नेभिगेशन
विदेशका कुरा

ट्रम्पको हत्या योजनाबारे इजरायलको नयाँ सूचना

इजरायलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने इरानको कथित नयाँ र ‘विशिष्ट’ योजनासम्बन्धी खुफिया जानकारी यसै साता संयुक्त राज्य अमेरिकासँग साझा गरेको अमेरिकी सञ्चारमाध्यमहरूले बिहीबार जनाएका छन् ।

अमेरिका–इरानबीच पुनः सैन्य तनाव बढ्दै पूर्ण युद्धतर्फ फर्किन सक्ने आशङ्का भइरहेका बेला सार्वजनिक भएको यो दाबीले सुरक्षा चिन्ता थप बढाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिएनएनले यस विषयमा जानकार अज्ञात स्रोतहरूलाई उद्धृत गर्दै वासिङ्टनले ट्रम्पविरुद्ध हुन सक्ने सम्भावित हत्या प्रयाससम्बन्धी सूचनाहरू लामो समयदेखि निगरानी गरिरहेको भए पनि इजरायलले उपलब्ध गराएको पछिल्लो जानकारी भने एउटा विशिष्ट र नयाँ षड्यन्त्रसँग सम्बन्धित रहेको जनाएको छ ।

Marvel
Extreme Energy

वाल स्ट्रिट जर्नलले पनि अज्ञात स्रोतहरूकै आधारमा अमेरिकी गुप्तचर निकायले ट्रम्पलाई लक्षित ‘ताजा’ योजनाबारे जानकारी प्राप्त गरेको उल्लेख गरेको छ ।

इरानले सन् २०२० को जनवरीमा अमेरिकी आदेशमा इरानी वरिष्ठ सैन्य कमान्डर कासिम सुलेमानीको हत्या भएपछि त्यसको प्रतिशोध लिने प्रतिबद्धता पटक–पटक दोहोर्‍याउँदै आएको छ । त्यसयता ट्रम्पको सुरक्षासम्बन्धी जोखिमबारे अमेरिकी सुरक्षा निकायहरू सतर्क रहँदै आएका छन् ।

समाचारबारे प्रतिक्रिया माग्दा ह्वाइट हाउसले ट्रम्पले बुधबार व्यक्त गर्नुभएको भनाइतर्फ ध्यानाकर्षण गराएको थियो । नाटो शिखर सम्मेलनपछि फर्किने क्रममा एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफू इरानको निशानामा रहेको दाबी गरेका थिए । ‘उनीहरू अमेरिकी नेतालाई हटाउन चाहन्छन् । म उनीहरूको प्रत्येक सूचीमा छु,’ उनले भने ।

ट्रम्पले टर्कीबाट फर्किने क्रममा नयाँ कतारी उपहारस्वरूप प्राप्त जेट प्रयोग नगरी पुरानै एयर फोर्स वनबाट यात्रा गरेका थिए । नयाँ विमानलाई बेलायत पठाएर त्यहाँबाट अर्को विमान परिवर्तन गरिएको घटनाले सुरक्षा व्यवस्थाबारे व्यापक चर्चा भएको थियो ।

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार उक्त निर्णय विशेषगरी नयाँ विमानमा आवश्यक सुरक्षा प्रणाली पूर्ण रूपमा जडान नभएको र त्यसैबेला अमेरिका–इरान तनाव चुलिएकाले अपनाइएको सावधानीका रूपमा हेरिएको छ । न्युयोर्क टाइम्सले यो परिवर्तन अमेरिकी गोप्य सेवाको अनुरोधमा सुरक्षात्मक उपायस्वरूप गरिएको जनाएको छ ।

पछि आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले सुरक्षा व्यवस्थाबारे विस्तृत टिप्पणी गर्न चाहेनन् । तर विगतमा पनि आफूलाई लक्षित हत्या प्रयासका आशङ्का उठिसकेको सङ्केत दिँदै इरानबाट आउने जोखिमलाई हल्का रूपमा नलिनुपर्ने धारणा व्यक्त गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप विदेशका कुरा
पार्टी र नेतृत्वविरुद्ध षड्यन्त्र सिर्जना गरिएको कांग्रेसको निष्कर्ष, कडा प्रतिवाद गर्ने चेतावनी

पार्टी र नेतृत्वविरुद्ध षड्यन्त्र सिर्जना गरिएको कांग्रेसको निष्कर्ष, कडा प्रतिवाद गर्ने चेतावनी

त्यस्तै कांग्रेस महामन्त्री प्रदीप पौडेलले पूर्वाग्रही र एक–अर्कालाई ठेगान लगाउने राजनीति धेरै दिन नटिक्ने बताए । सबैलाई समन्वय गरेर अभिभावकीय भूमिका निर्वाह गर्नु पर्ने दायित्व भएको सरकारले सरकारी...
एनपिएल: विराटनगर किङ्सविरुद्ध काठमाण्डु गोखार्जको सहज जित

एनपिएल: विराटनगर किङ्सविरुद्ध काठमाण्डु गोखार्जको सहज जित

काठमाण्डुले पछिल्लो खेलमा कर्णाली याक्सलाई चार विकेटले हराएको थियो । आजको खेलमा विराटनगरले दिएको ८४ रनको झिनो लक्ष्य काठमाण्डुले नौ दशमलव चार ओभरमा एक विकेटको क्षतिमा भेट्टायो ।
प्रहरीलाई कसले चलाउँछ ? सर्वोच्चले कार्कीलाई पुनर्बहालीको आदेश दिए के हुन्छ ?

प्रहरीलाई कसले चलाउँछ ? सर्वोच्चले कार्कीलाई पुनर्बहालीको आदेश दिए के हुन्छ ?

त्यसैले त प्रश्न उठिरहन्छ– आखिर प्रहरीलाई कसले चलाउँछ ? प्रश्न यत्ति मात्रै छैन, अरु पनि छन् । प्रहरीमा राजनीतिक हस्तक्षेप किन भइरहन्छ ? प्रहरीलाई ऐन–कानुन र नियमावलीले सञ्चालन...
सभापति रवि लामिछानेसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट

सभापति रवि लामिछानेसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट

भेटवार्तामा सभापति लामिछाने र विदेश सचिव मिस्रीबीच नेपाल तथा भारतबीचको बहुआयामिक सम्बन्धका विषयमा कुराकानी भएको थियो । उनीहरूले दुई मुलुकबीचको गहिरो सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा पनि छलफल...