नेभिगेशन
सबै कुरा

जब ओलीले असली बरमझियाको पेडा पसलमा पेडा बनाए...

१५ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सिरहामा केन्द्रिय सचिवालय बैठक सकेर विराटनगर फर्किदै थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विराटनगर तर्फ जान कोशी पुल पुग्नु अघि बरमझिया पुगिन्छ । बरमझियामा पुग्दा पेडा पसलको लहरो देखिन्छ । धेरैको यो बिसौनी पनि हो ।

Ncell
Extreme Energy


नेकपा एमाले अध्यक्ष ओली पनि एकैछिन बरमझियामा बिसाए । कारण थियो कुनै दिन ओलीले यहाँ पेडा पनि बनाएका रहेछन् । ओलीले फेसबुकमा बरमझिया पुगेर पेडा बनाउँदाको क्षण सम्झिएका छन् । ओलीका अनुसार जेलबाट छुटेपछि दुई दिन त्यहाँ पेडा बनाएका थिए ।

ओलीले लेखेका छन् ‘रातिको करिब ९र १० बजेको थियो होला, सिरहाबाट विराटनगर फर्किने क्रममा बाटोमा बरमझिया पेडा पसलमा पुगियो । सप्तरीका बैजनाथ साहले यहाँ पहिलो पटक पेडा बनाएर बेच्न थाल्नु भएको थियो । यहाँ कुनै बेला मैले पनि दुई दिन बसेर पेडा बनाएको थिएँ । अस्ति त्यहाँको पेडा दोकान पुग्दा त्यस बेलाका दिनहरूको सम्झना गरियो ।’

ओलीले सप्तरीमा पेडालाई व्यवसायिक बनाउने बैजनाथ साहको सालिकसँग तस्विर पनि खिचाए । सप्तरीमा बैजनाथ साहको बरमझिया पेडा चर्चित छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपा सांसद, नेताहरुलाई रविको निर्देशनः अनावश्यकरुपमा प्रभावित क्षेत्र पुगेकाहरु तत्काल फर्किनु

रास्वपा सांसद, नेताहरुलाई रविको निर्देशनः अनावश्यकरुपमा प्रभावित क्षेत्र पुगेकाहरु तत्काल फर्किनु

लामिछानेले बाढी गएकै दिन संसदबाट कुनै पनि नेता, सांसद तथा भिआइपीहरुलाई अनावश्यकरुपमा प्रभावित क्षेत्र घुम्न नजान भनेका थिए । साथै आफू पनि अनावश्यकरुपमा नजाने, जानै परेको खण्डमा कुनै...
तीन तहका सरकारबीच समन्वय अभाव हटाऊ:  गगन थापा

तीन तहका सरकारबीच समन्वय अभाव हटाऊ: गगन थापा

उनले भने– ‘तीन तहका सरकारबीच समन्वयको खाडल देखिएको छ, संघ, प्रदेश र स्थानीय सरकारका बीचमा स्पष्ट कार्यविभाजन हुनुपर्छ र एउटै टिमको रूपमा अघि बढ्नुपर्छ।’
रविसँग बागमतीका मुख्यमन्त्रीले भने– संघ सरकारले समन्वय नै गरेन

रविसँग बागमतीका मुख्यमन्त्रीले भने– संघ सरकारले समन्वय नै गरेन

रास्वपा केन्द्रीय कार्यालयमा रास्वपा सभापति रवि लामिछानेसँगको भेटमा मुख्यमन्त्री थापामगरले तीन तहका सरकारबीच समन्वय हुन नसकेको बताएका हुन् । उनले समन्वय हुन नसकेपछि प्रदेश सरकारले आफ्नै तरिकाले काम...
सरकार एक्लै अघि बढ्न खोज्योः ओली

सरकार एक्लै अघि बढ्न खोज्योः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपद् व्यवस्थापनमा सरकार एक्लै अघि बढ्न खोजेको आरोप लगाएका छन् ।