नेभिगेशन
समाज

बाध्यकारी श्रम महासन्धिको प्रोटोकल नं २९ संसद् मार्फत अनुमोदित

काठमाडौँ । प्रतिनिधिसभाको बुधबारको बैठकबाट ‘अन्तरराष्ट्रिय श्रम सङ्गठनको बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं २९ सर्वसम्मतिले अनुमोदन भएको छ ।

बैठकमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सो प्रोटोकल नं २९ का प्रावधानलाई अनुमोदनका लागि प्रस्ताव गरेका थिए । छलफलमा उठेका विषयमा जवाफ दिँदै मन्त्री यादवले सांसदहरूका सुझावलाई ग्रहण गर्दै आगामी दिनका श्रमसम्बन्धी नीति र कानुनमा आवश्यक संशोधन गर्दै प्रभावकारी कार्यान्वयन गर्ने बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सो प्रस्तावमाथिको छलफलमा सांसदहरू प्रकाश पाठक, रीना उप्रेती, माधवबहादुर थापा, नरेन्द्रकुमार केरुङ, श्रद्धा कुँवर क्षेत्री, डा अर्जुनकुमार कार्की, अशोककुमार चौधरी, ज्ञानु पौडेल, गङ्गालक्ष्मी अवाल, शाहजान खातुन, गुरु बराल, कृष्णहरि बुढाथोकी, गणेशबहादुर विश्वकर्मा र  अमृता विकले भाग लिए ।

Ncell
Extreme Energy

सांसदहरुले एकातिर अन्तररष्ट्रिय श्रम प्रोटोकल पारित गर्ने र अर्कातिर श्रम सङ्गठनहरू खारेज गर्ने सोच एकापसमा मेल नखाने टिप्पणी गर्दै श्रम शक्तिले राष्ट्र निर्माण हुन्छ भन्ने मान्यताका साथ रोजगारदाता र श्रमिकबीच सरकारले समन्वय बढाउनुपर्ने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एमाले सचिवालय बैठकमा उठेका दुई कुरा

एमाले सचिवालय बैठकमा उठेका दुई कुरा

नेकपा एमालेको आइतबार बसेको सचिवालय बैठकमा पुनर्गठनको प्रश्न उठेको छ। उपाध्यक्ष गोकर्ण विष्ट, रघुजी पन्त, उपमहासचिव योगेश भट्टराईले आज पनि पार्टी पुनर्गठनमा जोड दिएको एक नेताले बताए।
त्रिशूली–१ को टनेलबाट १३ शव निकालियो, बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको खोजी जारी

त्रिशूली–१ को टनेलबाट १३ शव निकालियो, बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको खोजी जारी

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ टनेलमा फेला परेका १३ वटा शव हेलिकप्टरमार्फत त्रिशूली ल्याइएको छ। टनेलमा अझै खोज तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ।
यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान, प्रधानमन्त्री शाह मंगलबार जाँदै

यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान, प्रधानमन्त्री शाह मंगलबार जाँदै

संयुक्त राष्ट्रसंघ (यूएन) को ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली टोली आइतबार साँझ अमेरिकाको न्युयोर्क प्रस्थान गरेको छ।
‘बंगालको खाडीमा विकसित पानी पार्ने प्रणाली बलियो बन्दैछ, नेपालमा यसको असरबारे अहिले नै यकिन गर्न सकिँदैन’

‘बंगालको खाडीमा विकसित पानी पार्ने प्रणाली बलियो बन्दैछ, नेपालमा यसको असरबारे अहिले नै यकिन गर्न सकिँदैन’

बंगालको खाडीको पूर्वी भू–भागमा विकसित न्यून चापीय प्रणाली थप बलियो बन्दै पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने प्रक्षेपण गरिएको छ। उक्त प्रणालीका कारण नेपालमा वर्षा हुने सम्भावना रहे पनि वर्षाको जोखिम र...