नेभिगेशन
समाज

काठमाडौँमा ऐतिहासिक श्री जगन्नाथ रथयात्रा महामहोत्सव आयोजना

काठमाडौँ । ऐतिहासिक श्री जगन्नाथ रथयात्रा महामहोत्सव काठमाडौँमा आयोजना गरिएको छ ।

नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ इस्कोनको आयोजनामा बिहीबार काठमाडौंको कमलादीबाट टुँडिखेलसम्म श्री जगन्नाथ रथयात्रा आयोजना गरिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रथयात्रा महोत्सवका क्रममा भक्तजनहरु भगवान् नामको कीर्तन गरेर भगवान्को आराधना गरी हर्षोल्लासपूर्ण विधिले उत्सव मनाउने गरिन्छ ।

Ncell
Extreme Energy

श्रीजगन्नाथ रथयात्राको मूल आकर्षण भगवान् श्रीजगन्नाथ, बलराम र सुभद्रालाई विशेष रूपमा सजाइएको भव्य रथमा विराजमान गराई नगर परिक्रमा गराउने ऐतिहासिक तथा धार्मिक परम्परा छ ।

धार्मिक आस्था, भक्ति र सांस्कृतिक विविधताले भरिएको यस रथयात्रामा हजारौँ भक्तजनहरूको उत्साहपूर्ण सहभागिता जनाएका थिए ।

कार्यक्रम कमलादीबाट सुरु भई घण्टाघर, दरबारमार्ग, पुतलीसडक, प्रदर्शनी मार्ग, भद्रकाली, एनएसी, न्युरोड, वसन्तपुर हुँदै पुनः न्युरोडमार्गबाट टुँडिखेलमा समापन गरिनेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एमाले सचिवालय बैठकमा उठेका दुई कुरा

एमाले सचिवालय बैठकमा उठेका दुई कुरा

नेकपा एमालेको आइतबार बसेको सचिवालय बैठकमा पुनर्गठनको प्रश्न उठेको छ। उपाध्यक्ष गोकर्ण विष्ट, रघुजी पन्त, उपमहासचिव योगेश भट्टराईले आज पनि पार्टी पुनर्गठनमा जोड दिएको एक नेताले बताए।
त्रिशूली–१ को टनेलबाट १३ शव निकालियो, बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको खोजी जारी

त्रिशूली–१ को टनेलबाट १३ शव निकालियो, बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको खोजी जारी

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ टनेलमा फेला परेका १३ वटा शव हेलिकप्टरमार्फत त्रिशूली ल्याइएको छ। टनेलमा अझै खोज तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ।
यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान, प्रधानमन्त्री शाह मंगलबार जाँदै

यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान, प्रधानमन्त्री शाह मंगलबार जाँदै

संयुक्त राष्ट्रसंघ (यूएन) को ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली टोली आइतबार साँझ अमेरिकाको न्युयोर्क प्रस्थान गरेको छ।
‘बंगालको खाडीमा विकसित पानी पार्ने प्रणाली बलियो बन्दैछ, नेपालमा यसको असरबारे अहिले नै यकिन गर्न सकिँदैन’

‘बंगालको खाडीमा विकसित पानी पार्ने प्रणाली बलियो बन्दैछ, नेपालमा यसको असरबारे अहिले नै यकिन गर्न सकिँदैन’

बंगालको खाडीको पूर्वी भू–भागमा विकसित न्यून चापीय प्रणाली थप बलियो बन्दै पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने प्रक्षेपण गरिएको छ। उक्त प्रणालीका कारण नेपालमा वर्षा हुने सम्भावना रहे पनि वर्षाको जोखिम र...