नेभिगेशन
नेताका कुरा

ओली नेतृत्वमा रहने वा नरहने निष्कर्ष निकाल्ने जिम्मा बादल र शंकर पोखरेललाई

काठमाडौँ । नेकपा एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन तयार गर्ने जिम्मेवारी कार्यदलका संयोजक एवं पार्टी उपाध्यक्ष रामबहादुर थापा र सदस्य-सचिव एवं पार्टी महासचिव शङ्कर पोखरेलले पाएका छन् । 

कार्यदलको बिहीबार बसेको बैठकले कार्यदलको मस्यौदा प्रतिवेदन तयार गर्ने जिम्मेवारी बादल र पोखरेललाई दिएको प्रचार विभाग प्रमुख निरज आचार्यले बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कार्यदलले देशभर विभिन्न १३ स्थानमा छलफल गर्दै पार्टीपंक्तिबाट सुझाव संकलन गरेको छ । अब सुझावहरुलाई एकीकृत गरी प्रतिवेदन तयार गरिनेछ । 

Ncell
Extreme Energy

कार्यदलका सदस्यहरुकाअनुसार पार्टीका ८७ प्रतिशत बढी सदस्य केपी ओलीलाई नेतृत्वबाट हटाउनुपर्ने पक्षमा छन् । ओली नेतृत्वमा रहने वा नरहने निष्कर्षसहितको प्रतिवेदन बनाउने जिम्मा बादल र पोखरेलले पाएका हुन् । बादल अहिले नैतृत्वको प्रतिरक्षामा छन् भने पोखरेल नेतृत्वसहित पुनर्गठनको पक्षमा छन् । 

बैठकले सुझाव संकलनकै सिलसिलामा व्यस्त रहेको अवस्थामा पार्टीका उपाध्यक्ष तथा कार्यदलका सदस्य कमरेड विष्णु पौडेललाई राजनीतिक प्रतिशोधपूर्ण तरिकाले गरिएको गिरफ्तारीप्रति निन्दा गर्दै यथाशीघ्र रिहाइको माग गरेकाे छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल पदबाट बर्खास्त

सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल पदबाट बर्खास्त

विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर उल्लंघन गरेको, बराबर अनुशासनहीन काम गरेको र नेपाल सरकार वा आफू कार्यरत संगठनको मान...
करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

प्रोत्साहन कार्यक्रममार्फत बिल लिने संस्कार विकास भएसँगै व्यापारीहरू बिल जारी गर्न हिचकिचाएको भन्ने गुनासो आएको भन्दै उनले उनीहरूलाई पनि प्रोत्साहन गर्न जरुरी रहेको बताए । "बिल लिनुपर्छ भन्ने...
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

उक्त क्षेत्रको नापजाँच कार्य २०६९।७० सालमै सम्पन्न भएको थियो। तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण...

भर्खरै