नेभिगेशन
पूर्वाधार

बालेन सरकारको नयाँ नियम! अब सबै सवारीको जिपिएस ट्रयाकिङ, डिजिटल ट्रयाकिङमा नआउनेलाई एक लाखसम्म जरिवाना

काठमाडौँ । सरकारले सबै सार्वजनिक सवारीको डिजिटल ट्रयाक गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदबाट निर्णय गरी कानुन बनाइ दिन विधेयक संसदमा पठाएको छ । 

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधि सभामा दर्ता गराएको अर्थ सम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयकमा सार्वजनिक, निजी तथा मालवाहक सवारीको डिजिटल अनुगमन गर्ने प्रस्ताव छ । विधेयक पारित भएर कानुन बनेपछि सरकारले सबै सार्वजनिक सवारीको डिजिटल ट्रयाक गर्ने निर्णयलाई कार्यान्वयन गर्न वैधता पाउनेछ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

डिजिटल ट्रयाकिङ सिस्टमभित्र यान्त्रिक शक्तिबाट चल्ने यात्रुबाहक साधन, मालसामान ओसारपोसार गर्ने काममा प्रयोग हुने लरी, ट्रक, मिनि ट्रक, कन्टेनर, बुलेट ट्याङ्कर पिकअप भ्यान तथा ट्र्याक्टर लगायत सवारी पर्नेछन् । 

Marvel
Extreme Energy

विधेयकमा मूल्य अभिवृद्धि कर ऐन २०५२ को दफा २८ पछि क थपेर यो व्यवस्था राख्दै अनुगमन प्रणालीमा प्रविष्ट गर्नुपर्ने भनिएको छ । २८क(१) मा भनिएको छ, 'कानून बमोजिम दर्ता भएको ढुवानीको साधनबाट व्यावसायिक प्रयोजनका लागि मालसामानको ढुवानी गर्दा सोको विवरण वेबमा आधारित अनलाइन ढुवानी साधन अनुगमन प्रणालीमा प्रविष्ट गरी ढुवानी गर्नु पर्नेछ।' 

उपदफा (२) मा ढुवानीको साधन प्रयोगकर्ताले मालसामान घोषणाको मुद्रण प्रति र विभागले तोकेको कागजात ढुवानी अवधिभर आफ्नो साथमा राख्नु पर्ने भनिएको छ । 

उपदफा (३) मा नेपालभित्र दर्ता भएको वा दर्ता हुने ढुवानीको साधन धनीले विभागले तोकेको मापदण्ड अनुसारको भू-अवस्थिति देखाउने चालु अवस्थाको यन्त्र (जिपिएस डिभाइस) को सिलसिलेवार नम्बर विभागमा दर्ता गरी आफ्नो ढुवानीको साधनमा जडान गर्नु पर्नेछ । 

उपदफा (४) मा कुनै किसिमको ढुवानीको साधन वा कुनै स्थानमा चल्ने ढुवानी साधनमा भू-अवस्थिति देखाउने चालु अवस्थाको यन्त्र (जिपिएस डिभाइस) जडान गर्नु नपर्ने गरी विभागले तोक्न सक्ने विशेष अवस्था पनि परिकल्पना गरिएको छ । 

उपदफा (५) मा ढुवानी विवरण वेबमा आधारित अनलाइन ढुवानी साधन अनुगमन प्रणालीमा प्रविष्ट भए नभएको सम्बन्धमा विभागले नियमित रुपमा अनुगमन गर्न वा गराउन सक्ने उल्लेख छ । 

उपदफा (६) मा उल्लिखित व्यवस्थाको विपरीत कार्य गर्ने सम्बन्धित ढुवानीको साधन धनी वा त्यसको प्रयोगकर्तालाई कर अधिकृतले पहिलो पटकको लागि ५० हजार रुपैयाँसम्म र त्यसपछि पटकै पिच्छे एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने भनिएको छ । 

कानुनबमोजिम दर्ता भएको ढुवानीको साधनबाट मात्र सामग्री ढुवानी गरी ढुवानीलाई सुरक्षित बनाउन आवश्यक रहेकाले यो निर्णय भएको अर्थमन्त्री वाग्लेले विधेयकमा उल्लेख गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप पूर्वाधार
भोटेकोशी बाढीबाट पाठ सिकेर पूर्वसूचनामा सरकारले मार्दैछ फड्को, के हाे 'सेल ब्रोडकास्ट सिस्टम' ?

भोटेकोशी बाढीबाट पाठ सिकेर पूर्वसूचनामा सरकारले मार्दैछ फड्को, के हाे 'सेल ब्रोडकास्ट सिस्टम' ?

यो महाविनाश नसोचेको विपत्ति थियो। धेरै जना भाग्दा भाग्दै बगे भने धेरैले पत्तो नै पाएनन् । घटना कुनै रातिमा भएको थिएन, सबै ब्युझिसकेपछि झलमल्ल उज्यालोमा भएको थियो ।...
परिवारका नाममा जग्गा भेटिएपछि बोडेको होल्डिङ सेन्टरमा बसेकालाई २ दिनभित्र खाली गर्न निर्देशन

परिवारका नाममा जग्गा भेटिएपछि बोडेको होल्डिङ सेन्टरमा बसेकालाई २ दिनभित्र खाली गर्न निर्देशन

जिल्ला प्रशासन कार्यालय भक्तपुरले सूचना जारी गर्दै जग्गा देखिएका ७ परिवारलाई होल्डिङ सेन्टर खाली गर्न भनेको हो । भूमि व्यवस्थापन तथा अभिलेख विभाग र स्थानीय पालिकाबाट प्राप्त विवरणअनुसार...
विभिन्न दलका नेता तथा युवासहित १२ जना रास्वपामा प्रवेश

विभिन्न दलका नेता तथा युवासहित १२ जना रास्वपामा प्रवेश

विभिन्न राजनीतिक दलका नेता, व्यवसायी तथा युवासहित १२ जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
दानबहादुर कार्कीलाई आईजीपीबाट हटाउने निर्णयविरुद्ध अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

दानबहादुर कार्कीलाई आईजीपीबाट हटाउने निर्णयविरुद्ध अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

सर्वोच्च अदालतले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।

भर्खरै