नेभिगेशन
समाज

कांग्रेस सांसद गीता गुरुङले भनिन्– सरकारले ९ जना सुकुम्बासीको ज्यान लियो

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद गीता गुरूङले सरकारको सुकुम्बासी व्यवस्थापन नीति र त्यसका क्रममा भएका घटनाप्रति कडा आपत्ति जनाएकी छन्।

आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद गुरूङले सुकुम्बासी बस्तीमा डोजर चलाउने सरकारी कदमले मानवीय संवेदनाको खिल्ली उडाएको र यसबाट हालसम्म ९ जनाले ज्यान गुमाएको दाबी गरिन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले सरकारले लिएको अव्यावहारिक नीतिका कारण ज्यान गुमाउनेमा १८ महिनाको शिशुदेखि ७५ वर्षका वृद्धवृद्धासम्म रहेको भन्दै यसलाई राज्य संयन्त्रद्वारा गरिएको ुसंस्थागत हत्याु को संज्ञा दिइन्। सरकारको उक्त कार्यको निन्दा गर्दै उनले घटनामा मृत्यु हुनेहरूको नामावलीसमेत सार्वजनिक गरिन् ।

Ncell
Extreme Energy

उनका अनुसार, रबिन तामाङ (१८ वर्ष), इन्द्रबहादुर राई (५७ वर्ष), कमला बलमपाखी (५० वर्ष), कर्णबहादुर श्रेष्ठ (६८ वर्ष), भेषराज दर्जी (३६ वर्ष), पार्वती विक (६६ वर्ष), सुशीला थापा मगर (३९ वर्ष), रतनदेवी मलहानी (७५ वर्ष) र उज्वल तामाङ (१८ महिना) को यसबीचमा मृत्यु भएको छ ।

सांसद गुरूङले सुकुम्बासी व्यवस्थापनमा देखिएको सरकारी कमजोरी र संवेदनहीनताले देशमा गम्भीर प्रश्न खडा गरेको बताइन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एमाले सचिवालय बैठकमा उठेका दुई कुरा

एमाले सचिवालय बैठकमा उठेका दुई कुरा

नेकपा एमालेको आइतबार बसेको सचिवालय बैठकमा पुनर्गठनको प्रश्न उठेको छ। उपाध्यक्ष गोकर्ण विष्ट, रघुजी पन्त, उपमहासचिव योगेश भट्टराईले आज पनि पार्टी पुनर्गठनमा जोड दिएको एक नेताले बताए।
त्रिशूली–१ को टनेलबाट १३ शव निकालियो, बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको खोजी जारी

त्रिशूली–१ को टनेलबाट १३ शव निकालियो, बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको खोजी जारी

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ टनेलमा फेला परेका १३ वटा शव हेलिकप्टरमार्फत त्रिशूली ल्याइएको छ। टनेलमा अझै खोज तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ।
यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान, प्रधानमन्त्री शाह मंगलबार जाँदै

यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान, प्रधानमन्त्री शाह मंगलबार जाँदै

संयुक्त राष्ट्रसंघ (यूएन) को ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली टोली आइतबार साँझ अमेरिकाको न्युयोर्क प्रस्थान गरेको छ।
‘बंगालको खाडीमा विकसित पानी पार्ने प्रणाली बलियो बन्दैछ, नेपालमा यसको असरबारे अहिले नै यकिन गर्न सकिँदैन’

‘बंगालको खाडीमा विकसित पानी पार्ने प्रणाली बलियो बन्दैछ, नेपालमा यसको असरबारे अहिले नै यकिन गर्न सकिँदैन’

बंगालको खाडीको पूर्वी भू–भागमा विकसित न्यून चापीय प्रणाली थप बलियो बन्दै पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने प्रक्षेपण गरिएको छ। उक्त प्रणालीका कारण नेपालमा वर्षा हुने सम्भावना रहे पनि वर्षाको जोखिम र...