नेभिगेशन
समाज

प्रधानमन्त्रीले संसद्लाई भन्दा दलको महाधिवेशनलाई प्राथमिकता दिएको भन्दै खुस्बु ओलीको आपत्ति

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले संसद्को गरिमा र राष्ट्रिय स्वाभिमानभन्दा माथि कुनै पनि दल, सरकार वा व्यक्ति हुन नसक्ने बताएकी छन् । 

बिहीबार प्रतिनिधिसभा बैठकमा सांसद ओलीले सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संसद्को गरिमा र राष्ट्रिय स्वाभिमानभन्दा माथि कुनै पनि दल, सरकार वा व्यक्ति हुन नसक्ने बताएकी हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले प्रधानमन्त्रीले संसद्लाई भन्दा आफ्नो दलको चितवन महाधिवेशनलाई प्राथमिकता दिएकोमा आपत्ति जनाउँदै सरकार संसद्प्रति उत्तरदायी हुनुपर्ने धारणा राखिन् । । राष्ट्रिय सार्वभौमिकता र सीमा जस्तो संवेदनशील विषयमा सत्ता पक्षका सांसदहरू मौन बसेको भन्दै उनले उक्त मौनतालाई इतिहासले मूल्याङ्कन गर्ने चेतावनी दिइन् । 

Ncell
Extreme Energy

साथै सांसद ओलीले प्रधानमन्त्रीले आफ्नो सो अभिव्यक्तिका लागि सार्वजनिक रूपमा नै सच्चाउनुपर्ने बताइन् । 

त्यस्तै राष्ट्रिय हितविरुद्ध प्रश्न उठाउने खालका विवादास्पद अभिव्यक्तिहरू संसद्को अभिलेखबाट हटाउन प्रधानमन्त्री आफैँले पहल गर्नुपर्ने र प्रधानमन्त्री स्वयं संसद्मा उपस्थित भएर सम्पूर्ण नेपाली जनताका सामु यस विषयमा स्पष्ट जवाफ दिनुपर्ने धारणा समेत बताइन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल पदबाट बर्खास्त

सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल पदबाट बर्खास्त

विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर उल्लंघन गरेको, बराबर अनुशासनहीन काम गरेको र नेपाल सरकार वा आफू कार्यरत संगठनको मान...
करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

प्रोत्साहन कार्यक्रममार्फत बिल लिने संस्कार विकास भएसँगै व्यापारीहरू बिल जारी गर्न हिचकिचाएको भन्ने गुनासो आएको भन्दै उनले उनीहरूलाई पनि प्रोत्साहन गर्न जरुरी रहेको बताए । "बिल लिनुपर्छ भन्ने...
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

उक्त क्षेत्रको नापजाँच कार्य २०६९।७० सालमै सम्पन्न भएको थियो। तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण...

भर्खरै