नेभिगेशन
समाज

भारतीय विश्वविद्यालयबाट डिग्री लिएका ११४ विद्यार्थीको समकक्षता रद्द

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले भारतीय विश्वविद्यालयबाट डिग्री लिएका ११४ विद्यार्थीको समकक्षता रद्द गरेको छ ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि) पाठ्यक्रम विकास केन्द्रलेबाट समकक्षता प्रदान गरेपनि छानविन समितिको रायबाट रद्द गनुपर्ने देखिएका भारत मेघालयको CMJ University, Jorabat र Techno Global University, Shillong, मणिपुरको Sangai International University तथा भारत भारखण्डको Pragyan International University बाट प्राप्त गरेका उपाधिको समकक्षता पत्रहरु रद्द गरिएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्रिवि पाठ्यक्रम विकास केन्द्रले रद्द गर्ने प्रकृया बमोजिम ३५ दिने सूचना गोरखापत्र दैनिकमा प्रकाशित गरिएकोमा सो ३५ दिन पनि व्यतित भइसकेकोमा सुचनामा उल्लेखित व्यक्तिले पेश गरेका कागजातवाट समकक्षता रद्द गर्नुनपर्ने आधार नभएकाले तपसिलमा उल्लेखित व्यक्तिहरुको नाममा जारी भएका समकक्षता पत्रहरु त्रिभूवन विश्वविद्यालय उपाधि मान्यता तथा समकक्षता सम्बन्धी विनियम २०८२ को विनियम २१ बमोजिम रद्द गरिएको जानकारी गराइएको छ ।

Ncell
Extreme Energy

यसरी समकक्षता प्राप्त गर्नेहरुमा अधिकांश मधेश प्रदेशका विद्यार्थीहरु रहेको त्रिवि पाठ्यक्रम विकास केन्द्रले जनाएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) पाठ्यक्रम विकास केन्द्रले विगत लामो समयदेखि गर्दै आएको उच्च शिक्षाको उपाधि समकक्षता निर्धारण गर्ने कार्य पूर्ण रूपमा बन्द समेत गरेको छ ।

त्रिवि पाठ्यक्रम विकास केन्द्रले एक सूचना प्रकाशित गर्दै ‘केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०८२’ को दफा २८ बमोजिम विश्वविद्यालय अनुदान आयोग ऐन, २०५० को दफा ६ मा संशोधन भएसँगै यो निर्णय गरिएको सुचनामा उल्लेख गरेको छ ।

भारतको सरकारी निकायले विश्वविद्यालयका शैक्षिक योग्यतालाई अवैधानिक भनेपछि त्रिविले आफूले दिएको समकक्षताबारे छानबनि गर्न समिति समेत बनाएको थियो । त्रिविले नयाँ कानुनी व्यवस्थाअनुसार अब उच्च शिक्षाको उपाधि समकक्षता निर्धारण गर्ने सम्पूर्ण जिम्मेवारी विश्वविद्यालय अनुदान आयोगलाई सुम्पिएको छ ।

यस नयाँ व्यवस्था कार्यान्वयनमा आएसँगै त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले मिति २०८३ साल साउन १ गतेदेखि समकक्षताका लागि नयाँ आवेदन लिन बन्द गरिसकेको जनाएको छ। 

त्यस्तै अब समकक्षता निर्धारणका लागि आवेदन दिन चाहने विद्यार्थी तथा सरोकारवालाहरूले विश्वविद्यालय अनुदान आयोगमा सम्पर्क गर्नुपर्ने जनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एमाले सचिवालय बैठकमा उठेका दुई कुरा

एमाले सचिवालय बैठकमा उठेका दुई कुरा

नेकपा एमालेको आइतबार बसेको सचिवालय बैठकमा पुनर्गठनको प्रश्न उठेको छ। उपाध्यक्ष गोकर्ण विष्ट, रघुजी पन्त, उपमहासचिव योगेश भट्टराईले आज पनि पार्टी पुनर्गठनमा जोड दिएको एक नेताले बताए।
त्रिशूली–१ को टनेलबाट १३ शव निकालियो, बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको खोजी जारी

त्रिशूली–१ को टनेलबाट १३ शव निकालियो, बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको खोजी जारी

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ टनेलमा फेला परेका १३ वटा शव हेलिकप्टरमार्फत त्रिशूली ल्याइएको छ। टनेलमा अझै खोज तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ।
यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान, प्रधानमन्त्री शाह मंगलबार जाँदै

यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान, प्रधानमन्त्री शाह मंगलबार जाँदै

संयुक्त राष्ट्रसंघ (यूएन) को ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली टोली आइतबार साँझ अमेरिकाको न्युयोर्क प्रस्थान गरेको छ।
‘बंगालको खाडीमा विकसित पानी पार्ने प्रणाली बलियो बन्दैछ, नेपालमा यसको असरबारे अहिले नै यकिन गर्न सकिँदैन’

‘बंगालको खाडीमा विकसित पानी पार्ने प्रणाली बलियो बन्दैछ, नेपालमा यसको असरबारे अहिले नै यकिन गर्न सकिँदैन’

बंगालको खाडीको पूर्वी भू–भागमा विकसित न्यून चापीय प्रणाली थप बलियो बन्दै पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने प्रक्षेपण गरिएको छ। उक्त प्रणालीका कारण नेपालमा वर्षा हुने सम्भावना रहे पनि वर्षाको जोखिम र...