नेभिगेशन
नेताका कुरा

कांग्रेसले छाड्यो एमाले नेतृत्वको कर्णाली सरकार, चार मन्त्रीले दिए राजीनामा

काठमाडौँ । नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकार छाडेको छ ।

एमाले नेता यामलाल कँडेलको नेतृत्वमा रहेको सरकार बुधबार छोड्दै कांग्रेसबाट प्रतिनिधित्व गरेका चारजना मन्त्रीले राजीनामा दिएका छन् । मन्त्रीहरु घनश्याम भण्डारी, राजीवविक्रम शाह, सुरेश अधिकारी र विजया बुढाले बुधबार विहान मुख्यमन्त्री कँडेललाई राजीनामा बुझाएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सात सदस्यीय मन्त्रिपरिषद्मा एमालेको मुख्यमन्त्रीसहित तीन मन्त्री छन् । 

Ncell
Extreme Energy

कांग्रेस कर्णाली प्रदेशसभा संसदीय दलका नेता जीवनबहादुर शाहीले आलोपालो सरकार चलाउने सहमति कार्यान्वयन नहुँदा सरकार छोडेको बताए । उनकाअनुसार सरकार गठन हुँदा आलोपालो गर्ने सहमति भएको थियो । 

'हामीले बजेट पछाडि छाड्छौ भनेर मुख्यमन्त्री यमलाल कँडेललाई भनेका थियौ । सल्लाह भएरै छाडेका हौं । बजेट १९ गते नै पास भइसकेको थियो,' उनले भने । 

अब सरकारको नेतृत्व खोज्नुभएको भन्ने प्रश्नमा उनले थपे, 'आलोपालोको समझदारी भएको थियो । हामीले एमालेको नेतृत्वलाई आलोपालोको समझदारी बनेको थियो नि भनेर सम्झाउने कुरा हुन्छ । उहाँहरुले त्यसलाई कसरी लिनुहुन्छ, अब यसबारेमा थप छलफल गर्दैछौं ।' 

४० सदस्यीय कर्णाली प्रदेशसभामा कांग्रेस १४ नेकपा १४ एमाले १० स्वतन्त्र र राप्रपा १/१ जना छन् । कांग्रेसले साथ छाडेसँगै एमाले सरकार अल्पमतमा परेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल पदबाट बर्खास्त

सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल पदबाट बर्खास्त

विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर उल्लंघन गरेको, बराबर अनुशासनहीन काम गरेको र नेपाल सरकार वा आफू कार्यरत संगठनको मान...
करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

प्रोत्साहन कार्यक्रममार्फत बिल लिने संस्कार विकास भएसँगै व्यापारीहरू बिल जारी गर्न हिचकिचाएको भन्ने गुनासो आएको भन्दै उनले उनीहरूलाई पनि प्रोत्साहन गर्न जरुरी रहेको बताए । "बिल लिनुपर्छ भन्ने...
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

उक्त क्षेत्रको नापजाँच कार्य २०६९।७० सालमै सम्पन्न भएको थियो। तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण...

भर्खरै