नेभिगेशन
समाज

विद्यालय शिक्षा विधेयक छिटै ल्याइनेः शिक्षामन्त्री पोखरेल

काठमाडौँ । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले दिर्घकालीन समस्या समाधान हुने गरि विद्यालय शिक्षा विधेयक छिटै ल्याइने जानकारी दिएका छन् ।

बिहीबार चितवनको भरतपुर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री पोखरेलले अवको ५० बर्षसम्मका शिक्षा क्षेत्रका सम्भावित चुनौतीहरूलाई सम्बोधन गर्ने गरि विद्यालय शिक्षा विधेयक ल्याइने जानकारी दिएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले वर्तमान समयमा प्रविधिको विकास र एआईको बढ्दो प्रयोग जस्ता विषयहरूलाई समेट्ने गरी विधेयक आउने बताए ।

Ncell
Extreme Energy

उनले नेपालभरिको सम्पूर्ण विद्यालय पाठ्यक्रमलाई पूर्ण रूपमा पुनर्संरचना गर्नका लागि एउटा कार्यदल गठन गरी काम अगाडि बढाइसकिएको जानकारी दिए ।

शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षकहरूको तालिम सम्बन्धी कार्यक्रमहरूलाई पनि अगाडि बढाइएको उनको भनाइ छ ।

मन्त्री पोखरेलले विद्यालयहरूको वास्तविक आवश्यकता पहिचानगरी सोही आधारमा मात्र बजेट विनियोजन गर्ने कार्यक्रमहरू अगाडि सारिएको उल्लेख गरेका थिए । चितवनमा रहेका विश्वविद्यालय, क्याम्पस र स्कुलको स्थलगत निरीक्षणका लागि मन्त्री पोखरेल चितवन पुगेका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एमाले सचिवालय बैठकमा उठेका दुई कुरा

एमाले सचिवालय बैठकमा उठेका दुई कुरा

नेकपा एमालेको आइतबार बसेको सचिवालय बैठकमा पुनर्गठनको प्रश्न उठेको छ। उपाध्यक्ष गोकर्ण विष्ट, रघुजी पन्त, उपमहासचिव योगेश भट्टराईले आज पनि पार्टी पुनर्गठनमा जोड दिएको एक नेताले बताए।
त्रिशूली–१ को टनेलबाट १३ शव निकालियो, बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको खोजी जारी

त्रिशूली–१ को टनेलबाट १३ शव निकालियो, बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको खोजी जारी

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ टनेलमा फेला परेका १३ वटा शव हेलिकप्टरमार्फत त्रिशूली ल्याइएको छ। टनेलमा अझै खोज तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ।
यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान, प्रधानमन्त्री शाह मंगलबार जाँदै

यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान, प्रधानमन्त्री शाह मंगलबार जाँदै

संयुक्त राष्ट्रसंघ (यूएन) को ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली टोली आइतबार साँझ अमेरिकाको न्युयोर्क प्रस्थान गरेको छ।
‘बंगालको खाडीमा विकसित पानी पार्ने प्रणाली बलियो बन्दैछ, नेपालमा यसको असरबारे अहिले नै यकिन गर्न सकिँदैन’

‘बंगालको खाडीमा विकसित पानी पार्ने प्रणाली बलियो बन्दैछ, नेपालमा यसको असरबारे अहिले नै यकिन गर्न सकिँदैन’

बंगालको खाडीको पूर्वी भू–भागमा विकसित न्यून चापीय प्रणाली थप बलियो बन्दै पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने प्रक्षेपण गरिएको छ। उक्त प्रणालीका कारण नेपालमा वर्षा हुने सम्भावना रहे पनि वर्षाको जोखिम र...