नेभिगेशन
समाज

सांसदहरूले अब स्वकीय सचिव राख्न पाउने

काठमाडौँ  । संघीय संसदका सदस्यहरूले अब पुनः स्वकीय सचिव राख्न पाउने भएका छन् । मन्त्रिपरिषद्को  मंगलबारको बैठकले सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने निर्णय गरेको हो ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमका अनुसार, सरकारले 'संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३' को अनुसूची हेरफेर गर्दै स्वकीय सचिव राख्न पाउने विगतको व्यवस्थालाई ब्युँताएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अब यो निर्णय राजपत्रमा प्रकाशित भएसँगै औपचारिक रूपमा कार्यान्वयनमा आउनेछ।

Ncell
Extreme Energy

के छ व्यवस्था ?
मन्त्री गौतमले जानकारी दिएअनुसार, सांसदहरूले यसअघि पाउँदै आएको सुविधालाई नै पुनः निरन्तरता दिइएको हो । नयाँ व्यवस्थाअनुसार सांसदहरूले स्नातकसम्म अध्ययन गरेको व्यक्तिलाई 'अधिकृत सरहको' स्वकीय सचिवका रूपमा नियुक्त गर्न पाउनेछन् ।

यसअघि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा खारेज गरेको थियो । लामो समयदेखि सांसदहरूले यो माग उठाउँदै आएका थिए । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले अनुसूची हेरफेरको प्रस्ताव मन्त्रिपरिषद्मा लगे पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट केही समय उक्त प्रस्ताव अघि बढ्न सकेको थिएन ।

अन्ततः मन्त्रिपरिषद्को पछिल्लो निर्णयसँगै सांसदहरूका लागि स्वकीय सचिवको सुविधा सुनिश्चित भएको छ। राजपत्रमा सूचना प्रकाशित हुनासाथ सांसदहरूले स्वकीय सचिव नियुक्तिको प्रक्रिया सुरु गर्न सक्नेछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एमाले सचिवालय बैठकमा उठेका दुई कुरा

एमाले सचिवालय बैठकमा उठेका दुई कुरा

नेकपा एमालेको आइतबार बसेको सचिवालय बैठकमा पुनर्गठनको प्रश्न उठेको छ। उपाध्यक्ष गोकर्ण विष्ट, रघुजी पन्त, उपमहासचिव योगेश भट्टराईले आज पनि पार्टी पुनर्गठनमा जोड दिएको एक नेताले बताए।
त्रिशूली–१ को टनेलबाट १३ शव निकालियो, बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको खोजी जारी

त्रिशूली–१ को टनेलबाट १३ शव निकालियो, बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको खोजी जारी

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ टनेलमा फेला परेका १३ वटा शव हेलिकप्टरमार्फत त्रिशूली ल्याइएको छ। टनेलमा अझै खोज तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ।
यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान, प्रधानमन्त्री शाह मंगलबार जाँदै

यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान, प्रधानमन्त्री शाह मंगलबार जाँदै

संयुक्त राष्ट्रसंघ (यूएन) को ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली टोली आइतबार साँझ अमेरिकाको न्युयोर्क प्रस्थान गरेको छ।
‘बंगालको खाडीमा विकसित पानी पार्ने प्रणाली बलियो बन्दैछ, नेपालमा यसको असरबारे अहिले नै यकिन गर्न सकिँदैन’

‘बंगालको खाडीमा विकसित पानी पार्ने प्रणाली बलियो बन्दैछ, नेपालमा यसको असरबारे अहिले नै यकिन गर्न सकिँदैन’

बंगालको खाडीको पूर्वी भू–भागमा विकसित न्यून चापीय प्रणाली थप बलियो बन्दै पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने प्रक्षेपण गरिएको छ। उक्त प्रणालीका कारण नेपालमा वर्षा हुने सम्भावना रहे पनि वर्षाको जोखिम र...