नेभिगेशन
फुटबल

अतिरिक्त समयमा स्विट्जरल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । खेलको अतिरिक्त समयमा स्विट्जरल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । 

कान्सास सिटी स्टेडियममा आइतबार बिहान भएको क्वार्टरफाइनल खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३-१ गोलले पराजित गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

खेलको १० मिनेटमै एलेक्सिस म्याक एलिस्टरले गोल गरेर अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा स्विट्जरल्यान्डले गोल फर्कायो । स्विट्जरल्यान्डका दान एनडोयेले ६७औ मिनेटमा गोल गरेका थिए । 

Ncell
Extreme Energy

खेलको ७२औ मिनेट स्विट्जरल्यान्डका ब्रेल एम्बोलोले रातो कार्ड पाएका थिए । १० खेलाडीमा सीमित स्विट्जरल्यान्डले निर्धारित ९० मिनेटसम्म अर्जेन्टिनालाई रोकेको थियो । 

निर्धारित ९० मिनेटमा खेल १-१ बराबरीमा सकिएपछि ३० मिनेट अतिरिक्त समयमा प्रवेश गरेको थियो । अतिरिक्त समयमा अर्जेन्टिनाले दुई गोल थप्दै सेमिफाइनलमा स्थान बनाएको हो । 

अर्जेन्टिनाका लागि अतिरिक्त समयको ९ मिनेटमा जुलियन अल्भारेज र २२ मिनेटमा लौटरो मार्टिनेजले गोल गरेका थिए । 

जितसँगै अर्जेन्टिना सेमिफाइनल प्रवेश गर्दा स्विट्जरल्याण्ड विश्वकपबाट बाहिरिएको छ । अब अर्जेन्टिनाले इंग्ल्याण्डसँग सेमिफाइनल खेल्ने छ ।   

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप फुटबल
पद्‍मा अर्यालको माग– तत्काल उच्चस्तरीय संसदीय समिति बनाइयोस्

पद्‍मा अर्यालको माग– तत्काल उच्चस्तरीय संसदीय समिति बनाइयोस्

नेकपा (एमाले) संसदीय दलका उपनेता पद्‍माकुमारी अर्यालले रसुवाको भोटेकोशी बाढीपछिको राहत, खोज, उद्धार, पुनःनिर्माण र पुनःस्थापनाका लागि उच्चस्तरीय संसदीय समिति गठन गर्न माग गरेकी छन् ।
एक वर्षमा ७ खर्ब २० अर्बको घरजग्गाको कारोबार

एक वर्षमा ७ खर्ब २० अर्बको घरजग्गाको कारोबार

गत आर्थिक वर्षमा ७ खर्ब २० अर्ब ८६ करोड रुपैयाँ बराबरको घरजग्गाको कारोबार भएको जनाएको छ ।
आईसीयूमा अन्तर्वार्ताः संसदमा उठ्यो प्रोटोकलको प्रश्न

आईसीयूमा अन्तर्वार्ताः संसदमा उठ्यो प्रोटोकलको प्रश्न

आज बसेको प्रतिनिधिसभाको बैठकमा रास्वपा सांसद समीक्षा बाँस्कोटाले रसुवा बाढी परेर उद्धार गरिएका व्यक्तिको आईसीयूमा अन्तर्वार्ता लिएको विषयप्रति आपत्ति जनाइन् ।
नुवाकोटका बाढीपीडितलाई युगान्डाबाट आएका नेपालीको सहयोगमा बाँडियो राहत

नुवाकोटका बाढीपीडितलाई युगान्डाबाट आएका नेपालीको सहयोगमा बाँडियो राहत

नुवाकोटको देवीघाट र ढुङ्गे क्षेत्रका बाढीपीडित परिवारलाई ग्यास सिलिन्डर, चुलो, टेन्टलगायत राहत सामग्री वितरण गरिएको छ।