नेभिगेशन
नेताका कुरा

एमालेले पनि छाड्यो संविधान संशोधन बहसपत्र सरकारी कार्यदल

काठमाडौँ । विपक्षी दल नेकपा एमालेले संविधान संशोधनका लागि सरकारले बनाएको बहसपत्र कार्यदलमा नरहेको घोषणा गरेको छ । 

महासचिव शंकर पोखरेलले बिहीबार कार्यदलका संयोजक असिम शाहलाई पत्र पठाउँदै कार्यदलमा नरहेको जानकारी गराएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कार्यदलको काम कारवाही सुरुदेखि नै संदिग्ध प्रकृतिको रहेको,  संविधान संशोधनका विषयहरु किटान नगरिएको, वर्तमान संविधानका आधारभूत संरचनाप्रति सरकारको दृष्टिकोण प्रष्ट नभएको, संशोधनका लागि बहसमा ल्याइएका विषयहरु संघीय लोकतान्त्रिक गणतन्त्रको विरुद्धमा देखिएको जस्ता कारणले तत् सम्बन्धमा सरकारको भूमिका स्पष्ट माग गरिएको तर जवाफ नआएकाले बाहिरिएको पत्रमा उल्लेख छ ।

Ncell
Extreme Energy

'वर्तमान संविधानका आधारभूत विषयहरुलाई अझ सुदृढ बनाउने र विगतमा देखिएका नकारात्मक अभ्यास र कमीकमजोरीलाई सुधार गर्ने उद्देश्यले संविधान संशोधन गर्ने कुरामा एमाले सदैव दृढ रहेकोमा त्यविपरीत विषयहरु नै खल्बल्याउने उद्देश्य राखेर कार्यदल सहभागी रहेको हाम्रो पार्टी तत् समयदेखि अनुपस्थित रहँदै आएको छ,' पत्रमा भनिएको छ, 'आजका दिनसम्म पनि हाम्रो पार्टीको प्रस्तावअनुसार सरकारका तर्फबाट कुनै स्पष्ट जवाफ नआएको सन्दर्भमा औपचारिक रुपमा पार्टी प्रतिनिधिलाई बोलाइएको जानकारी गराउँदछु ।' 

सरकारी कार्यदलले संविधान संशोधनका लागि बहसपत्र प्रतिवेदन लेखिरहेका बेला विपक्षी दलहरु अलग भएका हुन् । प्रतिवेदनमा हस्ताक्षर गर्ने बेला विपक्षी दलहरु जिम्मेवारीबाट पछि हटेको र तर प्रतिवेदन नरोकिने संयोजक शाह बताउँछन् । 

यसअघि नेकपा, जसपा, लोसपा, जनमोर्चाले कार्यदल छोडिसकेका छन् । कांग्रेसले त कार्यदलमा सहभागिता नै जनाएको छैन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल पदबाट बर्खास्त

सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल पदबाट बर्खास्त

विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर उल्लंघन गरेको, बराबर अनुशासनहीन काम गरेको र नेपाल सरकार वा आफू कार्यरत संगठनको मान...
करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

प्रोत्साहन कार्यक्रममार्फत बिल लिने संस्कार विकास भएसँगै व्यापारीहरू बिल जारी गर्न हिचकिचाएको भन्ने गुनासो आएको भन्दै उनले उनीहरूलाई पनि प्रोत्साहन गर्न जरुरी रहेको बताए । "बिल लिनुपर्छ भन्ने...
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

उक्त क्षेत्रको नापजाँच कार्य २०६९।७० सालमै सम्पन्न भएको थियो। तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण...

भर्खरै