नेभिगेशन
विदेशका कुरा

अमेरिका–इरान तनाव चर्कियो, दुवै पक्षबाट आक्रमण जारी

अमेरिकी सेन्ट्रल कमाण्डले आइतबार इरानविरुद्धको सैन्य अभियानको तेस्रो चरण सम्पन्न भएको जनाएको छ । कमाण्डका अनुसार यस चरणमा करिब १४० वटा लक्ष्यमा आक्रमण गरिएको छ ।

सामाजिक सञ्जाल ‘एक्स’मार्फत सेन्ट्रल कमाण्डले जनाएअनुसार आक्रमणका क्रममा क्षेप्यास्त्र तथा ड्रोन प्रक्षेपणस्थल, गोलाबारुद भण्डारण केन्द्र, सञ्चार उपकरण तथा अन्य सैन्य पूर्वाधारलाई निशाना बनाइएको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसअघि जारी अर्को विज्ञप्तिमा कमाण्डले व्यावसायिक जहाजमाथि भएका आक्रमणपछि इरानलाई समझदारीपत्र पालना गर्ने अवसर दिइएको भए पनि त्यसमा असफल भएको दाबी गरेको थियो ।

Marvel
Extreme Energy

यसैबीच, युनाइटेड किङ्गडम मेरिटाइम ट्रेड अपरेसन्सले शनिबार अबेर ओमानको तट नजिक भएको एक घटनामा क्षति पुगेपछि एउटा कन्टेनर जहाजमा आगलागी भएको जनाएको छ । इरानको सरकारी सञ्चारमाध्यम ‘प्रेस टिभी’का अनुसार दक्षिणी इरानका विभिन्न सहरमा विस्फोट भएका छन् ।

साथै, इरानले मध्यपूर्वमा रहेका अमेरिकी लक्ष्यविरुद्ध शृङ्खलाबद्ध जवाफी आक्रमण सुरु गरेको जनाएको छ । समाचारमा संयुक्त अरब इमिरेट्स र कतारमा आक्रमण भएको तथा बहराइनमा क्षेप्यास्त्र चेतावनी साइरन बजाइएको उल्लेख गरिएको छ ।

कतारको गृह मन्त्रालयले केही घण्टाभित्र दोस्रो पटक राष्ट्रिय सुरक्षा सतर्कताको स्तर बढाउँदै सार्वजनिक चेतावनी जारी गरेको थियो । मन्त्रालयले नागरिकलाई घरभित्रै बस्न, सिसाका झ्यालबाट टाढा रहन, अनावश्यक आवतजावत नगर्न तथा सुरक्षा निकायका निर्देशन पालना गर्न आग्रह गरेको छ ।

इरानको इस्लामिक रिभोलुसन गार्ड कोप्र्सले जोर्डनस्थित प्रिन्स हसन एयर बेसको ङ्कमाण्ड तथा नियन्त्रण केन्द्र र ड्रोन ह्याङ्गरमा आक्रमण गरी ध्वस्त पारेको दाबी गरेको छ । यसअघि इरानले अनधिकृत मार्ग प्रयोग गरिरहेको एक जहाजमाथि कारबाही गरिएको जनाउँदै त्यसपछि होर्मुज जलसन्धि बन्द गरिएको घोषणा गरेको थियो ।

साथै, उक्त घटनाको प्रतिशोध लिन गरिने कुनै पनि प्रयासको कडा जवाफ दिइने चेतावनी पनि दिएको थियो । आइआरजीसीको नौसेनाले जारी गरेको विज्ञप्तिमा समुद्री सुरक्षालाई जोखिममा पार्ने गरी आफ्नो पहिचान प्रणाली बन्द गरेको जहाजलाई लक्षित गरी कारबाही गरिएको उल्लेख गरिएको छ ।
विज्ञप्तिअनुसार, होर्मुज जलसन्धि अर्को सूचना जारी नभएसम्म तथा त्यस क्षेत्रमा अमेरिकी सैन्य हस्तक्षेप अन्त्य नभएसम्म बन्द रहनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप विदेशका कुरा
पार्टी र नेतृत्वविरुद्ध षड्यन्त्र सिर्जना गरिएको कांग्रेसको निष्कर्ष, कडा प्रतिवाद गर्ने चेतावनी

पार्टी र नेतृत्वविरुद्ध षड्यन्त्र सिर्जना गरिएको कांग्रेसको निष्कर्ष, कडा प्रतिवाद गर्ने चेतावनी

त्यस्तै कांग्रेस महामन्त्री प्रदीप पौडेलले पूर्वाग्रही र एक–अर्कालाई ठेगान लगाउने राजनीति धेरै दिन नटिक्ने बताए । सबैलाई समन्वय गरेर अभिभावकीय भूमिका निर्वाह गर्नु पर्ने दायित्व भएको सरकारले सरकारी...
एनपिएल: विराटनगर किङ्सविरुद्ध काठमाण्डु गोखार्जको सहज जित

एनपिएल: विराटनगर किङ्सविरुद्ध काठमाण्डु गोखार्जको सहज जित

काठमाण्डुले पछिल्लो खेलमा कर्णाली याक्सलाई चार विकेटले हराएको थियो । आजको खेलमा विराटनगरले दिएको ८४ रनको झिनो लक्ष्य काठमाण्डुले नौ दशमलव चार ओभरमा एक विकेटको क्षतिमा भेट्टायो ।
प्रहरीलाई कसले चलाउँछ ? सर्वोच्चले कार्कीलाई पुनर्बहालीको आदेश दिए के हुन्छ ?

प्रहरीलाई कसले चलाउँछ ? सर्वोच्चले कार्कीलाई पुनर्बहालीको आदेश दिए के हुन्छ ?

त्यसैले त प्रश्न उठिरहन्छ– आखिर प्रहरीलाई कसले चलाउँछ ? प्रश्न यत्ति मात्रै छैन, अरु पनि छन् । प्रहरीमा राजनीतिक हस्तक्षेप किन भइरहन्छ ? प्रहरीलाई ऐन–कानुन र नियमावलीले सञ्चालन...
सभापति रवि लामिछानेसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट

सभापति रवि लामिछानेसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट

भेटवार्तामा सभापति लामिछाने र विदेश सचिव मिस्रीबीच नेपाल तथा भारतबीचको बहुआयामिक सम्बन्धका विषयमा कुराकानी भएको थियो । उनीहरूले दुई मुलुकबीचको गहिरो सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा पनि छलफल...