नेभिगेशन
नेताका कुरा

पक्राउ पूर्जी जारी भएपछि के भन्छन् कांग्रेस सांसद शाह ?

काठमाडौँ । नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । 

कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष अध्यक्ष सीताराम शर्मामाथि आक्रमण गरेको आरोपमा  कपिलवस्तु ३ बाट निर्वाचित सांसद शाहविरुद्ध मुद्दा दर्ता भएर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पक्राउ पूर्जी जारी भएसँगै शाहले प्रतिक्रिया दिँदै कसैलाई सहयोग गरेर बचाउन खोज्दा राजनीतिक प्रतिशोध साँधेर मुद्दा लगाएको र न्यायप्रति विश्वास भएको बताएका छन् । 

Ncell
Extreme Energy

'कसैलाई सहयोग गर्न बचाउन जाँदाको प्रतिफल मैले पाएको छु, यो केवल एउटा राजनीतिक प्रतिशोध, चुनावी हारको पीडा, विपक्षीहरुको षड्यन्त्र र प्रशासनलाई समेत गुमराह बनाई मलाई मेरो चरित्र हत्या गर्ने प्रपञ्च बाहेक अरु केही होइन्,' उनले भनेका छन् । 

शाहले सत्यता चाँडै बाहिर आउने र कानुनी लडाइँ विधिसम्मत लड्ने पनि स्पष्ट पारेका छन् । 

शाहको प्रतिक्रिया:

आज सम्मानित जिल्ला अदालतबाट मेरो नाममा पक्राउ पुर्जी जारी भएको जानकारी मैले पाएँ ।

कसैलाई सहयोग गर्न बचाउन जाँदाको प्रतिफल मैले पाएको छु, यो केवल एउटा राजनीतिक प्रतिशोध, चुनावी हारको पीडा, विपक्षीहरुको षड्यन्त्र र प्रशासनलाई समेत गुमराह बनाई मलाई मेरो चरित्र हत्या गर्ने प्रपञ्च बाहेक अरु केही होइन् ।

खाएको विष लाग्ने हो, लाग्नु पनि पर्छ । तर न खाएको विष लाग्दैन । मलाई मेरो देशको संविधान कानुन र सम्मानित न्यायलयप्रति पूर्ण विश्वास छ ।

केही दिनमा सत्यता बाहिर आउने नै छ । कानुनले निर्वाध रुपमा आफ्नो काम गरोस् । म मेरो भागको कानुनी लडाइँ विधिसम्मत लड्ने नै छु र पूर्ण रूपमा कानुनी प्रक्रिया मा सहयोग गर्न तयार छु ।

आरोप लाग्नु र दोषी ठहर हुनु फरक कुरा हो । मैले राजनीतिक जीवनमा तपाईंहरुको अभूतपूर्व जनसमर्थन र माया आशीर्वाद प्राप्त गरेको छु । तपाईं सम्पूर्णको सेवा मा विचलित नभई सदैव लाग्ने छु ।

मलाई माया गर्ने मेरा साथी भाई शुभचिन्तक कार्यकर्ता साथीहरु, कोही कसैले पनि कानुन भन्दा बाहिर कुनै पनि क्रियाकलाप नगर्न र धैर्य गर्न अपिल गर्दछु ।

- अभिषेक प्रताप शाह (प्रतिनिधी सभा सदस्य कपिलवस्तु क्षेत्र नं ३)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल पदबाट बर्खास्त

सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल पदबाट बर्खास्त

विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर उल्लंघन गरेको, बराबर अनुशासनहीन काम गरेको र नेपाल सरकार वा आफू कार्यरत संगठनको मान...
करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

प्रोत्साहन कार्यक्रममार्फत बिल लिने संस्कार विकास भएसँगै व्यापारीहरू बिल जारी गर्न हिचकिचाएको भन्ने गुनासो आएको भन्दै उनले उनीहरूलाई पनि प्रोत्साहन गर्न जरुरी रहेको बताए । "बिल लिनुपर्छ भन्ने...
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

उक्त क्षेत्रको नापजाँच कार्य २०६९।७० सालमै सम्पन्न भएको थियो। तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण...

भर्खरै