नेभिगेशन
फुटबल

अर्जेन्टिना भर्सेस इंग्ल्यान्डः तिक्ततापूर्ण इतिहास, खेललाई युद्ध र बदलासँग नजोड्न अपिल

काठमाडौँ । तीन पटकको विजेता अर्जेन्टिना र एक पटकको च्याम्पियन इंग्ल्यान्डबीचको सेमिफाइनल खेल बुधबार राति एटलान्टामा हुँदैछ । फिफा विश्वकपको यस खेललाई लिएर विभिन्न अड्कलबाजी सुरु भएका छन् । धेरैले यो खेललाई अर्जेन्टिना र इंग्ल्यान्डबीचको ४० वर्ष अघिको भेटलाई जोडेका छन् । त्यही बदला भावनामा खेल हुनपर्ने माग गरिरहेका छन् ।

तर, अर्जेन्टिनाका युद्ध दिग्गजहरुको समूहले फुटबल समर्थकलाई फुटबलतर्फ ध्यान केन्द्रित गर्न आग्रह गरेका छन् । अर्जेन्टिनाको युद्ध अनुभवी महासंघले सेमिफाइनलमा खेलमै केन्द्रित हुन अनुरोध गर्दै दक्षिण एटलान्टिक द्विपको संप्रभुताको दाबी नगर्न आग्रह गरे । उनीहरुले एटलान्टाको मैदान कुनै युद्धलाई लिएर दाबी गर्ने स्थान नभएको पनि प्रष्ट पारेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अर्जेन्टिना र ब्रिटेनबीच सन् १९८२ मा फकल्यान्ड र अर्जेन्टिनाको माल्विनास नाम गरिएको द्धिपको लागि लडाई भएको थियो । जसमा ६४९ अर्जेन्टिनी सैनिक तथा २५५ ब्रिटिश लडाकु मारिएका थिए । यो युद्धको चार वर्षपछि इंग्ल्यान्ड र अर्जेन्टिना विश्वकपमा प्रतिस्पर्धा गरेका थिए । 

Ncell
Extreme Energy

क्वार्टरफाइनलमा अर्जेन्टिनाले इंग्ल्यान्डलाई २–१ ले हरायो । जहाँ डिअगो म्यारोडोनाले हातले गोल गरेका थिए । जुन जितलाई युद्धको बदला लिएको दाबी गरिएको थियो । त्यसैले यो गोल निकै विवाद र चर्चित  भइरह्यो । फाइनलमा अर्जेन्टिनाले वेष्ट जर्मनीलाई हराउँदै दोस्रो पटक उपाधि जितेको हो । यो खेलपछि नै अर्जेन्टिना र इंग्ल्यान्डको खेललाई निकै ठूलो प्रतिद्वन्द्वीबीचको लडाई मानिन्छ । 

युद्ध अनुभवी महासंघले द्वन्द्वमा मारिएका अर्जेन्टिनी सैनिकहरुको सम्झनामा सम्मान गर्न आग्रह गर्दै कुनै हिंसात्मक कार्य नगर्न पनि अनुरोध गरेका छन् । उनीहरुले यो भिडन्त कुनै ऐतिहासिक सशस्त्र युद्ध नभएको पनि प्रष्ट पारेका छन् । 
 
विश्वकप चलिरहँदा अर्जेन्टिनाका समर्थकले खेलाडी, डिएगो म्याराडोना र लियोनल मेसीको ब्यानर, ड्रम, बाजा लिएर चौथो उपाधि जित्न एक गीत गाइरहेका छन् । यद्यपि, खेलअघि अर्जेन्टिनाका खेलाडी तथा कोचिङ स्टाफले प्रतिद्वन्द्वीताको चर्चा शान्त पार्ने कोशिस गरेका छन् । अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कोलानीले एटलान्टामा खेल खेल्दा दुबै पक्ष फुटबलमै केन्द्रित हुने र युद्धको दाबी गर्न नहुने बताउँछन् ।  

इंग्ल्यान्ड गोलकिपर जोर्डन पिकफोर्डले सोमबार सेमिफाइनल मात्र फुटबल केन्द्रित खेल हुने बताएका छन् । ‘सेमिफाइनलमा दुई गौरवशाली राष्ट्र प्रतिस्पर्धा गर्दैछन् । यहाँ मात्र फुटबलको कुरा हुन्छन् ।’

इंग्ल्यान्ड र अर्जेन्टिनाबीच अन्तर्राष्ट्रिय चर्चित खेल सन् १९८६ मा भएको थियो । तत्कालिन क्वार्टरफाइनलसहित केही चर्चित खेल भएका छन् । जसमा म्यारोडोनाका निकै प्रसिद्ध ह्यान्ड अफ गड पनि समेल रहेको छ । 
अर्जेन्टिनाले स्विजरल्यान्डको चुनौती ३–१ ले तथा इंग्ल्यान्डले नर्वेलाई २–१ ले पराजित गर्दै सेमिफाइनल भेट पक्का गरेका हुन् । कप्तान लियोनल मेसीले आफ्नो करियरमा पहिलो पटक इंग्ल्यान्डको सामना गर्र्दैछन् । उनी जारी विश्वकपमा ८ गोलसहित उच्च गोलकर्ताको दौडमा छन् । 

यस्तै, सर्वाधिक गोलकर्तातर्फ समेत मेसी २१ गोलसहित अगाडि छन् । यो पटक मेसीपछि इंग्ल्यान्डका कप्तान ह्यारी केन र जुड वेलिंघमले समान ६ गोल गरेका छन् । यी तीन खेलाडीसँगै फ्रान्सका कप्तान केलिएन एम्बाप्पे (आठ) पनि उच्च गालकर्ताको दौडमा रहेका छन् । 

सेमिफाइनलको खेल आज राति फ्रान्स र स्पेनबीचको प्रतिस्पर्धासँगै सुरु हुनेछ । पहिलो पटक फिफा वरियतामा शीर्ष चारमा रहेको चार टोली सेमिफाइनल पुगेका हुन् । सेमिफाइनल पुगेका चारै टिम अपराजित यात्रा कायम राख्न सफल भएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप फुटबल
पद्‍मा अर्यालको माग– तत्काल उच्चस्तरीय संसदीय समिति बनाइयोस्

पद्‍मा अर्यालको माग– तत्काल उच्चस्तरीय संसदीय समिति बनाइयोस्

नेकपा (एमाले) संसदीय दलका उपनेता पद्‍माकुमारी अर्यालले रसुवाको भोटेकोशी बाढीपछिको राहत, खोज, उद्धार, पुनःनिर्माण र पुनःस्थापनाका लागि उच्चस्तरीय संसदीय समिति गठन गर्न माग गरेकी छन् ।
एक वर्षमा ७ खर्ब २० अर्बको घरजग्गाको कारोबार

एक वर्षमा ७ खर्ब २० अर्बको घरजग्गाको कारोबार

गत आर्थिक वर्षमा ७ खर्ब २० अर्ब ८६ करोड रुपैयाँ बराबरको घरजग्गाको कारोबार भएको जनाएको छ ।
आईसीयूमा अन्तर्वार्ताः संसदमा उठ्यो प्रोटोकलको प्रश्न

आईसीयूमा अन्तर्वार्ताः संसदमा उठ्यो प्रोटोकलको प्रश्न

आज बसेको प्रतिनिधिसभाको बैठकमा रास्वपा सांसद समीक्षा बाँस्कोटाले रसुवा बाढी परेर उद्धार गरिएका व्यक्तिको आईसीयूमा अन्तर्वार्ता लिएको विषयप्रति आपत्ति जनाइन् ।
नुवाकोटका बाढीपीडितलाई युगान्डाबाट आएका नेपालीको सहयोगमा बाँडियो राहत

नुवाकोटका बाढीपीडितलाई युगान्डाबाट आएका नेपालीको सहयोगमा बाँडियो राहत

नुवाकोटको देवीघाट र ढुङ्गे क्षेत्रका बाढीपीडित परिवारलाई ग्यास सिलिन्डर, चुलो, टेन्टलगायत राहत सामग्री वितरण गरिएको छ।