नेभिगेशन
नेताका कुरा

एमाले पुनर्गठन सुझाव कार्यदलको बैठकमा ओली सहभागी हुने

काठमाडौँ । नेकपा एमालेको पुनर्गठन सुझाव कार्यदलको बैठकमा अध्यक्ष केपी शर्मा ओली उपस्थित हुने भएका छन् । 

एमाले प्रचार विभाग प्रमुख निरज आचार्यकाअनुसार विहान ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा अध्यक्ष ओली उपस्थित हुने भएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ओली नेतृत्वमा रहने वा नरहने, पुनर्गठनको मोडल कस्तो हुने भनेर गठित कार्यदलले प्रतिवेदन लेखनको तयारी गरिरहेको छ । 

Ncell
Extreme Energy

कार्यदलले ८ वटा भौगोलिक, एउटा गैरभौगोलिक, सबै जनसंगठनहरू, विभाग र केन्द्रीय निकायहरुसँग सुझाव लिइसकेको छ ।

कार्यदलका एक सदस्यकाअनुसार अधिकांश प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरू, सम्बन्धित प्रदेशका पदाधिकारी र जिल्ला नेताहरू पुनर्गठनको पक्षमा खुलेका छन् । 'प्रदेशहरूका ७० प्रतिशतभन्दा बढी सदस्यहरू पुनर्गठनको पक्षमा खुलेका छन् । पार्टी यथास्थितिमा अगाडि बढ्न नसक्ने, केपी ओलीलाई नै अध्यक्षमा यथावत् राखेर जाँदा तलबाट पार्टी उठाउन नसकिने धारणा प्रदेश पदाधिकारी र जिल्ला तहका नेताबाट आएको छ,' ती सदस्यले भने, 'जनसंगठनतर्फ पनि पार्टीको यही नेतृत्वलाई कायम राखेर जाँदा संगठन विस्तार गर्न कठिन हुने धारणा राख्नुभएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल पदबाट बर्खास्त

सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल पदबाट बर्खास्त

विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर उल्लंघन गरेको, बराबर अनुशासनहीन काम गरेको र नेपाल सरकार वा आफू कार्यरत संगठनको मान...
करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

प्रोत्साहन कार्यक्रममार्फत बिल लिने संस्कार विकास भएसँगै व्यापारीहरू बिल जारी गर्न हिचकिचाएको भन्ने गुनासो आएको भन्दै उनले उनीहरूलाई पनि प्रोत्साहन गर्न जरुरी रहेको बताए । "बिल लिनुपर्छ भन्ने...
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

उक्त क्षेत्रको नापजाँच कार्य २०६९।७० सालमै सम्पन्न भएको थियो। तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण...

भर्खरै