्यहाँबाट तीन हजार १०६ मिटर लामो सुरुङमार्ग हुँदै पानी तल्लो पुँडीटारस्थित विद्युत्गृहमा पुर्याइएको छ । यहाँ ११/११ मेगावाट क्षमताका दुईवटा ‘टर्वाइन’ जडान गरिएका छन् ।

आयोजनामा रु पाँच अर्ब पाँच करोड लगानी भएको छ । आयोजना व्यावसायिक रूपमा सञ्चालनमा आएपछि आगामी आर्थिक वर्षभित्रै सर्वसाधारणका लागि प्राथमिक शेयर (आइपिओ) निष्कासन गर्ने तयारी गरिएको छ । 

सेती नदीमा पछिल्लो समय विभिन्न क्षमताका जलविद्युत् आयोजना निर्माणका क्रममा छन् । गत वर्षदेखि भिजन लुम्बिनी ऊर्जा कम्पनीले प्रवद्र्धन गरेको २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाले व्यावसायिक उत्पादन गरिसकेको छ । हाल आधा दर्जन आयोजना निर्माणको प्रारम्भिक चरणमा र केही निर्माणाधीन छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप पूर्वाधार
स्थानीय भन्छन्– प्रहरी चौकी, भन्सार कार्यालयदेखि होटल र पसलसम्म केही बाँकी छैन

स्थानीय भन्छन्– प्रहरी चौकी, भन्सार कार्यालयदेखि होटल र पसलसम्म केही बाँकी छैन

रसुवाको टिमुरेमा बाढीले ठूलो क्षति पुर्‍याएपछि ज्यान जोगाएर सुरक्षित स्थानमा पुगेका कपिल पाख्रिनले बजार क्षेत्रका प्रहरी चौकी, भन्सार कार्यालय, होटल, पसल तथा सडकमा रहेका सवारीसाधनसमेत बाढीले बगाएको बताएका...
त्रिशुली नदी आसपास सतर्कता अपनाउन स्थानीय प्रशासनको अपिल

त्रिशुली नदी आसपास सतर्कता अपनाउन स्थानीय प्रशासनको अपिल

जिल्ला प्रशासन कार्यालय धादिङले त्रिशुली नदी तटिय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।
रसुवामा बाढीबाट गम्भीर क्षति, उच्च सतर्कता अपनाउन मन्त्री तिमिल्सिनाको आग्रह

रसुवामा बाढीबाट गम्भीर क्षति, उच्च सतर्कता अपनाउन मन्त्री तिमिल्सिनाको आग्रह

सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले भीषण बाढीका कारण रसुवाको स्याफ्रुबेँसी, टिमुरेलगायतका क्षेत्रमा गम्भीर क्षति पुगेको बताएका छन्।
बाढीले बेत्रावती बजारसम्मै पार्‍यो तहसनसह

बाढीले बेत्रावती बजारसम्मै पार्‍यो तहसनसह

भोटेकोसी नदीमा बाढी आउँदा बेत्रावती बजारसम्म प्रभावित बनेको छ ।

भर्खरै