नेभिगेशन
समाज

मिटरब्याज पीडितद्वारा सरकारलाई ६ बुँदे मागपत्र

काठमाडौँ । मिटरब्याज पीडितहरुले नेपाल सरकारसमक्ष आफ्ना ६ बुँदे मागपत्र बुझाएको छन् ।

मंगलबार निजगढमा गृहमन्त्री सुधन गुरुङ र मिटरब्याज पीडितबीच भएको सम्वादमा क्रममा मिटरब्याज पीडितहरुले ६ बुँदे मागपत्र बुझाएका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनीहरुले मागपत्रमा फर्जी लिखत खारेज गर्नुपर्ने, मिटरव्याज विरुद्ध शक्तिशाली विशेष ऐन निर्माण गर्नुपर्ने, मिटरब्याज विरुद्ध न्यायधिकरण गठन गर्नुपर्ने, सुदखोरको सम्पत्ती छानविन गर्नुपर्ने, पीडितको सम्पत्ती फिर्ता गर्नुपर्ने र न्यायपूर्ण आर्थिक कारोवार सुनिश्चित गर्नुपर्ने माग प्रस्तुत गरेका थिए ।

Ncell
Extreme Energy

न्यायका लागि जनकपुरदेखि सुरु भएको मिटरब्याज पीडितहरुको काठमाडौँ सम्मको पैदल मार्च मंगलबार निजगढ पुगेका बेला गृहमन्त्री गुरुङले उनीहरुसंग निजगढमा सम्वाद गरेका थिए ।

यी हुन् मिटरब्याज पीडितका मागहरु

१) फर्जी लिखत खारेज गरः
मिटरव्याजसँग सम्बन्धित सम्पूर्ण फर्जी लिखत (तमसुक, दृष्टिवन्धक, रजिष्ट्रेसन (छिनुवा) पास, फर्जी चेक आदि) मन्त्रीपरिषद् स्तरीय निर्णयबाट अवैध घोषणा गर्नुपर्ने,

२) मिटरव्याज विरुद्ध शक्तिशाली विशेष ऐन निर्माण गरः
मिटरब्याज अपराध उन्मुलनको प्रतिवद्धता सहित राजनितिक घोषणा गरी त्यस विरुद्ध शक्तिशाली विशेष ऐन जारी गर्नुपर्ने ।

३) मिटरब्याज विरुद्ध न्यायधिकरण गठन गरः
(क) फर्जी लिखतका आधारमा अदालतमा मिटरव्याजसँग सम्बन्धित मुद्धाको दर्ता तथा सम्पूर्ण अदालती प्रकृयालाई पीडितमैत्री बनाउन मिटरब्याज विरुद्ध न्यायधिकरण गठन गर्नुपर्ने,
(ख) साहुमहाजनले पीडितमाची दायर गरेका मुद्धाको प्रक्रिया तथा पीडितमाथी जारी भएको पक्राउ पुर्जी स्थगित गर्ने र फैसला भइसकेका मुद्धाको पुनरावलोकन गर्नुपर्ने साथै फर्जी लिखतका आधारमा पकाउ परेका पीडितको क्षतिपूर्ती सहित स–सम्मान रिहाइ गर्नुपर्ने,
(ग) पीडितको न्यायीक, प्रशासनिक तथा सम्पत्ती फिर्ती लगायतका प्रक्रियालाई सहज बनाउन गृह मन्त्रालय अन्तर्गत अन्तरनिकाय निगरानी ईकाई (मिटरब्याज विरुद्ध अभियान शाखा) गठन गर्नुपर्ने ।

४) सुदखोरको सम्पत्ती छानविन गर
मिटरव्याजी साहुमाथी पीडितको उजुरीको आधारमा साहुले मिटरब्याजमा गरेको अवैध असली, सदखोरी, जालसाँझी, बाध्यकारी चेक (चेक बाउन्स), फर्जी तमसुक (दृष्टिवन्धक, रजिष्ट्रेसन, छिनुवा पास) आदि माफर्त जोडेका अकुत सम्पत्तिको शुद्धिकरण विरुद्ध छानविन गर्नुपर्ने, उजुरी तथा विवाद छानविन गर्दा साहु दिएको भनि दाबि गरिने रकमको बैंक स्टेटमेन्ट अनिवार्य गर्ने ।

५) पीडितको सम्पत्ती फिर्ता गर
साहु महाजनले असुल गरेका चल र हडपेका अचल सम्पत्ती पीडितलाई फिर्ता गर्ने र उनीहरुद्वारा भएका गराइएका पीडितको हत्या, दुर्व्यवहार, महिलामाथि हुने ज्यादती तथा यौन हिंसा तथा मानवअधिकार उल्लंघनका अन्य घटनाको गम्भीर छानविन गर्दै कारवाही गर्नुपर्ने तथा पीडितलाई न्यायोचित क्षतिपूर्तीको व्यवस्था गर्नुपर्ने। सम्पत्ती फिर्ता गर्ने प्रक्रियामा सरकारले असुल गर्ने तथा अदालतमा लाग्ने दस्तुर छुट गर्ने ।

६) न्यायपूर्ण आर्थिक कारोवार सुनिश्चित गर
पीडितले गैह्रकानुनी व्याजदरमा ऋण लिनुपर्ने कारणको पहिचान गर्दै शोषित तथा उत्पीडित वर्ग, समुदाय, उद्यमी तथा साना व्यवसायी लक्षित न्यायपूर्ण आर्थिक कारोबार सुनिश्चित गर्न अस्थायी राहत एवम् सहुलियतपूर्ण वित्तीय कार्यक्रम ल्याउनु पर्ने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एमाले सचिवालय बैठकमा उठेका दुई कुरा

एमाले सचिवालय बैठकमा उठेका दुई कुरा

नेकपा एमालेको आइतबार बसेको सचिवालय बैठकमा पुनर्गठनको प्रश्न उठेको छ। उपाध्यक्ष गोकर्ण विष्ट, रघुजी पन्त, उपमहासचिव योगेश भट्टराईले आज पनि पार्टी पुनर्गठनमा जोड दिएको एक नेताले बताए।
त्रिशूली–१ को टनेलबाट १३ शव निकालियो, बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको खोजी जारी

त्रिशूली–१ को टनेलबाट १३ शव निकालियो, बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको खोजी जारी

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ टनेलमा फेला परेका १३ वटा शव हेलिकप्टरमार्फत त्रिशूली ल्याइएको छ। टनेलमा अझै खोज तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ।
यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान, प्रधानमन्त्री शाह मंगलबार जाँदै

यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान, प्रधानमन्त्री शाह मंगलबार जाँदै

संयुक्त राष्ट्रसंघ (यूएन) को ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली टोली आइतबार साँझ अमेरिकाको न्युयोर्क प्रस्थान गरेको छ।
‘बंगालको खाडीमा विकसित पानी पार्ने प्रणाली बलियो बन्दैछ, नेपालमा यसको असरबारे अहिले नै यकिन गर्न सकिँदैन’

‘बंगालको खाडीमा विकसित पानी पार्ने प्रणाली बलियो बन्दैछ, नेपालमा यसको असरबारे अहिले नै यकिन गर्न सकिँदैन’

बंगालको खाडीको पूर्वी भू–भागमा विकसित न्यून चापीय प्रणाली थप बलियो बन्दै पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने प्रक्षेपण गरिएको छ। उक्त प्रणालीका कारण नेपालमा वर्षा हुने सम्भावना रहे पनि वर्षाको जोखिम र...