नेभिगेशन
समाज

बजेटलगायतका समस्या समाधान गर्न मधेश प्रदेशमा कार्यदल गठन

काठमाडौँ । मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलगायतका विषयमा देखिएका समस्या समाधान गर्न कार्यदल गठन गरिएको छ ।

मधेश प्रदेशसभाको आइतबारको बैठकमा सभामुख रामअशिष यादवले आजैदेखि कार्य प्रारम्भ गर्ने गरी प्रदेशसभा सदस्यहरु उपेन्द्र महतो, हरिनारायण महतो, जंगीलाल राय, प्रमोदकुमार यादव, सञ्जयकुमार यादव, बिमला अन्सारी तरुन्म र सरिताकुमारी ठाकुर रहने गरी कार्यदल गठन गरिएको घोषणा गरेका हुन् । कार्यदलले कार्यविधि आफै निर्माण गर्नेछ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

साथै आइतबारको बैठकमा प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईले प्रदेश सरकारको विनियोजन विद्येयक २०८३ प्रस्तुत गरे । यस्तै बैठकमा प्रदेशसभा सदस्य रविन्द्र श्रेष्ठले पेश गरेको मधेश प्रदेशसभा नियमवलीको नियम १३५ को उपनियम (२) र (३) निलम्बन गर्ने प्रस्ताव बहुमतले स्वीकृत भएको सभामुख यादवले घोषणा गरे ।

Ncell
Extreme Energy

सो दुबै उपनियम निलम्ब भएसँगै सभामुख यादवले आजको कार्यसूचीमा रहेका अन्य विषयहरु हटाए । प्रदेशसभाको अर्को बैठक यही असार ३० गते मंगलवार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ ।

यही असार १ गते प्रदेश सरकारले प्रस्तुत गरेको विनियोजन विद्येयकमाथिको छलफल गर्न असार १७ गते आह्वान गरेको प्रदेशसभाको बैठकमा प्रतिपक्ष दल जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले बजेट संशोधनको मागसहित बैठक अवरुद्ध गरेपछि सभामुख यादवले बैठक अर्को सूचना नहुञ्जेलसम्मका लागि बैठक स्थगित गरेका थिए ।

मधेश प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईले प्रदेशसभाको बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ मा कृषि नवप्रर्तन, उद्यमशीलता प्रबर्द्धन, शिक्षा, स्वास्थ्यलाई प्राथमिकतामा राख्दै रु। ४१ अर्ब १३ करोड ८६ लाखको बजेट प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पर्वतको मोदीखोलामा बाढी, सतर्कता अपनाउन आग्रह

पर्वतको मोदीखोलामा बाढी, सतर्कता अपनाउन आग्रह

बाढीले कास्की क्षेत्रका विभिन्न स्थानमा क्षतिसमेत पुर्‍याएको छ । मोदीखोलामा दिउँसो ३ः०० बजेदेखि पानीको सतह बढेपछि सतर्कता अपनाउन आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्वत, मोदी गाउँपालिकाले...
बालबालिकामाथि यौनजन्य क्रियाकलाप आरोपमा एक जना पक्राउ

बालबालिकामाथि यौनजन्य क्रियाकलाप आरोपमा एक जना पक्राउ

श्रेष्ठले आफ्नो होटल नमस्ते मिलिजुली खाजा घरमा काम गर्ने १७ वर्षीया बालिकामाथि यौनजन्य क्रियाकलाप गरेको आरोपमा पक्राउ गरिएको हो । श्रेष्ठले बालिकालाई शारीरिक सम्बन्ध कायम राख्नका लागि रु...
सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन खोज्योः  दुर्गा प्रसाईं

सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन खोज्योः दुर्गा प्रसाईं

निवासमा आयोजित पत्रकार सम्मेलनमा प्रसाईंले बैंक तथा वित्तीय संस्थाको चर्को ब्याज र काठमाडौँ महानगरको अव्यावहारिक जरिवानाका कारण सर्वसाधारण र गरिब जनताहरू आत्महत्या गर्न बाध्य भएको बताउदै गणेश नेपालीको...
सरकार र गणेश नेपालीका परिवारबीच ९ बुँदे सहमति

सरकार र गणेश नेपालीका परिवारबीच ९ बुँदे सहमति

सरकार र गणेश नेपालीका परिवारबीच ९ बुँदे सहमति भएको छ । सहमतिसँगै परिवारले गणेश नेपालीको शव बुझ्ने भएको छ ।