नेभिगेशन
समाज

घातक आँधीपछि चीनमा टाइफुनको खतरा

एक सातायता आएको भीषण आँधी र बाढीका कारण कम्तीमा ५० जनाको ज्यान गइसकेको चीनमा शक्तिशाली टाइफुन ‘बवी’ पूर्वी तटतर्फ अघि बढेपछि उच्च सतर्कता अपनाइएको छ ।

अधिकारीहरूले हजारौँ नागरिकलाई सुरक्षित स्थानमा सारेका छन् भने उद्धार टोलीलाई तयारी अवस्थामा राखिएको छ । प्रतिघण्टा १६२ किलोमिटरको अधिकतम निरन्तर गतिमा बहिरहेको टाइफुन ‘बवी’ शुक्रबार ताइवानको उत्तर भाग हुँदै अघि बढ्ने र त्यसपछि शनिबार राति चीनको फुजियान र झेजियाङ प्रान्तको सीमाक्षेत्र नजिकै स्थलभागमा प्रवेश गर्ने अनुमान गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसअघि यसले साइपनसहित प्रशान्त क्षेत्रका अमेरिकी भूभागमा सुपर टाइफुनका रूपमा तीव्र हावा र वर्षा गराएको थियो । ताइवानमा भारी वर्षाको पूर्वानुमानसँगै राजधानी ताइपेईका विद्यालय बन्द गरिएका छन् ।

Ncell
Extreme Energy

उत्तरी तटमा माछा मार्ने डुङ्गाहरू बन्दरगाहमा बाँधिएका छन् भने जापान, हङकङलगायतका गन्तव्यका धेरै उडान शनिबारसम्म रद्द गरिएका छन् ।
चीनको झेजियाङ प्रान्तमा १७ हजारभन्दा बढी नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ ।

करिब एक लाख ७० हजार उद्धारकर्मीलाई सम्भावित विपद्का लागि तयारी अवस्थामा राखिएको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ । फुजियान प्रान्तले तीव्र हावा र उग्र समुद्री अवस्थाका कारण केही जलमार्ग सेवा स्थगित गर्नुका साथै सबै माछा मार्ने डुङ्गालाई बन्दरगाह फर्किन निर्देशन दिएको छ ।

यसअघि दक्षिणी चीनमा आएको उष्णकटिबन्धीय आँधी ‘मेसाक’ का कारण गुआङ्सी क्षेत्रमा आएको बाढीमा कम्तीमा ३९ जनाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन् । अत्यधिक वर्षाले जलाशयहरू फुटेका थिए भने हेङ्झाउस्थित बाँधको एक भाग भत्किएपछि ठूलो क्षेत्रमा बाढी फैलिएको थियो ।

धेरै मानिसहरू भवनका माथिल्ला तलामा दिनौँसम्म फसेका थिए र विद्युत् सेवा समेत अवरुद्ध भएको थियो । यस्तै, मध्य चीनको हुबेई प्रान्तमा सोमबार राति आएको भीषण आँधीका कारण थप ११ जनाको मृत्यु भएको थियो ।

यसैबीच, पश्चिमी चीनको गान्सु प्रान्तमा मङ्गलबार आएको भूस्खलनमा २१ जना वनकर्मीको मृत्यु भएको छ । उक्त घटना टाइफुनसँग प्रत्यक्ष सम्बन्धित नभए पनि प्रतिकूल मौसमका कारण उद्धार कार्य प्रभावित भएको जनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

बुधबार मध्यराति, सुत्केरी ब्यथाले च्यापिसकेपछि आफ्नै पति र दुई आफन्तसहित अस्पताल पुगेकी एक महिलाले अस्पतालमा भर्ना नपाएर सडकमै बच्चा जन्माउनु परेको खबर जब सार्वजनिक भयो, त्यसले आफूलाई सभ्य...
रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

बाढीका कारण उक्त क्षेत्रमा प्रभावित १६ हजार ११० घरधुरीमा रहेका ६४ हजार ३३५ जना छन् । “प्रत्यक्ष रूपमा बाढीका कारण सात हजार ५७०, आठ हजार ३१७ घरधुरी र...
नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योग मन्त्री साहले बिहीबार नै शितल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

विनाशकारी भोटेकोशी बाढीको तत्काल सम्बोधनका लागि नेपालले यही भदौ १५ गते लेखेको पत्रको जवाफ कोषले आज अर्थमन्त्री डा स्वर्णिम वाग्ले र कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीलाई सम्बोधन...