नेभिगेशन
नेताका कुरा

राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एकजना महिला हुनुपर्ने प्रस्ताव

आदिवासी जनजाति आयोगले आफ्नै नाम फेर्नेसहित कार्यदललाई दियो २५बुँदे संविधान संशोधन सुझाव

ललितपुर । आदिवासी जनजाति आयोगले संविधानमा अस्पष्ट प्रावधानलाई समयानुकूल परिमार्जन गर्दै समावेशी, न्यायपूर्ण र प्रभावकारी शासन व्यवस्था सुनिश्चित गर्न २५ बुँदे सुझाव सार्वजनिक गरेको छ ।

आदिवासी जनजाति आयोगले संविधान संशोधनका लागि तयार पारेका २५ बुँदे सुझाव सार्वजनिक गर्दै सङ्घीयता, समानुपातिक समावेशिता, गणतन्त्र, धर्मनिरपेक्षता तथा सांस्कृतिक विविधतालाई समावेश गर्दै आदिवासी जनजातिका संवैधानिक अधिकारलाई थप प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार पुल्चोकमा  आयोजित पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष रामबहादुर थापामगरले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त संविधान संशोधनसम्बन्धी सुझाव मागका आधारमा आयोगले आफ्नो धारणा तयार गरी सरकारसमक्ष बुझाएको जानकारी दिए ।

Ncell
Extreme Energy

अध्यक्ष थापामगरले नेपालको संविधान, २०७२ ले समेट्न नसकेका वा अस्पष्ट रहेका केही प्रावधानलाई स्पष्ट र पूर्ण बनाउन आवश्यक रहेको उल्लेख गर्दै ‘जेनजी आन्दोलन’ले समेत संविधान संशोधनको आवश्यकता उजागर गरेको बताए । उनले संविधान अपरिवर्तनीय दस्तावेज नभई समय, परिस्थिति, जनआकाङ्क्षा तथा सामाजिक–राजनीतिक परिवर्तनअनुसार परिमार्जन गरिनुपर्ने मूल कानुन भएको धारणा व्यक्त गरे । 

आयोगले आदिवासी जनजातिका लिपिमा लेखिएका सबै भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिनुपर्ने, प्रदेश सरकारले तोकेका आदिवासी जनजातिका भाषामा राष्ट्रिय गान गाउन सकिने व्यवस्था गर्नुपर्ने, प्रत्येक समुदायको भाषा र संस्कृतिको संरक्षणको जिम्मेवारी राज्यले नै लिनुपर्नेलगायतका सुझाव दिएको छ ।

त्यसैगरी, स्वायत्त क्षेत्रलाई पनि सरकारको एउटा तहका रूपमा संवैधानिक मान्यता दिनुपर्ने, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष तथा उपाध्यक्षजस्ता उच्च संवैधानिक पदमा फरक–फरक लिङ्ग र समुदायको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने प्रस्ताव गरेको छ । आयोगले ती पदहरूमा खसआर्य, आदिवासी जनजाति, मधेसी, दलित वा मुस्लिम समुदायबाट क्रमशः प्रतिनिधित्व हुने व्यवस्था गर्नुपर्ने सुझाव दिएको छ ।

त्यस्तै, राष्ट्रियसभामा आदिवासी जनजातिको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने, आदिवासी जनजाति आयोगको नाम परिवर्तन गरी ‘राष्ट्रिय आदिवासी जनजाति आयोग’ राख्नुपर्ने तथा आयोगका काम, कर्तव्य र अधिकार संविधानमै स्पष्ट गर्नुपर्ने सुझाव दिइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल पदबाट बर्खास्त

सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल पदबाट बर्खास्त

विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर उल्लंघन गरेको, बराबर अनुशासनहीन काम गरेको र नेपाल सरकार वा आफू कार्यरत संगठनको मान...
करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

प्रोत्साहन कार्यक्रममार्फत बिल लिने संस्कार विकास भएसँगै व्यापारीहरू बिल जारी गर्न हिचकिचाएको भन्ने गुनासो आएको भन्दै उनले उनीहरूलाई पनि प्रोत्साहन गर्न जरुरी रहेको बताए । "बिल लिनुपर्छ भन्ने...
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

उक्त क्षेत्रको नापजाँच कार्य २०६९।७० सालमै सम्पन्न भएको थियो। तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण...

भर्खरै