नेभिगेशन
समाज

मन्त्री यादव र अमेरिकी कार्यबाहक राजदुत बिच भेटवार्ता

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादव र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत (CDA) स्कट अर्बम (Scott Urbom) बीच मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ ।

उक्त अवसरमा नेपाल र अमेरिकाबीचको द्विपक्षीय व्यापार, लगानी प्रबर्द्धन तथा आर्थिक सहकार्यका विविध पक्षमा गहन छलफल भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भेटघाटका क्रममा मन्त्री यादवले सन् १९४७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै अमेरिकाले नेपालको स्वास्थ्य, शिक्षा र आर्थिक विकासमा पुर्‍याउँदै आएको सहयोगको उच्च मूल्यांकन गरेका थिए । उनले अमेरिकामा रहेका नेपाली डायस्पोराले दुई देशबीचको जनस्तरको सम्बन्धलाई थप मजबुत बनाएको उल्लेख गरे ।

Ncell
Extreme Energy

नेपाली वस्तुको बजार पहुँच र व्यापारिक संयन्त्रको सक्रियतामा जोड
मन्त्री यादवले सन् २०१५ मा सुरु भएको ‘नेपाल ट्रेड प्रिफरेन्स प्रोग्राम’ को अवधि सन् २०२५ डिसेम्बरमा समाप्त भइसकेको स्मरण गराउँदै नेपाली वस्तुहरूको अमेरिकी बजारमा पुनः सहुलियतपूर्ण बजार पहुँच सुनिश्चित गर्न अमेरिकी सरकारको सहयोगको अपेक्षा राखेका थिए ।

त्यसैगरी, दुई देशबीच हस्ताक्षर भएको ‘व्यापार तथा लगानी ढाँचा सम्झौता’ (TIFA) अन्तर्गतको संयन्त्रलाई नियमित संवादमार्फत सक्रिय बनाई द्विपक्षीय व्यापार र लगानी प्रबर्द्धन गर्नुपर्नेमा उनको जोड दिएका थिए ।

साढे पाँच वर्षमा अमेरिकी लगानी बढाउन आग्रह
नेपाल सरकारले नीतिगत तथा कानुनी सुधार गरी देशमा लगानीमैत्री वातावरण सुदृढ बनाउँदै लगेको जानकारी दिँदै मन्त्री यादवले नेपालका सम्भावनायुक्त क्षेत्रहरूमा थप अमेरिकी लगानी आकर्षित गर्न सरकार उत्सुक रहेको बताए ।

उनले विशेषगरी जलविद्युत तथा नवीकरणीय ऊर्जा, पर्यटन पूर्वाधार, कृषि प्रशोधन, उत्पादनमूलक उद्योग र डिजिटल अर्थतन्त्र जस्ता क्षेत्रमा अमेरिकी लगानीका लागि आग्रह गरे ।

हाल संयुक्त राज्य अमेरिका नेपालको दोस्रो ठूलो निर्यात गन्तव्य रहेको र नेपालबाट ऊनी गलैँचा, तयारी पोशाक तथा पश्मिना जस्ता वस्तुहरू निर्यात भइरहेका छन् ।

द्विपक्षीय व्यापारमा नेपालले व्यापार घाटा ब्यहोर्नु परिरहेको सन्दर्भमा, प्रविधि हस्तान्तरण र निजी क्षेत्रबीचको साझेदारीलाई बलियो बनाएर यो खाडल कम गर्न सकिने मन्त्री यादवको भनाइ थियो।

अमेरिकी पक्षको प्रतिबद्धता
मन्त्री यादवको तर्फबाट राखिएका व्यापार सहुलियतको निरन्तरता, लगानी प्रबर्द्धन र व्यापारिक संवाद ब्युँताउने लगायतका मागहरूमा अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

उनले नेपालले राखेका सबै माग र सहकार्यका क्षेत्रमा अमेरिकी सरकारको तर्फबाट आवश्यक सहयोग र निरन्तर साझेदारी रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एमाले सचिवालय बैठकमा उठेका दुई कुरा

एमाले सचिवालय बैठकमा उठेका दुई कुरा

नेकपा एमालेको आइतबार बसेको सचिवालय बैठकमा पुनर्गठनको प्रश्न उठेको छ। उपाध्यक्ष गोकर्ण विष्ट, रघुजी पन्त, उपमहासचिव योगेश भट्टराईले आज पनि पार्टी पुनर्गठनमा जोड दिएको एक नेताले बताए।
त्रिशूली–१ को टनेलबाट १३ शव निकालियो, बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको खोजी जारी

त्रिशूली–१ को टनेलबाट १३ शव निकालियो, बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको खोजी जारी

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ टनेलमा फेला परेका १३ वटा शव हेलिकप्टरमार्फत त्रिशूली ल्याइएको छ। टनेलमा अझै खोज तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ।
यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान, प्रधानमन्त्री शाह मंगलबार जाँदै

यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान, प्रधानमन्त्री शाह मंगलबार जाँदै

संयुक्त राष्ट्रसंघ (यूएन) को ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली टोली आइतबार साँझ अमेरिकाको न्युयोर्क प्रस्थान गरेको छ।
‘बंगालको खाडीमा विकसित पानी पार्ने प्रणाली बलियो बन्दैछ, नेपालमा यसको असरबारे अहिले नै यकिन गर्न सकिँदैन’

‘बंगालको खाडीमा विकसित पानी पार्ने प्रणाली बलियो बन्दैछ, नेपालमा यसको असरबारे अहिले नै यकिन गर्न सकिँदैन’

बंगालको खाडीको पूर्वी भू–भागमा विकसित न्यून चापीय प्रणाली थप बलियो बन्दै पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने प्रक्षेपण गरिएको छ। उक्त प्रणालीका कारण नेपालमा वर्षा हुने सम्भावना रहे पनि वर्षाको जोखिम र...